समाचार

१०८ जनामा कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

असार, काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

सुनको भाउ अहिलेसम्मकै उच्च

२५ असार, काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी […]

टोकियोमा एकैदिन भेटिए २२४ कोरोना संक्रमित

२५ असार, काठमाडौं । जापानको राजधानी सहर टोकियोमा एकैदिनमा सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । टोकियोमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २२४ नयाँ संक्रमित फेला परेका हुन् । एकैदिन यतिको संख्यामा संक्रमित भेटिनुको कारण नाटकीयरुपमा बढेको परीक्षण रहेको अधिकारीहरुले बताएका छन् । यद्यपि जापानमा आपतकालीन अवस्था हटाइएसँगै राजधानी सहरमा निरन्तर […]

म्याग्दीमा थप एक जनामा कोरोना पुष्टी

विकल्प न्यूज बेनी म्याग्दीमा बिहिबार थप एक  जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।   भारतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटवाईमा रहेका बेनी नगरपालिकाका २३ बर्षिय १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

भारतमा अर्को वर्षको अन्त्यसम्ममा दैनिक झण्डै तीन लाख कोरोनाका बिरामी थपिन सक्छन् : एमआईटी

काठमाण्डौ – सन् २०२१ को अन्त्यसम्ममा भारतमा दैनिक झण्डै तीन लाख जना कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित हुन सक्ने एक अध्ययनले देखाएको छ । कोरोना महामारीकै बीच मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले गरेको एक अध्ययनले कोभिड १९ को उपचार तथा भ्याक्सिनको अभावले गर्दा अर्को वर्षको अन्त्यसम्म भारतमा दैनिक दुई लाख ८७ हजार मानिस कोरोना भाइरसबाट […]

गण्डकीमा थप २० जनामा कोरोना पुष्टि

असार २५, २०७७ काठमाडौं : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २० जना संक्रमित थपिएका हुन्। तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ र कास्कीका ४ […]

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

२५ असार, वीरगञ्ज । आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ लिएको छ । वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई […]

बैतडीमा २६५ जना संक्रमित डिस्चार्ज

असार २५, २०७७ बैतडी : बैतडीमा हलसम्म २ सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका सबै स्थानीय तहमा गरेर हालसम्म २ सय ९५ जनामा पुष्टि भएकोमा २ सय ६५ डिस्चार्ज भएका हुन्।  गत जेठ ९ गते कोरोना पुष्टि भएका पहिलो व्यक्ति जेठ २१ गते जिल्ला अस्पतालबाट डिस्चार्ज भएपछि हालसम्म उक्त संख्यामा डिस्चार्ज भइसकेका […]

सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : तीन जनाको मृत्यु, २० बेपत्ता

सार २५, २०७७ काठमाडौं : सिन्धुपाल्चोकमा गएराति बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। २० जना बेपत्ता भएका छन्।  बाह्रबिसे नगरपालिका ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका सुरेनविक्रम योन्जनले दिएको जानकारी अनुसार स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

२५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिनेसम्म भारतमा कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४८७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि […]

कोरोना संक्रमित एक करोड २० लाख नाघे

२५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् । सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]

बाढिले १५ घर बगायाे , १९ वेपत्ता, दुईको शव भेटियाे

काठमाडौं, असार २५ गते ।  सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ  । १९  भन्दा बढी सम्पक बाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे साे स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् । स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। टेलिफोन सम्पर्कमा उहाँले भन्न्ुभयो, गातीका १४ घरका […]

कोरोनाबाट विश्वमा ५ लाख ४७ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ४१९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ८४ हजार १०७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण […]

२५५ जना कोरोना संक्रमित थपिए, २५३ डिस्चार्ज

२४ असार, काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय […]

कर्णालीमा २० जना कोरोना संक्रमित थपिए, १६ जना डिस्चार्ज

२४ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका […]