समाचार

रघुगंगाको झिँमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

विकल्प न्यूज/बेनी माघ २४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत सोमबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नम्बर ५ झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको ३ नम्बर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता जिवनबहादुर मल्लले जानकारी दिनुभयो । चाँढै नै […]

कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्नेलाइ सर्वस्वसहित जन्मकैद

विकल्प न्युज /बेनी माघ २४ गते । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।   बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या […]

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

विकल्प न्यूज/बेनी माघ २३ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र कलमका साथै विपन्न विद्यार्थी मनोज बिकलाई एक […]

प्रगतिशिल लेखक संघको अध्यक्षमा केसी

विकल्प न्यूज/बेनी माघ २३ गते । प्रगतिशिल लेखक संघ (प्रलेस) म्याग्दी शाखाको बुधबार बेनीमा भएको तेस्रो सम्मेलनबाट राजु केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल (घायलश्री), कोषाध्यक्षमा ज्योती लामिछाने चयन हुनुभएको छ । सदस्यहरुमा सन्दिप खत्री, चन्द्रबहादुर लामिछाने, समिर रोका, मिना जिसी र दर्पण रोका रहनुभएको […]

व्यवसायीक बाख्रा पालक संघको अधिवेशन

साधन राम्जाली मगर ,विकल्प न्युज /बेनी माघ २३ गते । जिल्लाका व्यवसायीक बाख्रा पालक व्यवसायीहरुको साझा संस्था व्यवसायीक बाख्रा पालक संघको अधिवेशन सम्पन्न भएको छ । बुधवार सरदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट बुद्धिबहादृुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । अध्यक्ष पुन मगर सहित उपाध्याक्षमा आनन्द रिजाल ,महासचिवमा नर बहादुर थापा , कोषाध्याक्षमा पुर्ण […]

निशूल्क शैक्षिक सामग्री सहयोग

विकल्प न्यूज/बेनी माघ २२ गते । बेनी नगरपालिका १० पात्लेखेतको अनदेमा रहेको बराह आधारभूत विद्यालयलका विद्यार्थीहरुलाई एक व्यक्तिले निशूल्क शैक्षिक सामग्रीको व्यवस्था मिलाएका छन् । वाखेत घर भई हाल काठमाडौमा बसोबास गर्दै आउनुभएका भारतीय सेनाका सुवेदार प्रकाश पुनले विद्यालयका संस्थापक स्वर्गीय बुवा गम्मरबहादुर पुनको नाममा एक वर्षका लागि विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो । […]

दिवंगत चोखालका परिवारलाई ५३ हजार सहयोग

विकल्प न्यूज/बेनी माघ २२ गते । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले दिवंगत पुर्व कार्यालय सहयोगी हरिबहादुर चोखालको परिवारलाई आर्थिक सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरुले कमजोर आर्थिक अवस्था भएका चोखालको निधनपछि समस्यामा परेका परिवार तथा छोराछोरीको शिक्षामा सहयोग पुगोस भनेर ५३ हजार ७३७ रुपैयाँ सहयोग गरेका हुन् । […]

वौद्धिक अपाङ्गता स्रोत कक्षालाई सहयोग

समिर रोका/विकल्प न्यूज बगुवाखोला २२ माघ ।  बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षालाई मंगलबार खेलकुदका सामग्री सहयोग प्राप्त भएको छ । अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले वौद्धिक अपाङ्ग विद्यार्थीहरुका लागि चार थान पिङ्ग, बल र नेट सहयोग […]

ओखरबोटका घरघरमा खानेपानीका धारा

विकल्प न्यूज/बेनी माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा डिल्लीखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ । गाउँपालिका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत आयोजना निर्माण भएको हो । आयोजनाको मंगलबार तेस्रो अनुगमन तथा सामाजिक परिक्षणका साथै उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले आयोजनाको उद्घाटन गर्नुभयो […]

न्यु वेष्ट पोइन्टमा खेलाडी सम्मान

विकल्प न्यूज/बेनी माघ २२ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले खेलाडीलाई सम्मान गरेको छ । बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल कबड्डी र मार्शल आर्ट्स तर्फका ७० जना खेलाडीहरु, टिम म्यानेजर र खेल शिक्षकलाई सम्मान गरेको हो । माघ १८ देखि २० सम्म सदरमुकाम बेनी बजारमा सम्पन्न नगरपालिका स्तरीय […]

घर बनाएपनि अनुदान नपाएको भुकम्प पिडितको गुनासो

विकल्प न्युज /बेनी माघ २२ गते । म्याग्दीका भुकम्प पिडितहरुले निजी आवास पुननिर्माण गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत सरकारले उपलब्ध गराउने अनुदान नपाएको गुनासो गरेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले बेनी नगरपालिका र नेपाल पत्रकार महासंघ सँगको समन्वयमा मंगलबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भुकम्प पिडितहरुले झञ्जटिलो प्रक्रियाका कारण पिडा माथि पिडा […]

मालिकाको दरवाङ बजारमा सिसिटिभी क्यामेरा

साधन राम्जाली मगर ,विकल्प न्युज/ बेनी माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको दुई लाख रुपैयाँ सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्युनीकरण हुने आशा व्यक्त गर्नुभयो […]

लिफ्ट खानेपानी आयोजनाको अनुगमन

विकल्प न्यूज/बेनी माघ २१ गते । म्याग्दीको मालिका गाउँपालीका ७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण गरेको हो । गाउँपालिकाका उपाध्यक्ष खरमाया […]

अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

विकल्प न्यूज/बेनी माघ २१ गते । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा भएको […]

सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम

सिजन रोका/ विकल्प न्युज बाबियाचौर माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ ।मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्याग्दीका जिल्ला समन्वय अधिकारी अर्जुनकुमार शर्मा, पर्वतका समन्वय अधिकारी बिष्णुप्रसाद भुषाल र कोष तथा लेखा […]