समाचार

बिममा विद्युतीकरण गरिएपछि स्थानीयवासी उत्साहित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दीको मालीका गाउँपालिका ७ बिम गाउँमा विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधीकरण बेनी वितरण केन्द्र र स्थानीय बासिन्दाको पहलमा बिम गाउँमा विद्युतीकरण गरिएको हो । परिक्षण सफल भएपछि बुधबार दिउँसोदेखि बिममा केन्द्रिय प्रशारण लाईनको नियमित विद्युत आपूर्ती हुन थालेको वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)ले जानकारी दिनुभयो । […]

पदमार्ग निर्माणमा अनियमितता

सन्ताेष गौतम । भदौ २७ गते । धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्गको पूर्वाधार निर्माणसम्बन्धी योजनामा अनियमितता भएको स्थानीय बासिन्दाको गुनासो छ । मिलेमतोमा पदमार्ग निर्माणका क्रममा लागत अनुमानभन्दा कम परिणामको काम गरेको र श्रमिकलाई ज्याला समेत नदिएको गुनासो बढेको हो । उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीले बगरा गाउँ हुँदै दाप्चादेखि दोभान खण्डसम्मको […]

दानाको घट्टेखोलामा पौने छ करोडको लागतमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी भदौं २७ गते । हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको घट्टे खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । दानाको घट्टेखोलामा यात्रुवाहक वस तर्दै । तस्विर ईन्द्रसिङ शेरचन बेनी–जोमसोम–कोरला सडक आयोजनाले पौने छ करोड रुपैयाँको लागतमा ४० मिटर लामो पुल निर्माण सुरु गरेको हो । पाँच […]

पोखरेबगर–चित्रे सडक स्तरवृद्धिका लागि आयोजना सञ्चालन हुने

विकल्प न्यूज/बेनी भदौ २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक स्तरवृद्धि गर्न आयोजना सञ्चालन हुने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषले भुकम्प सहायता आपतकालीन आयोजना अन्तरगत अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगर देखि प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने यो सडक स्तरवृद्धिका लागि छनौट गरेको हो । १८ किलोमिटर दुरीको यो सडक कालोपत्रे गर्नका लागि छनौटमा […]

अञ्चलस्तरीय खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न ः माउण्ट प्रथम

धिरन खत्री /बेनी म्याग्दी,२६ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भएको प्रतियोगितमा माउण्ट एभरेष्ट बोडिङका मिलन विश्वकर्मा प्रथम भएका छन । त्यस्तै दिप्तिय चिल्डेन लाईफ बोडिङ बागलुङका दिपेश थापा, तितृय डडुवाकी सङगिता किसान सान्तवना हुन सफल भएका छन । प्रतियोगितामा प्रथम, […]

नांगीमा ग्रामिण स्वास्थ्य सेवा प्रभावकारी

सन्तोष गौतम / विकल्प न्यूज भदौ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगी गाउँमा ग्रामिण स्वास्थ्य सेवा सञ्चालन भएको छ । काठमाडौको जनस्वास्थ्य जनसरोकार ट्रस्ट (फेस्ट)को सहयोगमा स्थापीत सेवाबाट मेडकल अधिकृत तहका जनशक्तिले २४ सै घण्टा सेवा दिन थालेका हुन् । गाउँमै डाक्टरहरु उपस्थित भएर अस्पताल सरहको सेवा दिन थालेपछि स्थानीय बासिन्दालाई राहत मिलेको […]

लुङ्दी खोलामा मोटरेबल पुल निर्माण

विकल्प न्यूज / बेनी भदौ २६ गते ।पर्वतको जलजला गाउँपालिका ४ र ६ नम्बर वडाको सिमानामा पर्ने लुङदी खोलामा मोटरेबल पुल निर्माण भएको छ । मिलनचोक–शालीजा–लेकफाँट–नांगी कृषि सडक अन्तरगत लुङ्दी खोलामा २२.६ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । जिल्ला समन्वय समिति पर्वत अन्तरगत सञ्चालित सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना मार्फत वि.स […]

नागीमा कोशेली घर

सन्तोष गौतम/ विकल्प न्यूज भदौ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायिक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् । वडा कार्यालयको सहयोग […]

एनआरएनए मकाउको युवा संयाेजकमा म्याग्दीका पौडेल

विकल्प न्युज । भदौ २५ गते । एनअारएनए मकाउकाे युवा संयोजकमा म्याग्दीका चिरन्जीवि पौडेल सर्वसम्मत चयन हुनुभएकाे छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा राजु नगरकोटी, रत्नमणी राई, तारा बहादुर महत, बिकेन जोसी, मनोज भण्डारी, बिष्णु कुमार श्रेष्ठ, र प्रेम कुमार बि क रहेका छन् |

एनआरएनए युकेकाे अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित

विकल्प न्युज । भदौ २५ गते । लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन् । शनिबार रातभरको मतगणनापछि नयां नेतृत्व फगामीको पक्षमा गएको हो । फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याए । ‘यो जितले एकदम […]

बौद्ध विहारलाई पर्यटकीय गन्तव्य बनाउन जोड

धिरन खत्री /बेनी म्याग्दी, २४ भदौँ । म्याग्दीको बेनी नगरपालिका ७ मा रहेका बौद्ध विहारलाई पर्यटकीय रुपमा विकास गनुपर्नेमा जोड दिइएको छ । शनिवार म्याग्दी बौद्ध संघको आठौं साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले विहारमा भौतिक पूर्वाधारको विकास गरि पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनुपर्नेमा जोड दिएका थिए । अधिवेशनलाई उद्घाटन गदै बौद्ध […]

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त

विकल्प न्यूज/बेनी भदौ २४ गते । लन्डन– गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि आज शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र म्याग्दीका समाजसेवी योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। यस्तै संघको केन्द्रीय सदस्यका लागि […]

लोक सेवा आयोगको विज्ञापन नरोकिने

२३ भदौ, काठमाडौं । कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले लिने विज्ञापन नरोकिने भएको छ । यसअघि संघीयतामा कर्मचारी व्यवस्थापन नभएसम्म पदपूर्ति रोक्ने भनिएको थियो । तर शुक्रबार संसदको राज्य व्यवस्था समितिले पदपूर्ति नरोक्न सरकारलाई निर्देशन दिएको छ । यसअघि समितिले नै कर्मचारी समायोजन विधेयकमा भएको व्यवस्था अनुसार पदपूर्ति रोक्न भनेको थियो । सामान्य प्रशासन […]

नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज

२३ भदौ काठमाडौं । रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो । नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय […]

म्याग्दीका पर्यटकीय गन्तब्य र चुनौतीहरू

कर्णबहादुर बानियाँ /विकल्प न्यूज भदौ २३ गते । म्याग्दी जिल्ला नेपालको पश्चिमी क्षेत्रमा रहेको धवलागिरी हिमालको काखमा अवस्थित एक पहाडी भू–भाग हो । वर्तमान संविधानमा गरिएको व्यवस्था अनुसार यो क्षेत्र चार नम्बर प्रदेशमा पर्दछ । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य थियो । पर्वत राज्य नेपालमा गाभिएपछि यो क्षेत्र […]