ताजा समाचार:
Search

म्याग्दी समाचार

मोना बेल्जियमद्धारा शान्ति कोषलाई १३ लाख बढी सहयोग (भिडियो सहित )

विकल्प न्युज बेनी , भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ […]

मोनाको महाधिवेशनको तयारी सुरु

विकल्प न्युज बेनी, भदौ २ गते । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न देशका राष्ट्रिय समितिको साधारणसभा, अधिवेशन र प्रचारप्रसार सुरु […]

अमर माविमा छात्रवृत्ति वितरण

विकल्प न्युज चिमखोला,भदौ २ गते । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो […]

शान्तिकोषद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी , भदौ १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला रोगिलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका ३ इग्रेका मृगौला रोगी मान बहादुर पटेललाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा मानबहादुर बचाउ अभियानका संयोजक एवं […]

जलजलाको माझफाँटमा नेकपाको प्रशिक्षण सम्पन्न

विकल्प न्यूज/जलजला भदौं १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको २,३ र ४ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा सपथ लिएका छन् । जलजलाको मल्लाजमा आयोजित सपथग्रहण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका पर्वत इन्चार्ज गुप्तबहादुर हमाल र अध्यक्ष पदम गिरीले सपथ गराउनुभएको हो । सपथ पछि पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनुहुँदै पार्टीका केन्द्रिय […]

मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी साउन ३२ गते । मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले […]

खयर लेकमा चट्याङले ६१ भेडा,बाख्रा मरे

विकल्प न्युज बेनी ,साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल […]

शिक्षक महासंघ म्याग्दीको अध्यक्षमा सुवेदी

विकल्प न्युज बेनी , साउन ३२ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ । महिला सहसचिवमा देवी […]

बेनपा २ का वडाअध्यक्ष माथि भएको दुव्र्यवहारको वडा कमिटीद्धारा खेदप्रकट

विकल्प न्यूज/बेनी साउन ३१ गते । नेपाल कम्युनिष्ट(नेकपा)  पार्टी बेनी नगरपालिका २ नम्बर वडा कमिटी ज्यामरुककोटले विहिवार विहान वडा अध्यक्ष हिरा बहादुर थापा प्रति भएको अपमानजनक व्यवहारको खेद प्रकट गरेको छ । वडा कमिटीका अध्यक्ष कृष्णबहादुर कार्कीले अध्यक्ष थापामाथि विप्लव समुहका कार्यकर्ताले वडा कार्यालयमा जनताको काम गरिरहेका समयमा आक्रमण गर्नु अपमानजनक कार्य भएको बताउनुभयो । जनताद्धारा […]

दिवङ्गत आफन्तको संझनामा बेनीमा गाईजात्रा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३१ गते ।        सदरमुकाम बेनीका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बेनीबजारमा गाइजात्रा मनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा सामूहिक रुपमा गाइजा मनाइएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको जैनै पूर्णिमाको भोलीपल्ट गाईजात्रा निकाल्ने गरिन्छ । नागानागीनी गीत सहित गाई, कुमारी कन्या र प्रतिकात्मक रुपमा […]

दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र

विकल्प न्यूज/बेनी साउन ३१ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको मालिका गाउँपालिकाको दुखुबेसीमा रहने आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तिव्र पारेको हो । आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर […]

रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले  बतायो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]

वडाअध्यक्ष थापाप्रति गरिएको अमानविय व्यवहारको घोर भ्रत्र्सना

विकल्प न्यूज/बेनी साउन ३० गते । सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) को अराजनीतिक गतिविधिको घोर निन्दा एवम् भ्रत्र्सना गरिएको छ । विहिवार बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई अराजनीतिक व्यक्तिहरुले नियन्त्रणलाई लिई दुव्र्यवहार गरेको प्रति नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर निन्दा एवम् भ्रत्र्सना गरेको हो । जनताको मतद्धारा निर्वाचित भएर जनताको सेवामा खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय […]

आज रक्षाबन्धन : यस्तो छ जनै र रक्षासूत्रको महत्व

३० साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा […]

नेकपा (विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरी कारागार चलान (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।  सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरीलाई कारागार चलान गरिएको छ । उनीहरु विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै अदालतले कारागार चलान गर्न आदेश दिएको हो ।   बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेकको बहश पछि धरौटी वापतको रकम भुक्तानी गर्न अस्विकार […]