दुर्गम गाउँ गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्दार

विकल्प न्यूज / म्याग्दी
पुस १० गते ।

म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ ।
गर्भवती व्यथा लागेकी ३० वर्षीय अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरेर पोखरा गण्डकी  अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ । अस्पताल पु¥याइएकी छन्त्यालले छारीलाई जन्म दिनुभएको अस्पतालले जनाएको छ ।

शनिबार विहान ७ बजेदेखि सुत्केरी ब्यथा लागेपनि आइतबार दिउसोसम्म बच्चा जन्माउन नसकेपछि हेलिकप्टरबाट उद्दार गरेर पोखरा लगिएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । अस्पतालमा चिकित्सकको निगरानीमा छन्त्यालबाट साँझ साढे ६ बजेतिर छोरी जन्मिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले आमा र बच्चाको स्वास्थ्य राम्रो छ ।

लामो समयसम्म सुत्केरी ब्यथा लागेको देखिएपछि गुर्जा स्वास्थ्य चौकका अनमी रोशनी सुनार र चोलमाया छन्त्यालले गाउँपालि,वडा र स्वास्थ्य कार्यालय म्याग्दीसँग समन्वय गरेर हेलिकप्टरबाट पोखरा पु¥याइएको थियो । गुर्जामा अझै सडक सुविधा पुगेको छैन ।