म्याग्दी समाचार
म्याग्दी महोत्सवको तयारी तिब्र
सन्तोष गौतम /विकल्प न्यूज बेनी २ पुष । यही महिनाको अन्त्यतिर बेनीमा सुरु हुने छैटौ म्याग्दी महोत्सवको तयारीलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ तयारीको […]
बेग र भगवतीका बासिन्दालाई सांसदद्धयले गाउँमै पुगेर धन्यवाद दिए
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, १ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र प्रदेश […]
म्याग्दीका सांसदहरुलाई भगवतीमा भब्य स्वागत
विकल्प न्यूज/बेनी पुस १ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र प्रदेश सभा साँसद […]
पर्वतको विकास र समृद्धिमा केन्द्रित हुने नवनिर्वाचित सांसदत्रयको प्रतिवद्धता
विकल्प न्यूज/जलजला पर्वत पुस १ गते । पर्वतका नवनिर्वाचित सांसदहरुले जिल्लाको विकास र समृद्धिलाई केन्द्रित भएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिबार जलजला गाउँपालिकाको माझफाँटमा आयोजना गरेको बिजय उत्सव ¥यालीपछि आयोजित सभामा यस्तो प्रतिवद्धता जनाउनुभएको हो । प्रतिनिधिसभा सदस्य तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले अब नेपालमा […]
ईश्वर पोखरेलको अभिव्यक्तिले माओवादीमा तरंग
२९ मंसिर, काठमाडौं । चुनावी अभियान सकेर चितवनबाट काठमाडौं आइपुगेकै दिन माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले झस्कायो । त्यसको भोलिपल्टै अर्थात शुक्रबार प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरे । गत दशैंमा एमाले र माओवादीवीच एकता र तालमेलको घोषणा हुँदै गर्दा भावी प्रधानमन्त्री केपी ओली बन्ने र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्ने […]
शिखको गिवाङमा हार्तुखोला खानेपानी योजना निर्माण
सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको गिवाङमा हार्तुखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । २६ लाख ६५ हजार ५८६ रुपैयाको लागतमा निर्माण भएको आयोजनाबाट भौगोलिक रुपमा बिकट, दुर्गम र छरीएको बस्ती रहेको गिवाङका १४ घरपरिवार लाभान्वित भएका छन् । सबै उपभोक्ताको घरमा निजी धारा जडान गरिनुका साथै […]
मतदातालाई धन्यवाद दिन गाउँ पुगेका सांसदलाई भब्य स्वागत
सन्तोष गौतम /विकल्प न्युज बेनी २९ मंसिर । चुनाव जितेर मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका नवनिर्वाचित सांसदहरुलाई ग्रामिण क्षेत्रका बासिन्दाले भब्य स्वागत गरेका छन् । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी सहित एमाले र माओवादी केन्द्रका नेताहरुको टोलीलाई शुक्रबार अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, नागी, राम्चे, काफलफाँडा, रिमा र औलाका बासिन्दाले स्वागत गरेका हुन् […]
जलजला गाउँपालिकाले उद्योग व्यवसायको नियमन थाल्यो
सन्तोष गौतम /विकल्प न्यूज जलजला २९ मंसिर । पर्वतको जलजला गाउँपालीकाले उद्योग व्यवासयको नियमन र बजार अनुगमन थालेको छ । संबिधानले दिएको अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रका उद्योग, व्यवसायको बिधागत अनुगमन सुरु गरेको गाउँपालीकाले दर्ताका लागि नितीगत निर्णय गर्दै प्रक्रिया अघि बढाएको छ । यसैक्रममा शुक्रबार जलजला गाउँपालीकाको पर्वत बेनी, मिलनचोक र फर्से बजारका मासु, […]
मुक्तिनाथ सहकारीद्धारा विद्यार्थीहरुलाई सहयोग
धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २९ मंसिर । बेनीमा रहेको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माविमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाको १० औँ स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हिरा केसीको ८ औँ स्मृती दिवशको अबसरमा स्रोत कक्षालाई रु २५ हजार बराबरको सामाग्री सहयोग गरेको हो […]
बेनी बचतद्धारा अनाथ बालबालीकालाई न्यानो कपडा वितरण
सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ मंसिर । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको १७ औ स्थापना दिवसको अवसर पारेर बालगृहमा आश्रीत ११ जना अनाथ बालबालीकाहरुलाई ज्याकेट र पाईन्ट वितरण गरिएको हो । सहकारीका संस्थापक अध्यक्ष समेत रहनुभएका बेनी […]
प्रदेश ४ को समानुपातिक सिटः एमालेलाई १० सिट
२९ मंसिर, काठमाडौं । प्रदेश ४ को समानुपातिकमा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले एकएक सिट पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश चारका सबै जिल्लाको समानुपातिक तर्फको मतगणना सकिएको छ । एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ भने कांग्रेसले ३ लाख ६४हजार ७९७ र माओवादीले १ लाख १९ हजार ५२८ मत […]
प्रदेश ३ मा विवेकशील साझालाई ३ सिट
२९ मंसिर, काठमाडौं । प्रदेश ३ को समानुपातिकतर्फ नेकपा एमालेले १७ सिट पाएको छ भने विवेकशील साझा पार्टीले ३ सिट पाएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश ३ को समानुपातिकतर्फको गणना सकिएको छ । एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने कांग्रेसले ५ लाख ४९ हजार ७०४ र माओवादीले ३ लाख १२ […]
प्रदेश ४ मा वाम गठबन्धनको बन्नेभो दुई तिहाइ बहुमतको सरकार
२९ मंसिर, पोखरा । प्रदेश नम्बर ४ मा प्रत्यक्षको प्रतिनिधि सभा तथा प्रदेश सभा र समानुपातिककोसमेत स्याङ्जाबाहेक सबै जिल्लाको मत परिणाम आइसकेको छ । निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेसँगै प्रदेशमा कसको सरकार कसरी बन्छ ? भन्ने हिसाबकिताब र आंकलन भइरहेका छन् । प्रदेश नम्बर ४ को अहिलेसम्मको परिणाम हेर्दा कसको सरकार बन्दैछ ? भन्ने […]
पर्यटक आगमन वृद्धि गर्ने योजना ल्याउन माग
विकल्प न्यूज/बेनी म्याग्दी २८ मंसिर ।म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको शिख र घारका बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसंग पर्यटक आगमन बढाउने योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् । अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने शिख र घारमा पछिल्लो समय सडक विस्तारसंगै पर्यटक आगमन घटेको छ । सुस्ताएको पर्यटक आगमनलाई बढाउन र गाउँलेको आयआर्जन वृद्धी गरी रोजगारी सिर्जनामा सघाउ पुग्ने योजना […]
प्रहरी कार्यालय परिसरमा निर्माण भएको महिला मैत्री भवनको उद्घाटन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ मंसिर । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माण भएको महिला मैत्री भवनको बिहीबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै संघीय प्रहरी ईकाई बागलुङका बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले प्रहरीले सामाजिक अभियान मार्फत हिंसा न्युनीकरण र पिछडीएका वर्गको न्यायमा पहुँच बढाउन प्राथमिकता दिएको बताउनुभयो । उहाँले महिला मैत्री भवन र […]