ताजा समाचार:
Search

समाचार

कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

१५ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका विरामीले प्रहरीको एम्बुलेन्स नै तोडफोड गरेका छन् । साथै, विना आधार अपहरण जस्तो गम्भीर आरोप लगाउँदै सुरक्षाकर्मीलाई दुर्व्यहार गरेका छन् । घटनापछि प्रहरी चौकी, सल्लाघारीले भक्तपुरको कमलविनायक बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ […]

पर्वतमा एक हप्ता सार्वजनिक यातायात बन्द

कुश्मा : पर्वतमा कोरोना भाइरसको संक्रमण फैलन नदिन (सोमबार) आज राती १२ बजेदेखि सार्वजनिक यातायातका सवारी साधन संचालन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा सोमबार बिहान बसेको सर्वपक्षीय, सबैदलीय बैठकले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एक सातासम्म सार्वजनिक यातायातका साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै छिमेकी जिल्लाबाट खाद्यान्न र अत्यावश्यक […]

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो । जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् । प्रहरी […]

आज तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, भर्चुअल माध्यमबाट मनाइँदै

काठमाण्डौ – आज तेह्रौं राष्ट्रिय पुस्तकालय दिवस, भर्चुअल माध्यमबाट मनाइँदै छ । ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने नाराका साथ दिवस भर्चुअल रूपमा मनाउन लागिएको हो । कोरोना सङ्क्रमणको जोखिमका कारण शिक्षालय र पुस्तकालय गएको चैत ५ गतेदेखि बन्द छन् । डिजिटल र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको […]

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

१५ भदौ,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । भदौ ११ गते […]

२ करोड लगानीमा पर्वतमा कालिज पालन

विकल्प न्यूज/पर्वत भदौं १५ गते । पर्वतको कुस्मा नगरपालिका ८ पराधीका मनोज कुमार पौडेलको कुश्मामा हार्डवयर पसल छ । हार्डवयर पसलका साथै कृषि क्षेत्रमा लगानी गर्ने रुचि जागेपछि डेढ वर्ष अघि करिब दुइकरोड रुपियाँ लगानी गरेर कालिज पालन सुरु गर्नुभएको हो । बजारमा कालिजको मासुको माग बढ्न थालेपछि किसानहरुको रोजाईमा कालिजपालन पर्न थालेको छ । […]

‘ओभरस्टे’ बापतको जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै अड्किए १७ नेपाली

काठमाण्डौ – जरिवाना तिर्न नसक्दा यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटिसकेका १७ जना नेपाली दुबई विमानस्थलमा अड्किएका छन् । सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत घर फर्कन टिकट काटिसकेका २६८ जनामध्ये १७ जनाले भने भिसाको अवधि सकिंदा तिर्नुपर्ने ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्कन नपाएको नेपाल एअरलाइन्सको यूएई प्रतिनिधि टिकाराम पंगेनीले जानकारी दिनुभयो । […]

मलेसियाले लगायो सन् २०२० को अन्त्यसम्म पर्यटकका लागि प्रतिबन्ध

काठमाण्डौ – मलेसियाले विदेशी पर्यटकका लागि लगाएको प्रतिवन्ध थप लम्ब्याएको छ कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको द एशोसियटेड प्रेसले खबर लेखेको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको हो । मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक विश्वभरी नै […]

विश्वमा १ करोड ७७ लाखभन्दा धेरैले कोरोनालाई जिते

काठमाण्डौ – विश्वभर पौने २ करोड सङ्क्रमितले कोरोनालाई जितेका छन् । २१३ देशमा फैलिएको कोरोनाका कारण सङ्क्रमित भएका १ करोड ७७ लाखभन्दा धेरै कोरोनालाई जितेर घर फर्किएका हुन् । अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेका हुन् […]

भारतका गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार एम्सबाट डिस्चार्ज भएका छन् । ५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने भएको थियो । गृहमन्त्रीलाई अगस्ट २ मा कोरोनाको संक्रमण देखिएको थियो । उनको कोरोनाको उपचार मेदान्त अस्पतालमा भएको थियो भने १४ अगस्टमा कोरोना रिपोर्ट […]

चकलेट दिएर ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ

१५ भदौ, पोखरा । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी […]

काेराेनाका कारण एकैदिन १४ जनाकाे ज्यान गयाे

विकल्प न्युज/ बेनी भदौ १४ गते ।  पछिल्लाे २४ घण्टामा  काेराेेेेेेनाका कारण १४ जनाकाे मृत्यु भएको छ।  याे संगै ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय २९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

एकै दिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस विर्फिङमा जानकारि दिईएकाे छ ।

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ […]

मंगलामा काँग्रेस र राप्रपाका २८ जना नेकपामा प्रवेश

बाबियाचौर, १३ भदौ । म्याग्दीको मंगला गाउपालिकाका काँग्रेस र राप्रपाका २८ जना नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मंगला गाउपालिका संगठन कमिटिको बाबियाचौरमा भएको सचिवालय बैठकका अवसरमा नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेश कमिटिको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्य देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले […]