रघुगंगा गाउँपालिका
भगवती काेतमा राँगो मार हान्न तीन लाखको बोलकबोल
विकल्प न्युुज / बेनी असाेज २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु ३ […]
काँग्रेसकाे रघुगंगा सभापतिमा मनकुमार निर्वाचित
विकल्प न्युज/ बेनी असाेज ९ गते । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाकाे सभापतिमा मनकुमार शेरपुजा निर्वाचित हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी […]
‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’
बेनी, भदौ ११ गते । रघुगङ्गा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताउनुभएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला शहरमा बिताउनुभएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र सङ्घर्षयुक्त […]
रघुगंगाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ सहकारीको सेवा केन्द्र सञ्चालन
विकल्प न्यूज/बेनी साउन ३१ गते । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र स्थापना गरेको छ । सदरमुकाम बेनीमा सञ्चालित सहकारीले ग्रामिण स्तरमा सेवा विस्तारका लागि आइतबार देखि मौवाफाँटमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सहकारीको सेवालाई गाउँपालिका केन्द्र सम्म पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको सहकारी अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । […]
परम्परा धान्दै मह सिकारी, मह बेचेर निजी शिक्षकको तलब
बेनी, साउन २१ गते । रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण साहसिक मानिन्छ । भिर पहरामा ज्यान नै […]
पहिरोका कारण गलेश्वरपारीको वस्ती पुरिन थाल्यो (भिडियोसहित)
ठाकुरप्रसाद आचार्य/बेनी साउन २ गते । म्याग्दीको गलेश्वर पारीको वस्ती पहिरोको उच्च जोखिममा परेको छ । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका ३० घरपरिवार जोखिममा परेका हुन । भिरालो पाखो लस्किएर वस्तीमाथि आइपुगेको छ । पहिरोको कारण स्थानीयवासीहरु रातमा निदाउन पाएका छैनन् । कतिबेला पहिरो खस्छ र वस्ती […]
लामो झोलुङ्गे पुलले जोड्यो पाखापानी र कोटगाउँ
ठाकुरप्रसाद आचार्य\विकल्प न्यूज असार २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका दुई वस्तीलाई जोड्ने गरी लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । पुलले पाखापानी र कोटगाउँको वस्तीलाई जोडेको छ । पुल नुहुँदा कोटगाउँका सर्वसाधरणहरु पाखापानी आउँन एकघण्टा भन्दा धेरै पैदल हिड्नुपर्ने बाध्यता थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानी स्थित घोप्टेखोलामा कोटगाउँलाई जोड्ने गरी […]
बाढीपहिरो पीडितलाई घर हस्तान्तरण
विकल्प न्यूज/बेनी असार २० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका […]
रघुगंगामा ५३ करोड बढीको बजेट पारित
विकल्प न्यूज\बेनी असार ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो । रघुगंगाले […]
रघुगंगालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
विकल्प न्यूज\बेनी जेठ २७ गते । रघुगंगा गाउँपालिकालाई ४ थान कन्सेन्टेटर सहित करिब साढे चारलाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा अध्यक्ष जिवनकुमार मल्ललाई हस्तान्तरण गर्नुभएको छ […]
म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख […]
९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना जितेपछि खुसी हुँदै घर
विकल्प न्यूज\बेनी जेठ १६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ बषीय बृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो । एक […]
कोरोना रोकथामका लागि रघुगंगामा सहयोग जुटन थाल्यो
विकल्प न्यूज/बेनी जेठ ४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् । मंगलवार म्याग्दी सदरमुकाम बेनी स्थित मुक्तिनाथ हार्डवेयरका सञ्चालक […]
रघुगंगामा कोरोना संक्रमित विरामी र कुरुवालाई निशुल्क खानाको व्यवस्था
विकल्प न्यूज/बेनी जेठ ४ गते । रघुगंगाको कोभिड अस्पतालमा उपचाररत विरामीहरु र उनका कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरेपछि संक्रमितका घरपरिवारलाई सहज भएको छ । वडा कार्यालय, स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क भोजनालय सञ्चालन गरिएको छ । विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्वयमसेवकहरु परिचालन गरी विहानदेखि बेलुकी सम्म नै विरामीको लागि […]
शनिबार म्याग्दीका कुन पालिकामा कति थपिए संक्रमित ?
विकल्प न्युज/ बेनी जेठ १ गते । शनिबार एकै दिन अन्नपूर्ण गाउँपालिकामा थप ७५ जनामा काेराेना पुष्टि भएको छ । यसै गरि नगरपालिकाका ६४ जना, मंगला गाउँपालिकाका २८ जना, रघुगंगाका ५२ जना, धवलागिरी गाउँपालिकाका १ जना र रघुगंगा गाउँपालिकाका ५ जना, बेनीनगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा […]