ताजा समाचार:
Search

म्याग्दी समाचार

छिमेकी लघुबित्त म्याग्दी शाखाको दोस्रो वार्षिक इकाई भेला सम्पन्न

साधन रामजाली मगर, विकल्प न्युज/ बेनी माघ ३ गते । छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेड म्याग्दी शाखाको दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न भएको छ । दुई बषर््ा अघि म्याग्दीको गलेश्वरमा शाखा स्थापना गरेको संस्थाले बिहिबार दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न गरेको हो । भेलाको प्रमुख अतिथि बित्तका क्षेत्रिय प्रवन्धक निरन्जन महतोले उद्घाटन गर्नुभएको हो । […]

मालढुंगामा भएको बस दुर्घटनाका घाइतेको नामावली

पर्वत/पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा विहिबार विहान ८ बजेको समयमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनी बजार देखि नारायणगढ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने ४ जनाको उपचारका क्रममा धौलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको […]

मंगलामा भुकम्प सुरक्षा दिवस मनाइयो

सिजन रोका मगर बेनी विकल्प न्युज/बाबियाचौर माघ ३ गते। २१ औ भूकम्प सुरक्षा दिवस बुधबार म्याग्दीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यस्तै म्याग्दीको सदरमुकाम सहित बुधबार मंगला गाउँपालिकाले पनि २१ औं भुकम्प सुरक्षा दिवस मनाएको छ । मङ्गला गाउँपालिकाको आयोजनामा विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकार भन्ने […]

मालढुङ्गा बस दुर्घटना ः गम्भिर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

विकल्प न्यूज/बेनी माघ ३ गते । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । […]

अर्थुङ्गेका २४ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी माघ २ गते । बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानीयाँले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालय र जामुनाखर्कमा रहेको विद्यामन्दिर आधारभुत विद्यालयमा अध्ययनरत २४ जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई स्कुल पोषाक सूइटर वितरण गर्नुभएको हो । जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाको उपस्थितिमा वडा […]

जब बेनीको खुल्ला मञ्चमा भुकम्प र आगलागी एकैपटक ……..

विकल्प न्यूज/बेनी माघ २ गते । बुधवार विहान ९.३० बजे तिर म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको खुल्ला मञ्चमा भुकम्प र आगलागी एकैपटक निम्तीयो । नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल एकै साथ उद्धारमा जुटे । भुकम्पबाट घाइते भएकाहरुलाई अस्पताल पु¥याउन एम्बुलेन्स तत्काल आयो । सवैजना उद्धारमा खटिए । विपद् स्थलमै घाइतेको प्राथमिक उपचार पनि गरियो । दमकलले […]

धुमधाम सँग मनाए बेनीमा मगर समुदायले माघे संक्रान्ति पर्व (फोटो सहित)

विकल्प न्यूज/बेनी माघ १ गते । माघे सङ्क्रान्ति पर्वलाई म्याग्दीका मगर समुदायले धुमधामका साथ साँस्कृतिक झाँकी पदर्शन सहित मनाएका छन् । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा मंगलवार बेनीमा मगर समुदायको कला संस्कृति र भेषभुषा पदर्शन गरिएको हो ।  मगर समुदायको मौलिक भेषभुषामा सयौँको संख्यामा सहमागी ¥यालीले बेनी बजार […]

अर्जुन माविको वार्षिकोत्सव

विकल्प न्यूज/बेनी माघ १ गते । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको जानकारी दिनुभयो । सांसद केसीले शिक्षाको गुणस्तर सुधारका लागि […]

पुख्र्यौली नृत्यमा चम्कीँदै बाल कलाकार पाइजा (फोटो सहित )

विकल्प न्यूज/बेनी माघ १ गते ।  मगर संघ म्याग्दीले माघे संक्रान्ति पर्वका अवसरमा बेनीमा निकालेको सांस्कृतिक झाँकी सहितको सोरठी र पुख्र्यौली नृत्यमा बालकलाकारका रुपमा थिए प्रदिप पाइजा । रघुगंगा गाउँपालिका ४ दमिजाका ९ वर्षीय बालकलाकार पाइजाले बेनीको सडकमा पुख्र्यौली नृत्यमा मादलेका रुपमा भुमिका निभाए ।  बेनीको लिटल एकेडेमीको कक्षा दुईमा अध्ययन गर्ने पाइजाले ठूलाबुवाको सहयोगले […]

युवाहरुको सामुहिक लगानीमा बेनीमा खुल्यो व्यवस्थित मिट सप

विकल्प न्यूज/बेनी माघ १ गते ।  बेनीका युवाहरुले सामुहिक लगानीमा बेनीबजारमा व्यवस्थित मासु पसल खोलेका छन् । बेनी नगरपालिका ८ गणेश टोलमा युवाहरुले  सटर भाँडामा लिएर मंगलवार देखि म्याग्दी कोरला मिट सप सञ्चालनमा ल्याएका हुन । अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश पौडेललको नेत्वमा चन्द्रमान छन्त्याल,सुवास विश्वकर्मा, विजय घर्ती लगायतका ७ जना युवाहरुले सामुहिक लगानीमा व्यवस्थित मिट सप […]

बेनीमा योग दिवस मनाइयो

विकल्प न्यूज/बेनी माघ १ गते ।  जिल्ला समन्वय समिति र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंगलबार बेनीमा बिबिध कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । ¥याली सहित बेनी बजार परिक्रमा गरेपछि आयोजित औपचारिक कार्यक्रममा अस्वस्थ खानपान तथा व्यवहारका कारण लाग्ने नसर्ने रोग न्युनीकरणका लागि योगको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको थियो । म्याग्दीमा पछिल्लो समय योगप्रती […]

घलेम्दीको आईपिओ बाँडफाँड

विकल्प न्यूज/बेनी माघ १ गते ।  घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ माघ १ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् । आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध […]

सम्झौता विपरित बगर उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० पुस । बेनी नगरपालिका क्षेत्रमा पर्ने बगरबाट सम्झौता विपरितका उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना गरिएको छ । जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नगरपालिकासँग भएको सम्झौता विपरित ब्याकुहोलोडर उपकरण प्रयोग गरेर ढुङ्गा गिटी […]

श्रीकृष्णगंगाका सदस्यहरुलाई सहकारी शिक्षा

विकल्प न्यूज/बेनी पुस ३० गते ।   जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाका आयोजनामा सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी अभियानकर्मी चन्दीप्रसाद शर्माले सेयर सदस्यहरुलाई सहकारीको महत्व, सिद्धान्त र सेयर सदस्यहरुको भुमिकाका विषयमा सहजिकरण गर्नुभएको प्रबन्धक ओमप्रकाश शर्माले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष रामकृष्ण आचार्यको अध्यक्षता, लक्ष्मीप्रसाद […]

जलजलामा सम्पत्ति तथा भूमिकर वापत २४ लाख रुपैयाँ राजस्व संकलन

विकल्प न्यूज/बेनी पुस ३० गते ।   जलजला गाउँपालिकामा छ महिनाको अवधिमा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । साउन १ गतेबाट लागू भएको सम्पति तथा भूमिकर वापत पुष मसान्तसम्म तीन हजार ४०४ जनाले २४ लाख १६ हजार ५११ रुपैयाँ राजस्व तिरेका गाउँपालिकाको नायव सुब्बा भेषनाथ आचार्यले जानकारी दिनुभयो […]