म्याग्दी समाचार

मोटरसाईकल दुर्घटनाका गम्भिर घाइते थजालीको मृत्यु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगलबार बेनीको जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनाका गम्भिर घाईतेको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको छ । बेनी नगरपालिका–६ जलेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका ६ पाखापानीका २५ वर्षीय सन्तोष थजालीको उपचारको क्रममा मंगलबार राती १० बजे मणिपाल अस्पताल पोखरामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद […]

बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु

विकल्प न्यूज/बेनी मंसिर १० गते ।  बेनीमा जेसिज कप फुटबल प्रतियोगिताको १८ औं संस्करण सुरु भएको छ । म्याग्दी जेसिजले आयोजना गर्ने अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना […]

पक्राउ परेका १२ जुवाडेको प्रहरीद्धारा नाम सार्वजनिक

विकल्प न्यूज/बेनी मंसिर ९ गते । आईतवार जुवाको खालबाट पक्राउ परेका जुवाडेहरुको प्रहरीले नामवली सार्वजनिक गरेको छ । आइतवार नाम सार्वजनिक नगरेको प्रहरीले सोमबार विहान नाम सार्वजनिक गरेको हो । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै […]

बेनी बजारबाट १२ जना जुवाडे पक्राउ

विकल्प / बेनी मंसिर ८ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट आइतबार १२ जना जुवाडेहरु पक्राउ परेका छन् । बेनीको पिपलचोक र मंगलाघाट स्थित घरमा तास खेलिरहेका १२ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो पक्राउ परेकाहरु अहिले प्रहरी हिरासतमा राखिएको छ । तास खेल्न जम्मा भइरहेको अवस्थामा उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरी अनुशन्धानका […]

दुई वर्ष देखि साङ्लोमा बाधिएकी सुमिनाको भयो उद्धार (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ८ गते । दुइवर्ष देखि साङ्लोमा बाधिएकी धौलागिरि गाउँपालिका ३ मुनाकी ९ वर्षीय सुमिना(सुस्मीता) विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र विकल्प न्यूज डटकमले सुमिनाको अवस्थाका वारेमा कार्तिक २४ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व्यक्त गरेका थिए । सानै उमेरमा आमाको कुटाईबाट मानसिक […]

लुङ्दी जलजला सहकारीले गौमहोत्सवलाई १० लाख सहयोग गर्ने

विकल्प न्यूज/बेनी मंसिर ८ गते । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाले जलजलामा आयोजना हुन लागेको पहिलो गौमहोत्सवलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहकारीको शनिवार सम्पन्न ११ औं वार्षिक साधारणसभाबाट मंसिर १९ देखि २६ गते सम्म मिलनचोकमा हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवलाई उक्त रकम सहयोग […]

सहयोग जुटाएर जेसिज कपलाई निरन्तरता

विकल्प न्यूज/बनी मंसिर ८ गते । म्याग्दी जेसिजले आयोजना गर्ने १८ औं जेसिज कप फुटबल प्रतियोगिताको रौनक सुरु भएको छ । प्रतियोगिताको उपाधि हात पार्न बेनीमा रहेका निजी तथा सामुदायिक विद्यालयले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । जेसिज कपको उपाधिलाई बेनीका विद्यालयहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिन्छन् । खेल निकै रोचक र प्रतिस्पर्धा हुने गर्दछ । […]

धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी बेनी, ७ मंसिर ।  म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । चार करोड बाँडफाँड गाउँसभाले गत आर्थिक वर्ष २०७५÷७६ मा […]

पब्लिक भिजनको गत आवमा ५२ लाखको कारोबार

विकल्प न्यूज/बेनी मंसिर ७ गते । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको साधारणसभामा बोल्ने बक्ताले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताएका थिए । साधारणसभाको उद्घाटन गदैं ज्येष्ठ सदस्य अंगत श्रेष्ठले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सुचना प्रवाहमा सहज […]

जलजलामा हुने गौमहोत्सवको चितवनमा प्रचारप्रसार तिव्र

विकल्प न्यूज/बेनी मंसिर ४ गते ।   नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको प्रचाप्रसार चितवनमा तिव्र पारिएको छ । आगमी मंसिर १९ गते देखि २६ सम्म पर्वतको जलजला ७ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव गर्न लागिएको हो । धाइरिङबाट चितवनमा बसाईसराई गरेर जानुभएका चितवनवासीहरुले सक्रियतामा गौमहोत्सवको प्रचारप्रसारलाई तिव्र पारेका हुन । महोत्सवका […]

ओलीले ५ वर्ष नै सरकार चलाउने, प्रचण्ड कार्यकारी अध्यक्ष

विकल्प न्यूज/काठमाण्डौं मंसिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पूर्वसहमतिअनुसार कार्यविभाजन भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि भएको सहमतिअनुसार एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी सञ्चालन गर्ने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै […]

विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रदर्शन गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । गत कार्तिक २९ गते पश्चिमी क्षेत्र दरबाङ, […]

रुमको जेममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

विकल्प न्यूज/बेनी मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक […]

माझफाँटमा सञ्चालित आँखा शिविरको दोस्रो दिन १७ जनाको मोतियाबिन्दुको अप्रेशन

विकल्प न्यूज/जलजला मंसिर २ गते । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि सुरु भएको निशूल्क आँखा शिविरको दोस्रो दिन १७ जना आँखाको विरामीहरुको मोतियाबिन्दुको सफल रुपमा अप्रेशन गरिएको छ । यसै गरी दोस्रो दिन दुइसय ३२ जना सर्वसाधारणहरुको आँखाको उपचार गरिएको लायन्स क्लब अफ बेनी मल्लाजका एमडि रविन्द्र कँडेलले जानकारी दिनुभयो । लायन्स क्लव अफ बेनी […]

जलजलामा आयोजना हुने गौमहोत्सवलाई आचार्यद्धारा एकलाख सहयोग

विकल्प न्यूज/बेनी मंसिर २ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई मिलनचोक निवासी जमुना आचार्यले एकलाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । सोमबार आचार्यले गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव मुल समितिलाई एकलाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । यसै […]