धवलागिरी गाउँपालिका

गाउँपालिकाको सहयोगमा परिक्षार्थी घर फर्किदै

विकल्प न्यूज/बेनी चैत ६ गते ।  एसईई परिक्षामा सहभागि हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुलाई घर फर्किनका लागि गाउँपालिकाहरुले सहयोग गरेका छन् । अन्नपूर्ण गाउँपालिका,धौलागिरि र रघुगंगा गाउँपालिकाले दुर्गम क्षेत्रबाट परिक्षा केन्द्रमा आएका परिक्षार्थीहरुलाई परिक्षा स्थगित भएपछि सहज रुपमा घर फर्किनका लागि आर्थिक सहयोग गरेका हुन । अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुने […]

घुस रकम फिर्ता गरे पनि शिक्षाका २ कर्मचारी विरुद्ध मुद्दा

विकल्प न्यूज/बेनी चैत ४ गते । विद्यालय भवन निर्माणको क्रममा घुस खाएका शिक्षाका २ जना कर्मचारीले उक्त रकम फिर्ता गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत इञ्जिनियर श्रीकृष्ण खनाल र सव–ईञ्जिनियर प्रमोदकुमार उप्रेतीले घुस लिएको अख्तियारको दावी छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–३ स्थित […]

शिक्षक छोटेलालको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा

विकल्प न्यूज/बेनी चैत ३ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको राम्चे आधारभूत विद्यालयमा कार्यरत शिक्षक छोटेलाल ठाकुरको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गेर जागिर खाएको आरोपमा विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरेको हो । तत्कालिन समयमा उक्त विद्यालयमा कार्यरत शिक्षक ठाकुरले एकवर्ष अगाडि गोल्डेन हेन्सचेक बुझेर शिक्षण […]

जनप्रतिनिधिहरु पार्टीको कमाण्डमा छैनन्

विकल्प न्यून/बेनी चैत्र ३ गते स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि राजनीतिक दलको भूमिका कस्तो छ ? स्थानीय तहले बनाउने नीति तथा कार्यक्रम र योजनामा उनीहरुको सहभागिता छ कि छैन । राजनीतिक दलको योजना र कार्यक्रमहरुलाई जनप्रतिनिधिहरुले कार्यान्वयन गरेका छन वा छैनन् । जनप्रतिनिधिबाट राजनीतिक दलले के अपेक्षा राख्छन् ? यस्तै विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धौलागिरि […]

ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोगबाट मन्दिर निर्माण शुरु

म्याग्दी। म्यादीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा १६औँै शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु भएको छ । पुरातत्व विभागले ऐतिहासिक महत्वको ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोग गरेर मन्दिर बनाउन लागेको हो । ताकमकोतबाट विसं १२४६ देखि १५४५ सम्म बगाले थापाले र १५४६ देखि १८८२ सम्म मल्ल राजाले राज्य सञ्चालन गरेका थिए । थापा र मल्लकालीन […]

म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै

ठाकुरप्रसाद आचार्य/बेनी माघ १३ गते । जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् । संघीय सरकार अन्तर्गत रहेको सडक […]

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड ः दोस्रो दिनसम्म नौ खेलको फाइनल

गोपाल आचार्य /विकल्प न्यूज ताकम, २७ पुष । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम मावि दूई, धनजनता मावि एक र जनकल्याण मावि ले एक […]

ताकममा धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

विकल्प न्यूज/बेनी पुस २७ गते ।    म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने भएको […]

८० वर्षे कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना

बसन्त रानाभाट  ८० वर्षे कार्लोस स्पेनका सफल पर्वतारोही हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमालहरुको आरोहण गरिसकेका छन्। ती मध्ये १२ वटा हिमालहरुको चुचुरो चुमिसकेको छन्। सोरियाले धलागिरि र सिसापाङ्गा हिमालको चुचुरोमा मात्र टेक्न बाँकी छ । कार्लोसले ६० वर्षको उमेरपछि ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरेका […]

ताकममा सडक खन्दा पहिरो खसेर चालक सहित डोजर पुरियो

विकल्प न्यूज /बेनी पुस २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीको रानीवनमा सडक निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा चालक सहित डोजर पुरिएको छ । ताकमको हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान १० बजेतिर बाघराज बिल्डर्सको एक्साभेटर सहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सडक खन्ने क्रममा माथिबाट […]

ताकमकोटमा हिउँ परेपछि (हेर्नैपर्ने भिडियो)

विकल्प न्यूज/बेनी पुस २ गते । धौलागिरि गाउँपालिका ७ स्थित एतिहाँसिक ताकमकोट दर्शनका लागि पुगेका आन्तरिक पर्यटकहरु । हिउँ परेपछि पर्यटकहरु उत्साहित भएका छन् । ताकककोटको पुननिर्माण गरेपछि चिटिक्क पारिएको छ । भिडियो ठाकुरप्रसाद आचार्य  

ताकममा आयोजित स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी लाभान्वित (भिडियो /तस्विरसहित)

विकल्प न्यूज/बेनी मंसिर २९ गते ।              लायन्स क्लब अफ बेनी पिस सिटीले धौलागिरि गाउँपालिका ७ ताकममा आयोजना गरेको दुइदिने वृहत स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएका छन् । धौलागिरिका दुर्गमभेगका सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य सेवाप्रदान गर्ने उद्देश्यले क्लबले विशेषज्ञ सेवा सहितको वृहत स्वाथ्य शिविर सञ्चालन गरेको हो । शिविरमा मेडिकल कलेज […]

हिमपातमा यस्ताे देखियाे ताकमकाेट (फाेटाेफिचर)

विकल्प न्युज/ ताकम मंसिर २८ गते । धौलागिरी गाउँपालिका ७ ताकम मा रहेकाे ताकम काेट । हिउले ढाकेकाे ताकमकाेट र ताकमकाेट दर्शन गर्न पुगेका  पर्यटकहरू । शुक्रबार परेकाे पानी संगै यहाँ हिमपात भएकाे हाे । हिउँ संग रमाउन शनिबार विहानै देखि ताकम काेटमा पर्यटकहरू पुगेका छन । तस्वीर ठाकुर अाचार्य

ताकममा वृहत स्वास्थ्य शिविर सुरू (फाेटाे फिचर)

विकल्प न्युज/ ताकम मंसिर २८ गते । लायन्स क्लब अफ बेनि पिस सिटिकाे  अायाेजनामा धौलागिरि गाउपालिकाकाे ७ ताकममा शनिबार देखि निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे हाे । शिविरमा गण्डकी मेडिकल कलेज पाेखराका चिकित्सकहरूले विरामिहरूकाे स्वास्थ्य परिक्षणा गर्नुभएकाे छ । शिविरमा ताकम,मुना,लुलाङ र मुदिबाट ठुलाे संख्यामा सर्वसाधारण हरू अाएका छन् । दुर्गमका सर्वसाधारण हरूलाई स्वास्थ्य सेवा […]

मराङमा स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।   धवलागिरी गाउँपालिका–६ मराङमा शुक्रबार देखि स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिलाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । शनिबार सम्म सञ्चालन हुने शिविरमा लमजुङ सामुदायिक अस्पतालका डाक्टर हेमा […]