बेनी नगरपालिका

विद्यालय भवन पुननिर्माणको अवसरलाई सदुपयोग गर्न आग्रह

विकल्प न्यूज/बेनी पुष १ गते । विद्यालय भवन पुननिर्माणको अवसरलाई सदुपयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । भुकम्पका कारण भत्किएका विद्यालय पुननिर्माण अभियानलाई सहि तरिकारले सदुपयोग गर्नसके शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा ठूलो फट्को मार्नसक्ने बेनीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले भवन पुननिर्माणमा संलग्न उपभोक्ता समितिका […]

म्याग्दीका एक विद्यार्थी नेताकाे ठगीधन्दा पर्दाफास

विकल्प न्युज/ बेनी म्याग्दी ३० मंसिर । म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको रहस्य खुलेको छ । स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो बर्षमा अध्ययतरत मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागी हुनबाट बञ्चित भएका हुन् । आफ्नो कार्य व्यस्तताका कारण क्याम्पसमा […]

मुक्तिनाथ सहकारीको स्थापना दिवसमा एकल महिलालाई सम्मान

विकल्प न्यूज/बेनी मंसिर २९ गते ।    बेनी बजारमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १३ औं स्थापना तथा ११ औं हिरा स्मृति दिवसका अवसरमा एकल महिलाहरुलाई सम्मान गरेको छ । सोमबार सहकारीको आफ्नै भवनमा आयोजित कार्यक्रमका विच १० जना एकल महिलाहरुलाई न्यानो कपडा प्रदान गरेर सम्मान गरेको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । सहकारीका […]

म्याग्दी उद्योग वाणिज्य संघको हितकोषबाट साढे ११ लाख भुक्तानी

विकल्प न्यूज/बेनी मंसिर २९ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले दुई वर्षको अवधिमा व्यवसायिक हितकोषबाट साढे ११ लाख भन्दा बढी रकम सदस्यहरुलाई भुक्तानी गरेको छ ।  १५ सय ३२ जना सदस्य आवद्ध भएको हितकोष ३१ लख ५३ हजार पुगेको छ । कोषबाट आउने व्याजको रकमबाट राहत वितरण गर्दै आएको उवासंघका महासचिव […]

बेनीमा काँग्रेसको विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी मंसिर २९ गते ।   नेपाली काँग्रेस म्याग्दीले सोमबार सरकारविरुद्ध बेनीमा प्रदर्शन गरेको छ । सरकारका गलत गतिबिधिको भण्डाफोर गर्न र सचेत बनाउन देश ब्यापी कार्यक्रम अन्तरगत सोमबार बेनीमा काँग्रेसले विरोध सभा गरेको हो । विरोध सभामा बाल्दै नेपाली काँग्रेसका नेताहरुले वर्तमान ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए । […]

बेनीमा थप २ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी मंसिर २४ गते । बेनीमा थप २ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत वर्ष ४० का एक पुरुष र बेनी नगरपालिका ४ सिंगातातोपानीकी ४५ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । कन्त्याक्ट ट्रेसिङमा परेका र शकास्पद बिरामीहरुको २०७७।८।२१ गते संकलन गरिएका ४ […]

महिला हिंसा विरुद्ध बेनीमा सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनी मंसिर २२ गते ।      म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार सदरमुकाम बेनीमा सडकमा सचेतनामुलक कार्यक्रम गरिएको छ । यूवा सूचना केन्द्रको आयोजना, संगम म्याग्दी र नेपाल युथ काउन्सिल म्याग्दीको समन्वयमा इन्द्रेणी टोलमा आयोजित घरेलु हिंसा, बलात्कार, बालबिवाह, कामदार महिला, बोक्सी प्रथा, एसिड आक्रमण र आत्महत्या बिरुद्धको सचेतनामुलका कार्यक्रम प्रर्दशन […]

यहाँ देखिन्छ बेनीको एक चित्र !

विकल्प न्यूज/बेनी मंसिर २१ गते । साघुरो सडक । हिउदमा धुलो र वर्षातमा हिलाम्मे । नजिकै विद्यालय । दिनको सयौं सवारीसाधन आवातजावत। यो हो, बेनीको विरेन्द्रचोक नजिकै रहेको अव्यवस्थित चोक । एकछिन बसेर यो चोकको दृश्य अवलोकन गर्ने हो भने समग्र बेनीको चित्र आउँछ । यो चोकको दृश्यले यहाँका सरोकारवालाहरुलाई गिज्याई रहेको छ । यो […]

अन्नपूर्णमा २ र बेनीमा १ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज / बेनी मंसिर २० गते । म्याग्दीमा शनिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा १ गरी थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पोखराले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अन्नपूर्णमा कोरोना पुष्टि हुनेमा ३३ वर्षीय महिला र […]

यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज मंसिर १७ गते । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन । सडकको ट्रयाक […]

प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमका ५० योजनालाई ४ करोड बजेट

विकल्प न्यूज/बेनी मंसिर १७ गते । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र (क) र (ख) मा सडक, खेलमैदान, पदमार्ग, सिचाई, भवन लगायतका क्षेत्रलाई प्राथमिकता दिंदै ५० योजनालाई ४ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सभा निर्वाचन क क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका […]

आहा! सुन्तला बगैचा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी मंसिर १७ गते । प्रत्येक घरमा व्यवस्थित सुन्तला बगैचा । बोटमा पाकेका सुन्तलाले बगैचा नै पहेलपुर । यो हो बेनी नगरपालिका ४ बास्कुना जसलाई सुन्तला गाउँ भनेर चिनिन्छ । वास्कुनावासीहरुले धानखेत छाडेर सुन्तला खेती गरेका छन् । वास्कुनामा रहेका २५ घरधुरीले व्यवसायिक रुपमा सुन्तला खेती गरेका छन् । प्रत्येक घरले कम्तिमा पनि वार्षीक […]

स्मृतिद्धारा बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा मुद्धा दायर

विकल्प न्युज/ बेनी म्याग्दी १६ मंसिर । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान धु्रव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा मुद्धा दर्ता गराएकी छिन् । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गरेकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन् । मंसिर […]

न्यायको खोजीमा स्मृति…….

विकल्प न्यूज / बेनी मंसिर १५ गते ।  विवाह भएको केही महिनामा नै पारिवारिक खटपट भएसँगै अन्यायमा परेको भन्दै न्याय दिलाउन माग गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरी निरिक्षक सँग प्रेम सम्बन्ध गासिएपछि केही महिना अघि विवाह गरेका थिए । प्रहरीमै पुगेर न्याय माग्ने युवती भने प्रहरी अधिकृतको श्रीमती नै हुन् […]

म्याग्दीमा सोमबार थपिए ११ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी मंसिर १५ गते ।  म्याग्दीमा आजै मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिकामा ९ र बेनी नगरपालिकामा २ जना गरी थप ११ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको नमुना स्वाव संकलन गरी पिसिआर पिसिआर परिक्षणका लागि पोखरा पठाएकोमा सोमबार उक्त संख्यामा […]