फेन्सी व्यवसायीद्धारा गलेश्वरमा चौतारी निर्माण
विकल्प न्यूज/बेनी
साउन २७ गते ।

बेनीमा रहेको कपडा तथा फेन्सी व्यवसायी समितिले बेनी नगरपालिका–९ स्थित गलेश्वर क्षेत्रमा चौतारी निर्माण गरेका छन् । गलेश्वर प्रवेशद्धार नजिक रहेको वसपार्कको छेवैमा समितिले चौतारी निर्माण गरेको हो ।
समितिको नवौं स्थापना दिवसका अवसर पारेर नवनिर्मित चौतारीमा समितिमा आवद्ध भएका व्यवसायीहरुले मंगलबार बिहान बर–पिपल र समी रोपण गरेका छन् ।

गलेश्वर धार्मिक स्थल भएकाले यहाँको दर्शन र पूजाआजका लागि आउने भक्तजनहरुको सुविधाका लागि चौतारी निर्माण गरेको कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष दामोदर शर्माले जानकारी दिनुभयो ।
चौतारी बनाउन एकलाख २५ हजार रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । ८० हजार समितिका तर्फबाट र बाँकी रकम सदस्यहरुबाट सहयोग प्राप्त भएको अध्यक्ष शर्माले बताउनुभयो ।
बेनीमा संचालित कपडा तथा फेन्सी व्यवसायीको हकहितको संरक्षण र सामाजिक कार्यका लागि नौं वर्ष अघि स्थापना भएको संस्थाले व्यवसायिक हित र सामाजिक कार्य गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्