धवलागिरी गाउँपालिका

धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस

विकल्प न्यूज/बेनी चैत ८ गते । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । ्गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका लागि सिफारिस गरेको […]

हावाहुरीले राम्चे आधरभुत विद्यालय भवनमा आँशिक क्षति

विकल्प न्युज बेनी चैत्र ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनमा क्षति पु¥याएको छ । बुधबार राति चलेको हावाहुरीले कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रशानिक कामकाज प्रभावित भएको […]

मुनामा मेलमिलाप तालिम

विकल्प न्युज बेनीफागुन २० गते । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९ जना जनप्रतिनिधि र […]

धौलागिरीमा वडामा पुगेर योजना सम्झौता

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन ।  म्याग्दीको धवलागिरी गाउँपालिकाको ५ मल्कवाङ र ६ मराङमा चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका पूर्वाधार योजनाको वडामै सम्झौता भएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले भौगोलिक रुपमा विकट तथा दुर्गम क्षेत्रमा पर्ने मराङ र मल्कवाङमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेका हुन् । योजना सम्झौतासँगै जेष्ठ नागरिक परिचयपत्र […]

सरसफाई गरेर मनाइयो मुदीमा प्रजातन्त्र दिवस (फोटो)

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा ६९ औं प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवसका अवसरमा मुदी स्थित बुद्धि विकास माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले गाउँमा सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन । विभिन्न नारा लेखिएका प्यलेकार्ड सहितको विद्यार्थीहरुको ¥यालीले गाउँ परिक्रममा पनि गरेको थियो । तस्विर लोकमान चोचाङ्गी

मराङमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम/विकल्प न्यूज मराङ ४ फागुन । विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो । कार्यक्रममा मराङ र मल्कवाङका बासिन्दाहरुलाई गाउँपालिकाको […]

मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज मराङ ४ फागुन । धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् । शिविरमा जिल्ला प्रशासन कार्यालयको […]

मराङमा घुम्ति शिविर सञ्चालन हुने

विकल्प न्यूज/बनी फागुन २ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा आगामी शनिबार एकिकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर शिविर सञ्चालन गर्न लागेको हो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मल्कवाङ र मराङका बासिन्दालाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न […]

गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना वितरण

साधन राम्जाली मगर / विकल्प न्युज बेनी फागुन १ गते । म्याग्दीको दुर्गम भेगमा रहेको गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना बितरण गरिएको छ । गाउँपालिकाको ‘एक विद्यार्थि एक ओखर’ निति तथा कार्यक्रमअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुलाई २ सय ५१ वटा दाते ओखर जातको बेर्ना वितरण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झक छन्त्यालले जानकारी दिनुभयो । गाउँपालिको २५ […]

धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

विकल्प न्यूज/बेनी माघ २० गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो । सात वटै वडामा परिचालन भएका स्वास्थ्यकर्मीहरुले २८ […]

धवलागिरी गाउँपालिकाका सबै बालबालिकाको स्वास्थ्य जाँच हुने

विकल्प न्यूज/बेनी माघ १९ गते । धवलागिरी गाँउपालिकाको आयोजना र गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी सस्था कदम म्याग्दीको सहकार्यमा २०७५ माघ २० देखि २३ गते सम्म गाँउपालिका भित्रका बिद्ध्यालयमा अध्ययनरत सबै बालबालिकाको पहिलो चरणको स्वास्थ्य जाँच गरिने भएकोछ। शुक्रबार गाँउपालिकाको कार्यालय मुनामा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक,शिक्षा संयोजक सबै वडाका स्वास्थ्यकर्मीहरु र गुडनेवर्स ईन्टरनेशनल […]

धवलागिरी गाउँपालिकाको थप करिब दुई करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले दुई वटा सार्वजनिक महत्वको प्रस्ताव सहित एक वटा बिधेयक र बिनियोजन ऐन २०७५ को पहिलो संसोधन प्रस्ताव पारित गरेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ र बिनियोजन ऐन […]

मुख्यमन्त्री गुरुङद्धारा धौलागिरिको गाउँसभालाई सम्बोधन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १३ गते ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले धौलागिरी गाउँपालिकाको पाँचौ गाउँसभालाई सम्बोधन गर्नुभएको छ । आइतवार गाउँपालिका केन्द्र मुनामा आयोाजना गरिएको गाउँसभालाई मुख्यमन्त्री गुरुङले सम्बोधन गर्नुभएको हो ।  पोखराबाट हेलिकोप्टरबाट मुना आउनुभएका मुख्य मन्त्री गुरुङले गाउँपालिकाको पर्यटन,जलविद्युत र कृषिको सम्भावनाका वारेमा अवलोकन गर्नुभएको छ । मुख्य मन्त्री गुरुङ, उद्योग,बन वातावरण तथा […]

जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

विकल्प न्युज मुना माघ १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्न जोड दिएको बताउनुभयो । ‘पर्यटन, जलविद्युत, कृषि र […]

मुख्यमन्त्री गुरुङले धौलागिरीको गाउँसभालाई सम्बोधन गर्ने

विकल्प न्यूज/बेनी माघ १० गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको धौालागिरी गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्नुहुने भएको छ । माघ १३ गते आइतवार गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरिएको पाँचौ गाउँसभालाई सम्बोधन गर्न मुख्यमन्त्री गरुङ म्याग्दी आउन लाग्नुभएको हो । गत शनिबार वसेको गाउँकार्यपालिकाको वैठकले गाउँसभामा मुख्य मन्त्री गुरुङलाई ल्याउने निर्णय गरेको थियो । गाउँपालिकाको समस्या […]