गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित
-
गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित
विकल्प न्यूज\बेनीसाउन ३१ गते । म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन् । समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए । चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये…
पुरा पढ्नुहोस » -
महिला भलिबल कप्तान अरुणाको सम्मानमा स्तम्भ बन्ने
विकल्प न्यूज/बेनीसाउन २९ गते । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सम्मानार्थ गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ । भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुनुभएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३,पिप्लेमा जन्मिनुभएकी शाहीको जिल्ला खेलकुद विकास समितिले उद्यन सहितको स्तम्भ बनाउने भएको हो । महिला भलिबल टिमको कप्तानी सम्हालेपछि अन्तराष्ट्रि«यस्तरमा…
पुरा पढ्नुहोस » -
फेन्सी व्यवसायीद्धारा गलेश्वरमा चौतारी निर्माण
विकल्प न्यूज/बेनीसाउन २७ गते । बेनीमा रहेको कपडा तथा फेन्सी व्यवसायी समितिले बेनी नगरपालिका–९ स्थित गलेश्वर क्षेत्रमा चौतारी निर्माण गरेका छन् । गलेश्वर प्रवेशद्धार नजिक रहेको वसपार्कको छेवैमा समितिले चौतारी निर्माण गरेको हो ।समितिको नवौं स्थापना दिवसका अवसर पारेर नवनिर्मित चौतारीमा समितिमा आवद्ध भएका व्यवसायीहरुले मंगलबार बिहान बर–पिपल र समी रोपण गरेका…
पुरा पढ्नुहोस » -
स्कुटर चालक मिजार घाईते घटनाको प्रहरीद्धारा छानविन समिति गठन
विकल्प न्यूज/बेनीसाउन २७ गते । बेनी नगरपालिका–८,डल्लेपिललमा बसपार्कमा रात्रीकालिन संयुक्त चेकिङ स्कुटर चालक घाईते भएको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा उपसमिति गठन भएको छ । साउन २४ गते राती ८ः४० बजेको समयमा गलेश्वर देखी बेनीबजार तर्फ आउँदै गरेको ग १७ प ८२५७ नम्बरको स्कुटर चालक…
पुरा पढ्नुहोस » -
म्याग्दीमा सञ्चालित सरकारी कार्यालय र स्थानीय पालिकाहरुको वार्षिक समीक्षा
विकल्प न्यूज\बेनीसाउन २७ गते । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रमको उद्घाटन…
पुरा पढ्नुहोस » -
बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो
विकल्प न्यूज/बेनीसाउन २६ गते । म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गाैलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई चरण (सिफ्ट)मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो । अस्पतालका प्रमुख चिकित्सक डा रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन…
पुरा पढ्नुहोस » -
मालढुङ्गामा इस्कोन मन्दिर निर्माण
विकल्प न्यूज/बेनीसाउन २४ गते । बागलुङ्गको मालढुङ्गामा इस्कोन मन्दिर निर्माण गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन नेपाल) गण्डकी शाखाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहि श्रावण २५ देखि ३१ गतेसम्म बागलुङको मालढुङ्गा स्थित खुदुर्केमा इस्कोन मन्दिर समुद्घाटन कार्यक्रमको आयोजना गरेको छ। श्रीकृष्ण जन्माष्टमी मूल समारोहका साथै मन्दिर समुद्घाटन कार्यक्रम…
पुरा पढ्नुहोस » -
म्याग्दीका बाराही मन्दिरहरुमा भक्तजनको भिड
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन २४ गते । आज जनै पूणिमाको दिन म्याग्दीका बाराही मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ । शनिबार बिहानै देखि पूजाआजा र दर्शनका लागि पुगेका तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको भिड लागेको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, स्थित प्रशिद्ध धार्मिक स्थल खयरभारानीमा सबैभन्दा धेरै भक्तजनहरु पुगेका छन् । प्रत्येक वर्ष श्रावण…
पुरा पढ्नुहोस » -
सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी
गलकोट (बागलुङ), साउन २४ गते । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ । ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन् । ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने,…
पुरा पढ्नुहोस » -
पदक विजेता खेलाडीलाई सम्मान
विकल्प न्यूज/बेनीसाउन २२ गते । जिल्ला खेलकुद विकास समिति म्याग्दीले प्रदेश खेलकुद परिषद्द्धारा आयोजनामा गोरखामा गत जेठ २६ र २७ गते सम्पन्न भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण,रजत र कास्य विजेता खेलाडीहरुलाई नगद सहित सम्मानपत्रले सम्मान गरेको छ । बुधबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच विभिन्न विधामा स्वर्ण पदक विजेता…
पुरा पढ्नुहोस » -
पुलहाश्रम–रावणपार्क क्षेत्रमा पत्रकार महासंघको पर्यटन प्रवद्र्धन कार्यक्रम
विकल्प न्यूज/बेनीसाउन २२ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार पौलस्त्य–पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो । पत्रकार महासंघ म्याग्दी शाखाको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै…
पुरा पढ्नुहोस » -
धबलागिरि गाउँपालिकाको पोखरामा घुम्ती शिविर
विकल्प न्यूज\बेनीसाउन २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ ।नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ । पहिलो दिन करिब एक सय ५० जनाले सामाजिक…
पुरा पढ्नुहोस » -
जगन्नाथ भगवानको रथयात्रा (भिडियो सहित)
विकल्प न्यूज\बेनीसाउन २१ गते । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु,…
पुरा पढ्नुहोस » -
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
विकल्प न्यूज\बेनीसाउन २० गते । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए…
पुरा पढ्नुहोस » -
हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ
मुस्ताङ, साउन २० गते । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षोल्लासमय रूपमा मनाएका छन् । ‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको…
पुरा पढ्नुहोस »