म्याग्दी कपको तयारी पूरा

म्याग्दी, फागुन ३० गते ।

म्याग्दीको बेनीमा चैत १ गते देखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमिन्त्रत फुटबल लिगको तयारी पूरा भएको छ ।  म्याग्दी कप व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बेनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले जानकारी दिनुभयो ।

ADV

प्रतियोगितामा म्याग्दीका ८ सहित १० क्लबको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहका शिर्षदुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित एक लाख १५ हजार र उपविजेताले ७० हजार रुपियाँ पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न सात लाख रुपियाँ लाग्ने जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकीले बताउनुभयो । gorkhapatraonline