कफी पिउँदैमा लभ पर्छ र ?

सविता सापकोटा /विकल्प न्यूज
माघ ११ गते ।
sabita sapkotaओहो ५ मिसकल आइसकेछ । हिजो बेलुकी फेसबुक चलाउँदा मोबाइल भाइबेरेट गर्छ भनेर साइलेन्टमा राखेको अन नै गर्ने बिर्सिएछु । मिसकल मात्र होइन एउटा म्यासेज समेत आएको रहेछ । साहिना झसङग भई, घरबाट पैसा पठाउने बेला भएकोले लाग्यो ममिको नै कलहोला । घरबेटीलाई पैसा बुझाउने समय भएको थियो ।

कलेजमा पनि भर्ना गर्ने लेट भएकोले लेट फि तिनुपर्ने समय भइसकेको थियो । महिनामा एकपटक घरदेखि पैसाआउँथ्यो । उताबाट पठाउँदा धेरै पठाएजस्तो लागेपनि सबै कुरामा पैसा छुटयाउँदा महिनाको अन्तिममा सधैँ अभाव नै खडकिने गथ्र्यो ।

आज ममिको भाषण सुनिने भयो । छोरी मान्छे भएर सबेरै उठने पुजापाठ गर्ने चोखोपानी राख्ने पो गर्नुपर्छ । घाम झुल्कीने समयसम्म सुतिराख्ने भनेर मोबाइलबाट नै गालीगर्ने छाडनुहुन्थेन । बिहे गर्ने उमेर भइसक्यो के गरेर खाली यो केटीले ? मेरी छोरीले पढेर जागीर खानभन्दा पनि बिहे गरेपछि अरुको घर कसरी खाली भन्ने चिन्ता लाग्छ आमालाई । यस्तै यस्तै गालीले आजको दिनको सुरुवात हुने भयो भन्ने लागेको थियो ।

हनत घर छदा पो आमाले बिहानै ढोका ढकढक गर्ने आउँनुहुन्थ्यो । यो बिरानो सहरमा १० बजेसम्म सुत्दासमेत कसलाई मतलब हुन्छ र ?मनमा विभिन्न भावनाहरु ख्ोलाउँदै मोबाइलको लक खोली साहिनाले ।
लक खोल्ना साथ उ झसङग भई सेभ गरेको नम्बर थियो तर सोचाई भन्दा बिल्कुलै फरक । सुयोग नाममा सेभ गरिएको नम्बर बाट आएको म्यासेज मासि यू सुन । भनेर लेखिएको थियो । छागाबाट खसेजस्तै भयो मन,एकाएक आफैलाई केयरलेस भन्न मन लाग्यो अनि एकपटक प्रश्न गरी आफैलाई, किन त यति धेरै केयरलेस भएको ? कलेजको एसाइन्मेन्ट र परिक्षाको तनाबले भरिएको दिमाखले कसैलाई दिएको समय नै बिर्सिएछ ।

पढाइको अलाबा साइनाको रुची लेखनमा थियो । फूर्सदको समयमा केही लेखहरु लेख्ने गर्दथी र विभिन्न संचारका माध्यममा पठाउने गर्दथी । कोहीले लेख छापिदिन्थे भने केही मिडियाले लेखनशैली ठिकै छ प्रयास जारी राखभनेर मेलको रिप्लदिएर सान्तोवना दिलाउने गर्दथे । त्यही यात्रामा भेटिएको एकजना पात्र थियो उ ।

लेख पठाउने क्रममा चिनजान भएको र समय समयमा उसलाई कल गरेर लेख्न उक्साउने पात्र थियो उ । के लेख्दै छौ, पढाई सँगै लेखलाई पनि अगाडी बढाउँदै जाउ, धेरै पुस्तकहरु पढ् । यस्तै यस्तै सल्लाह सुझाब दिन्थ्यो उसले । सायद जीवनको गोरेटोमा बाबाआमा पछिको बढी हौसलादिने व्यक्ती उ नै हो जस्तो लाग्थ्यो साहिनालाई ।
लामो समयको चिनजान पश्चात सुयोगले साहिनालाई कफी पिउने समय मागेको थियो । अरु दिन व्यस्त हँुने हँुदा शनिबारको समय छुटयाएकी थिई उसले । ९ बजेको कफी पिउने समय एक हप्ता अघि देखि नै तय भइसकेको थियो । तर तेही दिन नै बिर्सिन पुगेछ साहिनाको अल्छि दिमाखले । ९ बजे बल्ल निद्राबाट बिउजिएकी थिई ।

छिटोछिटो मुखधोई र डे«स लगाई । एकपटक आफूलाई ऐनामा हेरी ठिकै लाग्यो । कोही यूवकलाई भेटन जान लाग्या भापो मेकअप गर्नु ,कसैलाई इम्प्रेस पार्ने मानसिकता भएपो गाजल लगाउनु । उठने बितिकै केहीगर्ने जागर नै लागेन । तोकिएको समय भन्दा ढिलो पुग्ने निश्चित नै थियो । रुमबाट निस्किँदा साढे ९ भइसकेको थियो ।
कतै आँखा नडुलाई उ सरासर रुमबाट निस्किई र एक कलफोन गरी । उताबाट सिधै कहाँ आइपुग्यौ ? भनेर प्रश्नआयो । म भर्खर रुमबाट निस्किएकी भनेर साहिनाले जबाफ फर्काइ । म पनि आउँदै छु भनेर भनेपछि बल्ल साहिनाको मन ढुक्क भयो । एउटा प्रोगाम भएकोले लेट भो । मनमनै साहिनालाई लाग्यो ठिकै भएछ ।

हिजो भनेको कफी सपमा आउ ल । हस भनेर उसले फोन राखी । पढाइको अलाबा बाहिरी ज्ञान त्यती नभएकी साहिनाले मनमा विविध प्रश्न खेलाउन थाली । पत्रकारहरुत प्रश्न सोध्न खप्पिस हुन्छन । सुयोगको अगाडी फन्टुस बन्छु कि भन्ने लाग्यो ।
स्कुल पढदा पत्रकार बन्ने सपना नबोकेकि त होइन तर पनि त्यो विषय पढन सकिन । एस एलसीमा सत प्रतिशत अङक ल्याएपछि परिवारले विज्ञान विषय नै लिएर पढ्न बाध्य बनाएका थिए ।

परिवारको इज्जत बचाउनको निम्ति आफनो इच्छा विपरीतको विषय पढन धेरै जना बाध्य हुन्छन् । विज्ञान पढेर मात्र राम्रो नोकरी पाउँन सकिन्छ भन्ने मानसिकता समाजका धेरै मानिसहरुमा रहेको छ तर विज्ञान विषयले निमत्याएको बेरोजगारी र फेल हुनेको संख्याको मध्यनजर अझै भएको छैन ।
दिमाखमा के के सोच्दा सोच्दै कफी सप आइपुगेछ । बाहिर कोही पनि थिएन । उ सरासर भित्रगई । बिहानीको समयभएकोले कफी सप त्यति प्याक थिएन । दुईवटा टेबल प्याक थियो । एउटा टेबलमा रहेको मानिस उसको नै पर्खाइमा थियो ।

टाढैबाट नमस्ते गरी र नजिक पुगिन जेल सम्मदुई हात जोडिरही । उसले पनि नमस्ते ग¥यो । बस न भनेपछि उ बसी । कुराकानीको सुरुवात सुयोगबाट नै भयो । के छ नयाँ नौलो खबर ? सामान्यप्रश्नको उतर उसले सजिलै दिई , ठिक छ । दोहोरो प्रश्न गर्ने चाहिन किनकी उसलाई थाहा थियो प्रश्नगर्दा जबाफ तेही नै आउने गर्छ ।
सुयोगको लागि यो कुनै नौलो भेट थिएन, केबल मुहार मात्र नया थियो । पत्रकारितामा लागेका मानिसहरु सामान्यतया भेटघाट र कफी पिउने बानीलाई दैनिकीकै रुपमालिने गर्छन । तर साहिनाको लागि यो नयाँ अनुभव थियो र नयाँमाहोल पनि ।

के बोल्ने भन्ने कुरा नै मस्तिष्कले छुटयाउन सकेको थिएन । एकछिनको मौनातालाई चिर्दै सुयोगको प्रश्नले पुर्नस्थान पाएको थियो । के लेख्दै छौ आजाभोलि, अस्तिको तिम्रो लेख त धेरै सेयर भोनी प्रश्न सोध्दै गर्दा टेबलमा कफी आइपुग्यो । पढाइको प्रेसरले लेख्ने तर्फ सोचेकै छैन । २ हप्ता अगाडी सुरुवात गरेको एउटा स्टोरी समापन गरेकै छैन ।

सुयोगको मोबाइलमा घण्टी बज्यो । हजुर म अफिस बाहिर छु, अबको आधी घण्टामा आइपुग्छु । कति व्यस्त हुन्छन् है पत्रकार भनेर भन्न मन लागेको थियो साहिनालाई तर उसले मन भित्रै दबाई, कहिले काही आउँदै गरेको हाछिउ दबाए जस्तै गरी । कफीको चुस्किसँगै उसको पढाइको बारेमा केही प्रश्न सोध्यो सुयोगले , सामान्य इन्टरभ्यू भन्दापनि फरक नपर्ला ।

साहिनालाई भने प्रश्न सोध्ने आट नै आएन । उसको अगाडी लज्जितभई मानौ लज्जावतिझार जस्तैगरी । साथिभाईसँग प्यार प्यार बोलेजस्तो सहजमाहोल उसले भेटिन । आट नै गरेर एउटा प्रश्नभने सोधिहजुरको जागिर कस्तो चल्दै छ त ?के हुन्थ्यो हामी पत्रकारको जिन्दगी, देश र जनताका समस्या लेख्दै ठिक्क छ । घरमाआमा बिरामी हुनुहुन्छ अफिसमा छुटटी नपाएर जान पनि भ्याएको छैन् । सामान्य तरिकाले प्रश्नको जबाफदियो ।

यतिकैमा कपको कफी रितियो । बिचरा भन्न मन लाग्यो साहिनालाई तर उसले के नै गर्ने सक्थि र ? पीडाका बाबजुद् पनि दिनहँु खटिनुपर्ने बाध्यताले बेरेको छ जागिर । सामान्य कुराकानीमा नै उनीहरुको छुटिने समय भइसकेको थियो ।

अब हामी लाग्छौ भनेर सुयोग रिसेपसनतिर लम्कियो । दुबैजना निस्किए र आफनो बाटोतिर लागे । छुटने समयमा राम्रोसँग बस आफनो ख्याल गर । पढाइ सँगै लेखनलाइ पनि निरन्तरतादिँदै गर । यतिभनेर उ आफनो बाइक स्टाट ग¥र्यो । साहिना आफनो गन्तव्यतर्फ लम्किई ।

बाटोभर विविध कुराहरु मनमा डुलाउँदै थिई उ । सोचेको भन्दा फरक थियो सुयोग र उसको बोल्ने शैली । रुममा पुगेर आफनो नियमित काममा लागि । शनिबार भएकोले कोठा सफागर्ने, कपडा धुने , नुहाउँने काम थियो । बेलुकीपख फेसबुक खोली सुयोगको म्यासेज आयो । नाइस टु मिट यू भनेर एउटा इमो समेत पठाएको थियो ।

तिमी कति लोयल र लजालु उसको प्रश्नथियो । हाहााहा भनेर टारी साहिनाले । अब हामी फेरी कहिले कफी पिउने ? सुयोगको प्रश्नथियो ।

आजभर्खर पिएको , कतिहतार, उसले भनि । फेसबुकमा सितैमा पठाउन पाउने इमोको प्रयोग गरी र उसले पनि एउटा इमो पठाई । सुयोगले कल्पनाभन्दा धेरै बाहिरको प्रश्न ग¥र्यो कहिलेकाही परीक्षामा आउट कोइसन आएजस्तै गरी ।

के कफी पिउँदैमा लभ पर्छ र ? कल्पना भन्दाबाहिरको प्रश्नले उतर दिन कठिन बनाउँछ र त्यसलाई छोडेर अरु प्रश्नको उतर लेख्न ध्यान आकर्षित हुन्छ । त्यस्तै भयो साहिनालाई फेरी इमोको सहायताले प्रश्नको हल गरी र बढी बोल्न उचित नथानी फेसबुक बन्द गरी ।
प्रतिक्रियाका लागि   sapkota.sabita086@gmail.com