रघुगंगा गाउँपालिका
बुधबार थप २ जना म्याग्देलीको कोरोनाका कारण ज्यान गयो
विकल्प न्यूज/बेनी बैशाख २९ गते । बुधबार थप २ जना कोरोना संक्रमितको निधन भएको छ । गण्डकी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरमा उपचार गराइरहेका एक पुरुष र एक महिलाको २९ गते निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । मृत्यु हुनेहरुमा रघुगंगा गाउँपालिका २ की ३६ […]
कोरोनाको जोखिम बढेपछि रघुगंगामा २९ गते राती देखी निषेधाज्ञा
विकल्प न्यूज/बेनी बैशाख २८ गते । कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । लकडाउन अवधिमा […]
अध्यक्ष भण्डारीद्धारा निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान (भिडियोसहित)
विकल्प न्यूज/बेनी बैशाख २८ गते । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान गर्नुभएको छ । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पताल सम्म पु¥याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गर्नुभएको हो । ९ सिट क्षमताको स्कारपिओ जिपको चावी मंगलबार पालिकाका प्रमुख प्रशासकीय […]
म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी बैशाख २७ गते । म्याग्दीमा साेमबार थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ […]
राहुघाट बेसिनमा १ सय २५ मेगावाटको आयोजना निर्माणाधीन
विकल्प न्युज म्याग्दी चैत १३ गते म्याग्दीको राहुघाट नदी बेसिनमा ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रले प्रवर्द्धन गरेका १ सय २५ मेगावाटका आयोजना निर्माण भइरहेका हुन् । यो बेसिनमा अहिले प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीमार्फत ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजनाको […]
चिमखोलामा ब्यवस्थित खेलकुद मैदान निर्माण
विकल्प न्युज म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो । यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, […]
सर्वोच्चको न्यायाधीशमा म्याग्दीका नहकुल सिफारिस
विकल्प न्यूज/बेनी फागुन २८ गते । सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी सिफारिस हुनुभएको छ । रघुगंगा गाउँपालिका २ भगवतिका सुवेदी यसअघि उच्च अदालत सुर्खेतमा कार्यरत हुनुहुन्थ्यो । सुवेदीका साथै न्यायाधिशमा कुमार चुडाल सिफारिस हुनुभएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उहाँहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । यस्तै उच्च अदालतको न्यायाधीशमा १८ जना […]
विकट वस्तीमा पुग्यो सडक ः बाजागाजा सहित स्थानीयले मनाए खुसियाली (फोटोफिचर)
विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट वस्तीमा सडक पुगेपछि स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् । गलेश्वर–पिप्ले,मौवाफाँट – दग्नाम–दर्मिजा – चिमखोला हुँदै कुइनेमंगलेको वस्तीलाई सडक सञ्जाल सँग जोडन ३६ किलोमिटर सडको ट्रयाक खुले सँगै विकट वस्तीहरु सडक सञ्जाल सँग जोडिएका हुन । सोमबार बाजागाजा र नाचगान सहित गाउँपालिकाको वडा नम्बर ४ […]
एकै दिन पर्वतमा दुई मोटरेबल पुल उद्घाटन
पर्वत, माघ २६ गते । पर्वतका विभिन्न ग्रामिण सडकमा पुग्ने दुईवटा मोटरेबल पुलको आइतबार एकै दिन उद्घाटन भएको छ । १० करोड ४६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको मोदीखोला गाउँपालिका– ३ को रतीखोला पुलको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र चार करोड १८ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको कुश्मा नगरपालिका– ३ अम्बोटखोला पुलको भौतिक पुर्वाधार […]
बेनी संरक्षण गर्ने रुपाताल आयोजनामा भ्रष्टाचार र कमिशनको जालो छ ःनेता बानियाँ(भिडियो)
विकल्प न्यूज/बेनी माघ २४ गते । बेनी संरक्षणका लागि योजना कार्यान्वयन गर्ने रुपाताल आयोजना भ्रष्टाचार र कमिशनको अखडा भएको संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रेशम बानियाँले बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनमा नेता बानियाँले बेनी बजार संरक्षण गर्ने योजना कार्यान्वयन गर्ने निकाय नै कमिशन र […]
नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)
विकल्प /बेनी म्याग्दी २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई मास्नतर्फ लागीपरेको बताउनुभयो […]
हिमालयन महिला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
विकल्प न्युज/ बेनी म्याग्दी १२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको जनाएको छ । सहकारीले गत आर्थिक बर्षमा १३ लाख ९ हजार ४९४ […]
‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता
विकल्प न्यूज/बेनी माघ ११ गते । प्रतियोगितामा अमर मावि चिमखोला प्रथम, जनसुन्दर आधारभुत विद्यालय पात्लेखर्क द्धितिय, जनता मावि दग्नाम तृतिय र जनसेवा आधारभुत विद्यालय मंगले सान्त्वना हुन सफल भएका थिए । प्रतियोगितामा प्रथमलाई नगद रु ५ हजार सहित शिल्ड र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यसैगरि द्धितिय, तृतिय , सान्त्वना र सहभागी विद्यालयलाई क्रमशः […]
प्रवासी म्याग्देलीद्धारा बाढीपहिरो पीडितको पुर्नस्थापना अभियान सुरु
विकल्प न्यूज/बेनी माघ ७ गते । गत असार २५ गते आएको भिषण पहिरोका कारण घर विहिन भएका बाढीपहिरो पीडितहरुको पुर्नवासका लागि प्रवासी म्याग्देलीहरुले घर बनाउन सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को अगुवाईमा बुधवार रघुगंगा गाउँपालिकाको ५ झिँबाट अभियानको सुरुवात गरिएको पुर्नबास अभियानका सदस्य दल शेरबुजाले बताउनुभयो । बाढीपहिरोका कारण घर गुमाएका […]
अजिङ्गर भीरमा गुडन थाल्यो मोटर
विकल्प न्यूज/बेनी माघ ६ गते । कडा र अक्करे भिर मानिएको रघुगंगा गाउँपालिका ४ दग्नाम स्थित अजिङ्गर भीरमा सडक निर्माण गरे सँगै मोटर गुडन थालेका छन् । जिल्लाकै जोखिम मानिएको चट्टानी भीर फुटालेर सडक निर्माण गर्ने योजना दुईवर्षमा पुरा भयो । कल्पना नगरिएको भीरमा मोटर गुड्न थालेपछि स्थानीयवासीहरु खुसी भएका छन् । अजिङ्गर भीरमा सडक […]