ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

चिमखोलामा ब्यवस्थित खेलकुद मैदान निर्माण

विकल्प न्युज म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो । यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, […]

सर्वोच्चको न्यायाधीशमा म्याग्दीका नहकुल सिफारिस

विकल्प न्यूज/बेनी फागुन २८ गते ।   सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी सिफारिस हुनुभएको छ । रघुगंगा गाउँपालिका २ भगवतिका सुवेदी यसअघि उच्च अदालत सुर्खेतमा कार्यरत हुनुहुन्थ्यो । सुवेदीका साथै न्यायाधिशमा कुमार चुडाल सिफारिस हुनुभएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उहाँहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । यस्तै उच्च अदालतको न्यायाधीशमा १८ जना […]

विकट वस्तीमा पुग्यो सडक ः बाजागाजा सहित स्थानीयले मनाए खुसियाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट वस्तीमा सडक पुगेपछि स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् । गलेश्वर–पिप्ले,मौवाफाँट – दग्नाम–दर्मिजा – चिमखोला हुँदै कुइनेमंगलेको वस्तीलाई सडक सञ्जाल सँग जोडन ३६ किलोमिटर सडको ट्रयाक खुले सँगै विकट वस्तीहरु सडक सञ्जाल सँग जोडिएका हुन । सोमबार बाजागाजा र नाचगान सहित गाउँपालिकाको वडा नम्बर ४ […]

एकै दिन पर्वतमा दुई मोटरेबल पुल उद्घाटन

पर्वत, माघ २६ गते ।   पर्वतका विभिन्न ग्रामिण सडकमा पुग्ने दुईवटा मोटरेबल पुलको आइतबार एकै दिन उद्घाटन भएको छ । १० करोड ४६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको मोदीखोला गाउँपालिका– ३ को रतीखोला पुलको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र चार करोड १८ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको कुश्मा नगरपालिका– ३ अम्बोटखोला पुलको भौतिक पुर्वाधार […]

बेनी संरक्षण गर्ने रुपाताल आयोजनामा भ्रष्टाचार र कमिशनको जालो छ ःनेता बानियाँ(भिडियो)

विकल्प न्यूज/बेनी माघ २४ गते ।  बेनी संरक्षणका लागि योजना कार्यान्वयन गर्ने रुपाताल आयोजना भ्रष्टाचार र कमिशनको अखडा भएको संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रेशम बानियाँले बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनमा नेता बानियाँले बेनी बजार संरक्षण गर्ने योजना कार्यान्वयन गर्ने निकाय नै कमिशन र […]

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)

विकल्प /बेनी म्याग्दी २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई मास्नतर्फ लागीपरेको बताउनुभयो […]

हिमालयन महिला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्युज/ बेनी म्याग्दी १२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको जनाएको छ । सहकारीले गत आर्थिक बर्षमा १३ लाख ९ हजार ४९४ […]

‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता

विकल्प न्यूज/बेनी माघ ११ गते ।   प्रतियोगितामा अमर मावि चिमखोला प्रथम, जनसुन्दर आधारभुत विद्यालय पात्लेखर्क द्धितिय, जनता मावि दग्नाम तृतिय र जनसेवा आधारभुत विद्यालय मंगले सान्त्वना हुन सफल भएका थिए । प्रतियोगितामा प्रथमलाई नगद रु ५ हजार सहित शिल्ड र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यसैगरि द्धितिय, तृतिय , सान्त्वना र सहभागी विद्यालयलाई क्रमशः […]

प्रवासी म्याग्देलीद्धारा बाढीपहिरो पीडितको पुर्नस्थापना अभियान सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।      गत असार २५ गते आएको भिषण पहिरोका कारण घर विहिन भएका बाढीपहिरो पीडितहरुको पुर्नवासका लागि प्रवासी म्याग्देलीहरुले घर बनाउन सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को अगुवाईमा बुधवार रघुगंगा गाउँपालिकाको ५ झिँबाट अभियानको सुरुवात गरिएको पुर्नबास अभियानका सदस्य दल शेरबुजाले बताउनुभयो । बाढीपहिरोका कारण घर गुमाएका […]

अजिङ्गर भीरमा गुडन थाल्यो मोटर

विकल्प न्यूज/बेनी माघ ६ गते ।   कडा र अक्करे भिर मानिएको रघुगंगा गाउँपालिका ४ दग्नाम स्थित अजिङ्गर भीरमा सडक निर्माण गरे सँगै मोटर गुडन थालेका छन् । जिल्लाकै जोखिम मानिएको चट्टानी भीर फुटालेर सडक निर्माण गर्ने योजना दुईवर्षमा पुरा भयो । कल्पना नगरिएको भीरमा मोटर गुड्न थालेपछि स्थानीयवासीहरु खुसी भएका छन् । अजिङ्गर भीरमा सडक […]

मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ ६ गते ।     पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा सोमबार मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभाको उद्घाटन गर्दै विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले मंगला गाउँपालिकामा मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि आफूले म्याग्दी जिल्लाको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट सबैभन्दा धेरै ७० लाख रुपैयाँ बजेट विनियोजन […]

जिल्ला प्रहरी कार्यालयमा आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना

विकल्प न्यूज/बेनी माघ १ गते ।  जिल्ला प्रहरी कार्यालय परिसर भित्र आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना गरिएको छ । प्रहरी कार्यालयबाट प्रवाह गर्ने सेवाप्रवाहलाई नागरिक मैत्री बनाउन आधुनिक नागरिक सहायता कक्ष स्थापना गरिएको हो । रघुगंगा गाउँपालिकाको दुईलाख पचास हजार र पालिका अध्यक्ष भवबहादुर भण्डारीको ६१ हजार ६ सय ९५ रुपैयाँ गरी ३ […]

म्याग्दीका ६ वटै स्थानीय तहको समन्वयात्मक वैठकद्धारा २० बुँदै बाबियाचौर घोषणापत्र जारी

विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो । […]

भलिबल खेलाडी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

विकल्प न्यूज/बेनी पुस २८ गते । राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छिन । । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको […]

ठाउँ विवादका कारण रघुगंगामा अस्पताल निर्माण अलपत्र

विकल्प न्यूज/बेनी पुस ११ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन […]