मंगला गाउँपालिका
म्याग्दीमा छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु
विकल्प न्यूज/बेनी असार २३ गते । फाइल तस्विर म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो । घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा […]
म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्युज/ बेनी असार १७ गते । विहिवार म्याग्दीमा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केहि दिन यता काेराेना संक्रमण बढ्न थालेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जना पिसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , […]
सिमलचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते
म्याग्दी १६ असार । म्याग्दीमा बुधवार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा […]
मंगलामा ४२ करोड बढीको बजेट पारित
विकल्प न्यूज\बेनी बेनी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो । मंगलामा […]
म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख […]
अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग
विकल्प न्यूज/बेनी जेठ २४ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री खरिद गरेर […]
म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
विकल्प न्यूज/बेनी जेठ ३ गते । फाइल तस्विर पोखरामा उपचाररत म्याग्दीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगला गाउँपालिका ५ अर्मनका ५२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा सोमबार निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ । उहाँमा वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै […]
शनिबार म्याग्दीका कुन पालिकामा कति थपिए संक्रमित ?
विकल्प न्युज/ बेनी जेठ १ गते । शनिबार एकै दिन अन्नपूर्ण गाउँपालिकामा थप ७५ जनामा काेराेना पुष्टि भएको छ । यसै गरि नगरपालिकाका ६४ जना, मंगला गाउँपालिकाका २८ जना, रघुगंगाका ५२ जना, धवलागिरी गाउँपालिकाका १ जना र रघुगंगा गाउँपालिकाका ५ जना, बेनीनगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा […]
बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित पुरूषकाे निधन
विकल्प न्युज/बेनी बैैशाख २९ गते । बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित एक पुरूषकाे बुधवार दिउसाे निधन भएको छ । उनकाे बुधवार विहान एन्टिजन पाेजेटिभ अाएकाे थियाे । बेनी नगरपालिका ५ का ४१ वर्षिय ती पुरूषलाई स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति उपचारका लागि अस्पतालमा ल्याईएकाे थियाे । हाईफ्लाे अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले […]
बुधबार थप २ जना म्याग्देलीको कोरोनाका कारण ज्यान गयो
विकल्प न्यूज/बेनी बैशाख २९ गते । बुधबार थप २ जना कोरोना संक्रमितको निधन भएको छ । गण्डकी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरमा उपचार गराइरहेका एक पुरुष र एक महिलाको २९ गते निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । मृत्यु हुनेहरुमा रघुगंगा गाउँपालिका २ की ३६ […]
म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी बैशाख २७ गते । म्याग्दीमा साेमबार थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ […]
मंगलामा २६ गते राति देखि निषेधाज्ञा
विकल्प न्युज/ बेनी बैैशाख २५ गते । काेराेना भाईरसकाे संक्रमण बढेकाे भन्दै जिल्लाकाे मंगला गाउँपालिकाले बैशाख २६ गते राति देखि जेठ ५ गते १२ बजे सम्म पालिका भित्र निषेधाज्ञा जारि गर्ने भएकाे छ । गाउँपालिकाले शनिबार विज्ञप्ति जारि गरि निषेधाज्ञा जारि गर्ने जानकारी गराएकाे हाे ।
मंगलामा गौरवका योजना ः ‘साख जोगाउँदै, आशा बढाउँदै’
विकल्प न्यूज/बेनी फागुन १३ गते । योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउछ । सङ्घीयता कार्यान्वयनको शुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् । यसमध्ये म्याग्दीको मङ्गला गाउँपालिकाले […]
मंगलाको बाबियाचौरमा हरियाली पार्क
विकल्प न्यूज/बेनी फागुन ५ गते । मंगलाको बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको छ । पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण गरिएको हो । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जीउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो । गण्डकी […]
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा कालोपत्रे (फोटोसहित)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ४ गते । मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गर्न सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख रुपियाँ बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको हो । गाउँपालिका केन्द्रको सडक कालोपत्रे गर्न लागिएको यो जिल्लामै पहिलो हो । गत वर्ष नै सडक कालोपत्रे […]