मंगला गाउँपालिका
तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान
विकल्प न्यूज/बेनी चैत ३ गते ।(तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने युवाहरुले […]
मंगला माविलाई दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी
विकल्प न्यूज/बेनी फागुन ३ गते । मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य गरी कुल २२ पदक जितेर प्रथम भएको हो । यसैगरी त्रिभुवन मंगला माविले ६ स्वर्ण,३ रजत र ४ कास्य गरी […]
मंगलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी फागुन १ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो । मंगला माविमा भलिबल र कवड्ी र मालिका जनहित […]
मंगलामा फागुन १ देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
विकल्प न्यूज/बेनी माघ २४ गते । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा फागुन १ गतेदेखि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ । मंगला गाउँपालिकाको मुल आयोजनामा फागुन १ देखि ३ गतेसम्म प्रतियागिता सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका मावि तहसम्म पठनपाठन […]
म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै
ठाकुरप्रसाद आचार्य/बेनी माघ १३ गते । जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् । संघीय सरकार अन्तर्गत रहेको सडक […]
मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन
अमित विश्वकर्मा/बेनी माघ १२ गते । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका हुन । अर्मनमा करिब ५० […]
मंगलामा करिब ८ करोड भन्दा वढीका योजना कार्यान्वयनको तयारीमा
विकल्प न्यूज/बेनी पुस २ गते । जिल्लाको मंगला गाउँपालिकामा संघ,प्रदेश र गाउँपालिकाका गरी करिब ८ करोड भन्दा वढीका ठूला योजना कार्यान्वयनको तयारीमा रहेका छन् । चालु आर्थिक वर्षमा मंगलामा संघीय सरकारको समपुरक बजेट,प्रदेशको सर्सत अनुदान,स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिका गरी पूर्वाधार विकासमा ७ करोड ७६ लाख विनियोजन भएको छ । पोक सातविशे बंरजा सडकका लागि […]
म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयन तिव्र
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ २ गते जिल्लाका स्थानीय तहहरु चालु अािर्थक वर्षमा विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वनयमा जुटेका छन् । दोस्रो चौमासिक सुरु भएसँगै स्थानीय तहहरुमा योजना कार्यान्वनयले तिव्रता पाउन थालेको हो । एक नगरपालिका सहित ६ वटा स्थानीय तहमा चालु आर्थिक वर्षमा पूर्वाधार तर्फका साना ठूला गरी करिब एकहजार भन्दा वढी योजनाहरु सञ्चालित छन् […]
अनेरास्ववियूद्धारा शैक्षिक सामाग्री वितरण
सन्दिप शर्मा/विकल्प न्यूज पुस २८ गते । नेपाल कम्युष्टि पार्टी ( नेकपा ) निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले शैक्षिक सामाग्री वितरण गरेको छ । मंगला गाउपालिका १ पैयुपाटामा रहेको नरसिंङ आधारभुत विद्यालयमा अध्ययन गर्ने ५३ जना विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियू म्याग्दीका नेता जनक सुनामले बताउनु भयो । कार्यक्रममा बोल्दै अनेरास्ववियू म्याग्दीका नेता सुवास […]
म्याग्दीका स्थानीय तहमा पहिलो चौमासिकमा बजेट खर्च निराशजनक
विकल्प न्यूज/बेनी मंसिर १८ गते । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जिल्लाका स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ । एक नगरपालिका र पाँच स्थानीय तहले पहिलो चौमासिकमा अपेक्षा गरेअनुसार बजेट खर्च गर्न सकेका छैनन् । पहिलो चौमासिकमा कर्मचारी तलब र सामाजिक सुरक्षाको बजेट मात्र खर्च भएको छ । पुँजीगत तर्फको बजेट खर्च अत्यन्त न्यून […]
टोड्के हिल रिसोर्टले ग¥यो खेलाडीलाई सम्मान
प्रताप बानियाँ/बेनी कार्तिक १७ गते । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष तिम्सिनाले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त […]
निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए
विकल्प न्युज बेनी ,असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउँपालिका –६ दरबाङमा दुई दिने निशुल्क […]
दरबाङमा दुई दिने निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )
विकल्प न्युज दरबाङ, असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । म्याग्दीको पश्चिम मंगला ,मालिका र धवलागिरी […]
स्थानीय तहका जनप्रतिनिधिको भूमिका
सिर्जना केसी /विकल्प न्यूज असोज ५ गते । राजनीतिक परिवर्तनपछि संविधान सभाबाट निर्माण भएको संविधानले राज्यको पुर्नसंरचना गरि तीन तहका सरकारमा राज्य शक्तिको बाँडफाँड ग¥यो । जनताको नजिक राज्य पुग्न सकोस र जनजीविकाका सवालहरुको शीघ्र र न्यायपूर्ण सम्बोधन हुन सकोस भनि संविधानमा नै सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारहरुको स्पष्ट ब्यवस्था गरियो । निर्वाचनमार्फत जनताले […]
करेण्ट लागेर एक मजदुरको मृत्यु
विकल्प न्युज बेनी, असोज ३ गते । जिल्लाको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा […]