म्याग्दी समाचार
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ चयन

विकल्प न्यूज/बेनीफागुन १० गते । पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा […]
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, फागुन ९ गते । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ । फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता गर्ने, फागुन […]
वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनीफागुन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा वन डढेलो व्यवस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । ‘वन सबैका लागि, सधैँका लागि र डढेलाबाट वन जोगाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने मूल नारासहित सञ्चालित वन डढेलो व्यवस्थापन सचेतना सप्ताह कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै डिभिजन […]
प्रथम ‘तरुण कप’ को उपाधि अर्मनलाई

विकल्प न्यूज/बेनीफागुन ९ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न प्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन ए ले हात पारेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन ए ले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जित्दै उपाधि हात पा¥यो […]
सहकारीको रकम हिनामिना अभियोगमा पक्राउ

विकल्प न्यूज/बेनीफागुन ९ गते । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर पौडेलले […]
बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरू

म्याग्दी, फागुन ९ गते । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् । रू ३५ करोड ६३ लाख ३९ हजार सात […]
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण

(म्याग्दी), फागुन ८ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना […]
बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन

म्याग्दी, फागुन ८ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा […]
श्रेष्ठको २६औं कृति विमोचन

विकल्प न्यूज/बेनीफागुन ८ गते । म्याग्दीका लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं। ४, च्यूरीबोटमा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो […]
फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा

विकल्प न्यूज/बेनीफागुन ७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी चयन हुनुभएको […]
वनमा आगो लगाउने दुई जना पक्राउ

फागुन २ गते । पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले माघ २९ गते बिहान ११ः३० बजेको समयमा कुस्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको प्रहरीले जनाएको छ । सोही वडाका स्थानीय २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ आवश्यक कारबाहीका […]
कुश्मामा द क्लिफमा मेगाट्रोल सञ्चालनमा

विकल्प न्यूज/पर्वतफागुन २ गते । पर्वत, फागुन २ गते । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म […]
मालिका गाउँपालिकामा तीन विधेयक पारित

विकल्प न्यूज/बेनीफागुन १ गते । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ । ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन–२०८१, प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको हो ।बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पारित गरेका विधेयक ऐनका रूपमा कार्यान्वयन हुनेछन् […]
विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन एकठाउँमा

विकल्प न्यूज/बेनीमाघ ३० गते । विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन भने एकठाउँमा आएका छन् । भोली फागुन १ गते ३० औं जनयुद्ध दिवस मनाउन म्याग्दीमा रहेका माओवादीहरु एक ठाउँमा उभिएका हुन । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र माओवादीबाट विभाजन भई नेकपा नाम राखेको नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । […]
क्यान्सर उपचारमा गण्डकी सरकारको यस्तो सहायता

रासस /पोखरामाघ ३० गते । गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन्। उनीहरूलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौंस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला […]