ताजा समाचार:
Search

बेनी नगरपालिका

जहाँ शिक्षक र कक्षा कोठाको अभावमा सयौं विद्यार्थी विद्यालयको गेटबाट फर्किन्छन्

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज भदौं २५ गते । नेपालकै सर्वोत्कृष्ट विद्यालयका रुपमा घोषित म्याग्दीको बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी र कक्षा कोठाको अभाव देखिएको छ । वर्षेनी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढ्दै गएका कारण शिक्षक र कक्षा कोठाको अभाव भएको हो । विद्यालयले भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापन गर्न […]

म्याग्दीमा तिनजना जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी

विकल्प न्यूज/बेनी भदौं २२ गते । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बेनी नगरपालिकाका कार्यापालिका सदस्य द्धाय कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की र धौलागिरि गाउँपालिका कार्यापालिका सदस्य देउप्रसाद छन्त्यालले एकिकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी […]

पुस्तकालय दिवसका अवसरमा हिरासतका बन्दीलाई पुस्तक हस्तान्तरण

विकल्प न्यूज/बेनी भदौं १५ गते ।  १४ औँ पुस्तकालय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले हिरासतमा रहेका बन्दीहरुलाई फुर्सदको समयलाई सकरात्मक अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ३० थान विभिन्न विद्याका पुस्तक हस्तान्तरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष […]

कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई शान्तिकोषको सहयोग

विकल्प न्यूज/बेनी भदौं १४ गते ।  आइतबार राती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार […]

‘बिजुली छैन भोलि आउनु’

म्याग्दी, भदौ १४ गते । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने […]

कालिपुलमा मल्लाजको भीरबाट पहिरो खस्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं १४ गते ।    बेनी नगरपालिका ८ को पुरानो कालिपुल बजार पारिपट्टी रहेको मल्लाजको भीरबाट पहिरो खस्न थालेको छ । पहिरोका कारण कालिगण्डकी नदी थुनिने खतरा सँगै कालिपुल बजार जोखिममा परेको हो । आइतबार (गएराती) पर्वतको जलजला गाउँपालिका ३ को मल्लाज भीरबाट पहिरो कालिगण्डकी नदीमा खस्दा पानीको छालले कालिपुलका १० घरमा सामान्य […]

आन्तरिक छलफलमा जुट्यो म्याग्दीमा माधव समुह

नवविकल्प डेस्क/ बेनी भदौं १३ गते । नेकपा एमाले भित्रको आन्तरिक विवादका विच अन्ततः पार्टी विभाजन भएको छ । वरिष्ठ नेता माधव नेपालले अघिल्लो हप्ता नेकपा (एकिकृत समाजवादी) पार्टी निर्वाचनमा दर्ता गर्नुभएको छ । पार्टी दर्ता भएसँगै एमाले कानूनी रुपमा विभाजन भएको छ । एमाले हुँदा माधव समुहलाई साथ दिएका केन्द्रका अधिकांश नेताहरुले नेपाललाई साथ […]

तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाको अभियान

विकल्प न्यूज/बेनी भदौं ११ गते । तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । शुक्लागण्डकी नगरपालिका ५ तनहुँ निवासी ९ महिनाका बालक महम्मद उस्मान अलिको उपचारमा सघाउन बेनीको शिवालय बालक्लबले आर्थिक संकलन गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचारहरु सार्वजनिक भएपछि हाम्रो मन छोयो क्लबका […]

माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा पौडेल

विकल्प न्यूज/बेनी भदौं ९ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जिल्ला इन्चार्जमा गोविन्द पौडेललाई तोकेको छ । भदौं ५ र ६ गते वसेको स्थायी समितिको वैठकले यस अघि जिल्ला अध्यक्ष रहनुभएका पौडेललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएका पौडेल लामो समय देखि माओवादी आन्दोलनको जिल्लाको […]

भिडियो र फोटोमा बेनी दुधेखोलाको बाढीपहिरो

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ७ गते । म्याग्दीको बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर बगाएको छ । आइतबार मध्यरातीमा परेको भिषण वर्षा पछि दुधे खोलामा आएको बाढीपहिरोले स्थानीय टेकबहादुर पुनको घर बगाएको हो । दुधेखोलाको वस्ती देखि माथि रहेको पाखोमा पहिरो खसेर खोलामा बाढी आएको स्थानीयवासीहरुले बताएका छन् । गएराति १२ बजेको समयमा खोलामा […]

दुधे खोलामा आएको वाढीले एक घर र गोठ बगायो

विकल्प न्यूज\बेनी भदौं ७ गते । बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय टेकबहादुर पुनको घर र गोठ बगाएको उद्धारमा खटिएका युवा छवि आचार्यले जानकारी दिनुभयो । वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राती […]

पर्वत बेनीमा ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु

विकल्प न्यूज/बेनी भदौं ३ गते । पर्वत बेनीमा रहेको एक ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जलजला गाउँपालिका ३ वारी बेनीमा रहेको रारा अटो मोवाइल्समा गाडी मर्मतका लागि आएका ध १ ज ६६३२ नम्बरको बोलेरो जिप चालकको पहिरोमा पुरिएर ज्यान गएको वारी बेनी प्रहरी चौकीका सई भगत गौतमले जानकारी दिनुभयो । साँझ […]

म्याग्दीमा कोभिड जोखिम बढ्दै, विहिवार थप ३६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी भदौं ३ गते ।  विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार सवै भन्दा धेरै बेनी नगरपालिकामा २२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै मंगला गाउँपालिकामा ५ जना रघुगंगा ३,अन्नपूर्णमा २,मालिकामा १,धौलागिरि १, पर्वतको जलजलामा २ जनामा कोरोना पुष्टि भएको हो । हाल […]

बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी साउन ३० गते । शनिबार बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुला भएसँगै नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको हो । यसैगरी मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको […]

सरसफाईमा जुटे डम्मराका युवाहरु

अमित बिश्वकर्मा/बेनी साउन ३० गते । परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा, लगाएतका अन्य फोहोरहरु संकलन गरि […]