ताजा समाचार:
Search

अन्नपुर्ण गाउँपालिका

नारच्याङ स्थित म्रिस्तिखोलामा काम गर्ने १२ कामदारमा काेराेना

विकल्प न्युज/बेनी चैत १७ गते  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित म्रिस्तिखोला हाईड्रोमा काम गर्ने १२ जना कामदारमा काेराेना पुष्टि भएकाे छ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति २०७७।१२।१६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ को […]

‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ’

घोडेपानी, चैत ८ गते । एक्काइस वर्ष नौ महिना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो । उहाँ गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता बन्नुभएको थियो । बैसठ्ठी वर्षीय उहाँले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, […]

महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल

विकल्प न्युज म्याग्दी, फाल्गुन २७ म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटन सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए […]

तस्विरमा हेर्नुहोस् दाना सब–स्टेशन

ठाकुरप्रसाद आचार्य/बेनी माघ २९ गते ।  म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेशन तयार भएर परिक्षण सफल भएसँगै उत्पादित विद्युत प्रशारणलाइनमा जोडिएका छन् । सब–स्टेशन र प्रशारणलाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गएको थियो । नेपाल विद्युत प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना– खुर्कोट प्रशारण लाइन र सब–स्टेशन एकहप्ता […]

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

विकल्प न्यूज/बेनी माघ २७ गते ।   अन्‍नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनको क्षमताले धान्‍न नसकेपछि पाँच मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्‍चालन हुन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका-३ दानामा गत हप्तादेखि सञ्‍चालन गरेको […]

म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अन्नपूर्ण गाउँपालिकाका २ का ५६ वर्षीय १ पुरुष र बेनी नगरपालिका २ का ७५ वर्षीय पुरुष र ८ का ६० र ६१ वर्षीय २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने

माघ ९ गते । अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पिसिआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे हो । समितिका सचिव दिलीप गुरुङका […]

दाना–खुर्कोट प्रसारण लाइन तयार

काठमाडौँ, पुस १५ गते । कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानामा निर्माण भएको सबस्टेसन, पर्वतको खुर्कोटमा बनेको अर्को सबस्टेसन र बीचमा ११० टावर र ३९.६ किलोमिटर तार टाँग्ने लगायतका सबै काम सकिएको हो । दाना–खुर्कोट प्रसारण लाइन पुस […]

म्याग्दी र मुस्ताङ विचको सीमा विवाद सुल्झाउन बार्ता

विकल्प न्यूज/बेनी मंसिर २७ गते । वर्षौ देखिको म्याग्दी र मुस्ताङको सिमा विवाद सुल्झाउनका लागि शनिबार दुई जिल्ला विच बार्ता भएको छ । मुस्ताङको थासाङ गाउँपालिका ४ को पहिरो थाप्लामा दुवै जिल्लाका जनप्रतिनिधि,सरकारी अधिकारी र स्थानीयवासी विच बार्ता भएको हो । एकमहिना भित्रमा नापि विभागबाट प्राविधिक टोलीले ल्याएर सीमा छुट्याउने बार्तामा सहमति भएको छ । […]

अन्नपूर्णमा २ र बेनीमा १ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज / बेनी मंसिर २० गते । म्याग्दीमा शनिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा १ गरी थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पोखराले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अन्नपूर्णमा कोरोना पुष्टि हुनेमा ३३ वर्षीय महिला र […]

म्याग्दीमा सोमबार थपिए ११ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी मंसिर १५ गते ।  म्याग्दीमा आजै मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिकामा ९ र बेनी नगरपालिकामा २ जना गरी थप ११ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको नमुना स्वाव संकलन गरी पिसिआर पिसिआर परिक्षणका लागि पोखरा पठाएकोमा सोमबार उक्त संख्यामा […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको सोमाबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकाले को विज्ञप्तीमा उल्लेख गरिएको छ । 

म्याग्दीका तिन स्थानीय तहमा अस्पताल शिलान्यास प्रभावित

विकल्प न्यूज/बेनी मंसिर १५ गते । आज गर्ने भनिएको अस्पताल शिलान्यास कार्यक्रम म्याग्दीका तिन स्थानीय तहमा प्रभावित भएको छ । धौलागिरी र रघुगंगामा जग्गा विवाद र अन्नपूर्णमा जग्गाको लालपूर्जा नभएकाले शिलान्यास कार्यक्रम हुन नसकेको गाउँपालिकाहरुले जनाएका छन् । धौलागिरि र रघुगंगा गाउँपालिकामा अस्पताल बनाउनका लागि स्थान छनौंट गर्न नसक्दा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम प्रभावित […]

मुख्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्ष सँग लगाए मीत

विकल्प न्यूज/बेनी मंसिर ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको अन्‍नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनसँग मितेरी साइनो जोडेका छन् । मुस्ताङका प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनका पिताको निधनमा श्रद्धाञ्जली दिन पुगेका मुख्यमन्त्री गुरुङ फर्किने क्रममा म्याग्दी बसेका थिए । सोही क्रममा उनले काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षसँग मितेरी साइनो गाँसेका हुन् । ‘‘पहिलादेखिको योजना होइन, […]

म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ८ गतेे । म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा बेनी नगरपालिकाका ५ ठेगना भएकि  एक महिला, वडा नम्बर ७ मा १ पुरूष  र १ महिलामा काेराेना पुष्टि भएकाे बेनी अस्पताल श्राेतले जानकारि दिएकाे छ । अन्नपूर्ण गाउँपालिका १ मा   १ जना र रघुगंगा गाउँपालिका […]