एसईई परिक्षामा बेनीको प्रकाश मावि सामुदायिक तर्फ उत्कृष्ट

विकल्प न्यूज/बेनी
साउन १२ गते ।


बुधबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविको विद्यार्थीले म्याग्दीमै धेरै जिपिए ल्याएका छन् । प्रकाश माविका प्रेम श्रेष्ठले ३।९०, प्रविन सुवेदीले ३।८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र दृतीय भएका छन् ।

यस बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सार्वजनिक नतिजा अनुसार निजि विद्यालयतर्फ बेनीको लिटील गार्डेन एकेडेमीका २ जनाले ३।९५ जिपिए ल्याएका छन । बब्लु शाह र उत्सव सापकोटाले ३।९५ जिपिए ल्याएका छन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले सार्वजनिक विवरण अनुसार यस बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा म्याग्दीका ३२ जना विद्यार्थीहरुले ३।६ देखि ३।९५ जीपिए ल्याएका छन् । साधारणतर्फ म्याग्दीमा ८७ जनाले ३।२ देखि ३।६ जिपिए ल्याएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताए ।

इकाईका अनुसार २।८ देखि ३।२ जिपिए ल्याउने २२२ जना र २।४ देखि २।८ जिपिए ल्याउने ५२२ जना, २।० देखि २।४ ल्याउने ६४३ जना रहेका छन् ।
१।६ देखि २।० जिपिए ल्याउने ४५६ जना, १।२ देखि १।६ जिपिए ल्याउने ११७ जना, ०।८ देखि १।२ जिपिए ल्याउने २ जना रहेका छन्
प्राविधिक धारतर्फ १३ जनाले ३।२ देखि ३।६ जिपिए, ४५ जनाले २।८ देखि ३।२ जिपिए, ५५ जनाले २।४ देखि २।८, १४ जनाले २।० देखि २।४ र एक जनाले १।६ देखि २।० जिपिए ल्याएका छन् ।

गत बैशाखा ९ गतेदेखि २० गतेसम्म संचालन भएको एसइई परिक्षामा जिल्लाबाट २ हजार २४५ जना सहभागि भएका थिए । बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले जिल्लामै पहिलो पटक संस्केति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनीहरुले २।२५ देखि ३।० जिपिए ल्याएका छन् ।

उज्यालो बैकल्पिकबाट एसइईमा सहभागी पर्वत बेनीको ६२ बर्षीय रेणुदेवी मल्लले १।८६, ५१ बर्षीय योगमाया गौतमले १।५५ र ४३ बर्षीइ दिलशोभा पुनले २।१० जिपिएर ल्याएका छन् ।