ताजा समाचार:
Search

Breaking News

बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु

विकल्प न्यूज \बेनी चैत १४ गते । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ महिनामा उपलब्ध गराएको नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन दुई महिनापछि सञ्चालनमा आएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्सरे […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि एक्सरे मेसिन प्रयोगविहीन

चैत १४ गते ।  पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको  मेसिन  प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता  छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा […]

बेनी नगर प्रमुख केसीद्धारा ७२ औं पटक रक्तदान

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अहिलेसम्म ७२ औं पटक रक्तदान गरिसक्नुभएको छ । केसीले २५ वर्ष अघि देखि निरन्तर रुपमा रक्तदान गर्दै आउनुभएको हो । केसी रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत हुनुुहुन्छ । बेनी अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको आवश्यक हुँदा केसीले रक्तदान गरेर ज्यान बचाइदिनुभएको […]

चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

१३ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र […]

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

चैत ११ गते ।  चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०/५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा […]

बेनी नगरमा कमजोर प्रशासनीक नेतृत्वः पूँजीगत खर्च न्यून

विकल्प न्यूज\बेनी चैत १० गते । बेनी नगरपालिकामा कमजोर प्रशासनीक नेतृत्वका कारण अपेक्षित रुपमा विकास बजेट खर्च हुनसकेको छैन । नगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म जम्मा २९.७९ प्रतिशत पूँजीगत खर्च गरेको छ । जनप्रतिनिधिले निर्माण गरेको बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वनय गर्ने मुख्य दायित्व नगरको प्रशासनीक नेतृत्वको हुन्छ । तर कमजोर नेतृत्वका […]

म्याग्दीको जनसंख्या एकलाख सातहजार ३३

विकल्प न्यूज\बेनी चैत १० गते । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा एक लाख सात हजार तेत्तिस पुगेको हो । सार्वजनिक तथ्याङ्क अनुसार म्याग्दीको जनसंख्या घटेको छ । २०६८ सालको जनसंख्या भन्दा ०.५७ प्रतिशतले घटेको छ । २०६८ सालको जनसंख्या १ लाख […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौँ । नेपालको जनसंख्या  २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार २०७९ मंसिरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो । आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड […]

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लवलाई

विकल्प न्यूज\बेनी चैत ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन […]

मुना स्मृति अक्षयकोषद्धारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विकल्प न्यूज\जलजला चैत ६ गते । पर्वतको जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र उहाँको धर्मपत्नी सीता […]

मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

म्याग्दी, चैत ५ गते ।   म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल बिजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा २१२ जना बिद्यार्थी मतदातामध्ये १४३ जनाले मतदान गरेका थिए । प्रत्यक्षतर्फ सभापतिमा अनेरास्ववियुकी भिममायाँ रोकाले १२७ मत प्राप्त गर्नुभएको छ । सचिवमा अनेरास्ववियुका रबिन […]

बेनी–गलेश्वर सडक स्तरोन्नति योजनामा धमाधम काम

ठाकुरप्रसाद आचार्य \बेनी चैत २ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको स्तरोन्नति योजनाले तिव्रता पाएको छ । गत माघ महिना देखि योजना स्थलमा परिचालन भएको निर्माण व्यवसायीले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर सडक स्तरोन्नतिलाई तिव्रता दिएको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत स्तरोन्नतिका लागि […]

बेनी संरक्षणका लागि आठवटा ठूला योजना संचालनमा

ठाकुरप्रसाद आचार्य\बेनी चैत २ गते । कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजार र वरपरका वस्तीलाई जोगाउन आठवटा ठूला योजना कार्यान्वयनमा ल्याइएको छ । नदी कटानको उच्च जोखिममा परेको बेनी बजार,गलेश्वर क्षेत्र,राममन्दिर र पर्वत बेनी आसपासका वस्तीलाई संरक्षण गर्न जलस्रोत तथा सिँचाई विभाग अन्तर्गतको रुपताल संरक्षण एकिकृत विकास परियोजना पोखराले उक्त योजनाहरु […]

कतारकी राजकुमारी र निर्मल अन्नपूर्ण हिमालको काखमा

ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत १  गते ।  राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो । एक हप्ताअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानादेखि अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानी […]

एसईई तयारीमा आमाहरू

विकल्प न्यूज\बेनी चैत २ गते । सबेरै ४ बजे उठेर दैलोकुचो, गृहकार्य सकेर भान्सामा । भाँडाकुँडा सफा गरी ट्युसन अनि स्कुल । रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सदरमुकाम बेनी झरेकी ५७ वर्षीया राधा पुनको बिहानी यस्तै छ । स्कुलबाट फर्केपछि खाजा–खाना पकाइ–खुवाइ धन्दा सकेर राति १० बजेपछि फेरि गृहकार्य । यतिका सकसका बीच पनि पढ्ने रहर भने झन् बढेको छ । सदरमुकाम […]