अन्नपुर्ण गाउँपालिका

अन्नपूर्णको फेदीमा खयरबराह पुजा

घनश्याम खड्का /म्याग्दी साउन २३ गते । जनैपूर्णिमाको अवसरमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ खयरबाराही ताल छेउमा अवस्थित मन्दिरमा धार्मिक मेला लागेको छ । अन्नपूर्ण हिमालको पश्चिम फेदीमा चार हजार छ सय ६० मिटर अग्लो स्थानमा अवस्थित खयरबाराही तालमा जनैपूर्णिमा मेला भर्न करिव हजार भक्तजन पुगेका छन् । तर चन्द्रग्रहण लाग्ने भएकोले यस वर्ष अघिल्ला वर्षभन्दा […]

म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव

सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]

रातोपानीका बासिन्दाले किन गरे प्रशारण लाईनको टावर निर्माणमा अवरोध

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ रातोपानीका बासिन्दाले विद्युत प्रशारण लाईनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् ।नेपाल विद्युत प्राधिकरण अन्तरगत २२० केभी क्षमताको खुर्कोट दाना प्रशारण लाईन अन्तरगत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रमम स्थानीय बासीले बिरोध जनाउदै अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई […]

यस्तो छ अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम

विकल्प न्यूज/अन्नपूर्ण श्रावण २ गते । गाउँसभामा अध्यक्ष क्या डम वहादुर गर्बुजाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम  नेपालको संविधान, २०७२ जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम देशमा संघीयता कार्यान्वयनमा आएको छ । लामो समयसम्मको आम नेपाली जनताको प्रतिक्षा, दश बर्षे सशस्त्र संघर्ष, २०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलन, दलित–जनजाति आन्दोलन, दुईपटकसम्म भएको संविधानसभाको निर्वाचन भई जनताका […]

अन्नपूर्णको बजेट सार्वजनिक – ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने

विकल्प न्यूज/अन्नपूर्ण असार ३० गते । जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित अन्नपूर्ण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । शुक्रबार गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । गाउँपालिका उपप्रमुख केशमायाँ मगरले आगामी आर्थिक बर्षलाई २३ […]