ताजा समाचार:
Search

समाचार

मालढुङ्गा–बेनी सडक : सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

पर्वत, १८ भदौ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आवतजावत गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत […]

भुुवानी आधारभूतको कक्षा कोठा भवन जिर्ण

विकल्प न्यूज/बेनी भदौ,१५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट घारखोला जलविद्युत आयोजना जलविद्युत आयोजनाको सुरुङ खन्दा चर्किएको तीन कोठे भवन अत्याधिक वर्षाका कारण […]

घोडेपानी र घान्द्रुक जोड्ने सडक पिच गर्छौ – मन्त्री जुुग्जाली

घोडेपानी, १४ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दाहरुसँग बिहिबार भएको भेटघाटका क्रममा प्रदेश सरकारले पर्यटकीय बस्ती जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको जानकारी दिनुुभएको हो । “कास्कीको पर्यटकीय स्थल […]

गुर्जामा स्याउखेतीको परीक्षण सफल

 विकल्प न्यूज\बेनी भदौ १५ गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको […]

बेनीमा गाईजात्राको रौनक (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ १४ गते । बेनीमा जनै पुर्णिमाका अवसरमा गाईजात्रा पर्व मनाइएको छ । बर्खे नाच अन्तर्गत विहिवार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन । नेवार समुदायले आज विहानै देखि दिवंगत आफन्तको सम्झनामा बेनीमा गाईजात्रा पर्व मनाएका हुन । गाईजात्रा पर्व दुईदिन सम्म मनाउने गरिन्छ । गाईजात्रामा पाका पुस्ता सँगै युवा पुस्ताको उल्लेख्य सहभागिता […]

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

म्याग्दी,भदौ १४ गते ।  जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् । अन्नपूर्ण […]

सुरक्षा प्राप्त गर्न रक्षासूत्र अर्थात रक्षाबन्धन

काठमाडौँ, भदौ १४ गते ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) […]

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी । भदौ,१० गते । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका  उनी सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा […]

बेनीको शिरैमा एतिहासिक जगन्नाथ मन्दिर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी भदौ ९ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा एउटा एतिहासिक शिखर शैलीमा निर्माण गरिएको जगन्नाथ मन्दिर छ । बेनी नगरपालिका ५ गाजने गाउँमा पर्ने जगन्नाथ मन्दिर राजा दिलिपबम मल्ले (डिम्ब) पन्ध्रौ शताब्दीको मध्यतिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । मन्दिरभित्र राजाको […]

कृषि र भेटेरिनरीको बजेट सार्वजनिक

विकल्प न्यूज\बेनी भदौ ९ गते । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरण […]

आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक

म्याग्दी,भदौ ९ गते । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएका हुन् । लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा […]

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

बागलुङ, भदौ ९ गते । फाइल तस्विर  भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर भत्किँदा स्थानीय जमुना […]

अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत कमायो एक करोड

म्याग्दी,भदौ ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट […]

डेढ महिना देखि लुलाङ गाउँ अन्धकारमा

म्याग्दी, भदौ  ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता बगाएको थियो । धौलागिरि–२ का […]

गायनमा सिम्रनको चर्चा

गलकोट (बागलुङ),  भदौ ७ गते ।  गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा […]