ताजा समाचार:
Search

विवाहित पुरुषलाई गलफ्रेन्डको खाँचो

सविता सापकोटा/विकल्प न्यूज
माघ ६ गते ।
sabita sapkota ब्वाइफ्रेन्ड बनाउने रहर शिर्षकमा लेख छापिएको दिन एकजना अपरिचित पुरुषले फेसबुकमा म्यासेस गरे । उनीसँग साथी भएको १ महिना जति भएको थियो । त्यो बिचमा बोलचाल भने भएको थिएन् । १० जना म्यूचल फ्रेन्ड भएकोले रिकोइष्ट एसेप्ट गरेकी थिए । सायद त्यो लेख पढेर नै म्यासेस गरेको हुनुपर्छ । फेसबुकमा साथी भएपनि चिनजान नभएकाले म उनलाई अन्जान शब्दले सम्बोधन गर्छु ।
उनको पहिलो म्यासेस थियो मलाई चाहि गलफ्रेन्ड बनाउन मन छ ।

हाहा गरेर टारे अनि उनको प्रोफाइल खोलरे हेरे, पहिलो दिन नयाँ कक्षामा पुग्दा सबै पुस्तक पल्टाएर हेरेजस्तै । उमेरमा ३५ नाघेको हुनुपर्छ । फोटोहरु हेर्दा त्यस्तै लाग्यो । कम्तिमा पनि २ सन्तानका बाबु हुनुपर्छ । धन्न धन्नै मेरो आफ्नै बाबाको उमेरका । प्रोफाइल हेरीरहँदा म्यासेन्जरमा म्याजेसको ओइरो लागि सकेको थियो ।

हन्नामा भुट्टा भुटदैँ छोडेको मकै फुल उठेजस्तै गरी । म्यारीड होनी म त, तर एउटा गलफ्रेन्ड चाहिएको छ । उनी म्यारिड भन्ने कुरा प्रोफाइलमा रहेको फोटो अनि ब्यूटिफुल कपल भन्दै गरेको कमेन्टबाट नै छर्लङग हुन्थ्यो । इमान्दारिताको खोक्रो मादल बजाएको आवाज गुन्जीदैँ थियो ।
यति राम्री श्रीमती छोडेर गलफ्रेन्ड किन नि ? सिधा प्रश्न गरकी थे । श्रमीती छ तर त्यति कुरा मिल्दैन । रमाइलो नै हँुदैँन ।

हाहा भनेर उडाउन खोज्दा गम्भिर भएजस्तै गरी हो के साच्चि मनको कुराको खोलेको भन्दै थिए ति अन्जानले । केही महिना अघि एक विवाहित पुरुषसँग कुराकानी गर्दै जाँदा उनलाई पनि बिहे गरेकी श्रीमती भन्दा , गलफ्रेन्डको खाँचो थियो । उनको विचारमा आफ्नो मनको बह पोख्ने एक साधनको खाँचो थियो । आफ्नी श्रीमती पुरानो सोच अनि मुल्य मान्यताकी भएकोले आधुनिक युगकी छोटो कपडा लगाउने केटीको खाँचो थियो ।

यति मात्र कहाँ हो र , पढेलेखेकेकी हरेक कुरा बुभ्ने चाहिएको थियो । केटी खोज्ने लमिजस्तै गरी एक विवाहित पुरुषले सजिलै गलफ्रेन्ड खोजदेउन भनेर भनेका थिए । बिहे गर्ने गलफ्रेन्ड होइन केही समय मोजमस्ती गरेर आफ्नै बाटो लाग्ने गलफ्रेन्ड ।
म भन्दा उमेर अनि सोचमा परिपक्क मानिससँग केही आर्दशका कुरा जोडन थाले । अब एउटी रोजीसकेपछि उसैसँग खुसी खोज्ने प्रयास गर्नुस । ट्राई टू स्याटिफाई हुइत हर । हो क्यारा तर आइ यम नट स्याटिफाई हुइत हर भन्दै थिए ।

जोड्दै थिए आफ्ना सोचहरु अनि पल्टाउँदै थिए जीवनको भावी किताबका पानाहरु । म त एउटा गलफ्रेन्ड खोज्छु नै उनको ढिपी थियो । हरेक दुःख, सुख र खुसी साट्न सक्ने । यतिका वर्ष सन्तान जन्मिएर हुर्किदा दुःख, सुख र खुसी साट्ने श्रीमतीको रहर पुगेर उनलाई कुनै जवान केटीको खाँचो परेको छ । जवानीसँग खेल्ने मोह रहेको छ ।

एउटी केटीसँग खुसी प्राप्त गर्ने नसक्नेले अर्कोसँग सुखी हुनसक्छु भन्ने भ्रम पो हो की ? परीक्षा दिँदै थिए ति अन्जान लेखको पात्र बनाईसकेको थियो यो मनले । म सुख दिन्छु तर बिहे चाही गर्दिन मलाई पनि खुसी बनाउनुपर्छ उसले अर्थात खोजीरहेकी गलफे्रन्डले । एउटासँग माया गर्ने आफ्नो जवानी रित्ताउने अनि अर्को सँग बिहे गर्ने केटी कस्ता होलान ? प्रश्नले घोच्दै थिए । अन्जानको उत्तर गजबकै थियो । जसलाई रमाइलो गर्ने मन लाग्छ त्यसले गर्ने हो , सबैले देख्ने वा थाहा पाउने गरी लब गर्ने होइन नी । किन अरुको अगाडी साधु सन्त कहलीन मन छ ? सिधा प्रश्न थियो मेरो अनि उत्तर आउने क्रम जारी थियो । त्यस्तो भन्न खोज्या होइन । आजकल केटा होस या केटी बिहे भएकाहरु सबैको गलफे्रन्ड या ब्वाइफ्रेन्ड हुन्छ ।

लौ म कुन दुनियामा बाँचीरहेकी छु । आफैँले आफैलाई प्रश्नको बिड ठोके, कोदालीको बिड ठोकेजस्तै गरी । यो समाज परिवर्तन भएको होकी लोग्ने मानिसको सोँच या ति अन्जानको मात्र सोँच हो । होइन, केही महिना पहिले पनि एका दुई विवहित पुरुषको गलफ्रेन्ड बनाउने सोँच सुनेकै हुँ । त्यसो भा हजुरकी श्रीमतीको पनि ब्वाइफ्रेड छ होला ? मैले सोधे ।

उत्तर खोज्न टाढै पुगेछन् क्यारा एकछिनमा रिप्लाई आयो । उनी ब्यस्त हुन्छिन् । जागीर छ । घरमा २ वटा नानीहरु छन् । घरको काम र अफीसको कामले फूर्सद हुँदैन् । कति विश्वास आफ्नी श्रीमती प्रति त्यही बिश्वास उनकी श्रीमतीले पनि गरेकी छिन् होला ।
जमाना परिवर्तन भाको हो भनेर सोध्दा निर्धक्कका साथ होनी भन्दै सेक्रेट हुन्छ के, अनि बिहे नभाका यूवतीलाई झन सजिलो हुन्छ । कस्तो सोच , बिहे नभाका यूवतीहरुको आफ्नो पढाई हँुदँैन, करिअर हुँदँैन । उनीहरुको त्यही एउटा डूउटी हुँदँैन ।

श्रीमानको लागि खाना बनाउने, कपडा धुने , भाडा माझ्ने, छोरा छोरीको हेरचाह गर्ने आदि इत्यादी । उनी थप्दै थिए । नुन नलागेको तरकारीमा थपेजस्तै गरी । पहिले जोसँग लभ प¥र्यौ त्यहिसँग बिहे हुन्थ्यो नि तर आजकल लभ गरेकैसँग सबैको बिहे हँुदैन ।
के लभ खेलौना हो ? मन परुन्जेल राख्ने अनि मन नपरेपछि फाल्ने । त्यसो भा लभ गर्दै छोडदै हिड्ने । मायाको के अर्थ भो र ? प्रश्नको बाणी मनभर थिए । केहिले बाण हाने अनि केही मनभित्र नै दबाए । आजकल त केटा केटीहरु मस्तसँग लभ गर्छन पछि कुरो मिलेन भने अर्कोसँग बिहे गर्छन । म भर्खर अर्को ग्रहबाट झरेकी बालीकाजस्तै गरी अन्जान मलाई प्रेमको फूलबारीमा घुमाउँदै थिए । म पनि केही थाहा नपाएजस्तो गरी चुपचाप घुम्दै थिए ।
अनि हजुरकी श्रीमती ? प्रश्न यथावत नै थिए । श्रीमतीलाई कसले भन्छ र । लुकेर पे्रम गर्ने नी । अब उ बिजीहुन्छे , मलाई समय दिन भ्याउदिन । मलाई घुम्न या फिल्म हेर्ने जान मन लाग्यो भने समय नै दिन सक्दिन । भटभटाउदै थिएँ ति अन्जान । बोर लाग्दा गलफे्रन्डसँग फिल्म हेर्न गयो, बाइक राइडिङ गयो, आइसक्रिम खायो । आहा कति मजा हुन्छ नि उनलाई जेजे भनेपनि भयो काली, साले, कुत्ता, भाते, आदि ।
त्यस्तो मान्छेले बिजी नहुने , घरमै बसेर श्रीमनको हेरचाह गर्ने केटी बिहे गर्नुपर्छ नि ? सोध्दै जादाँ आउदै थियो जबाफ । पहिले थाहा भएन अहिले आएर रहर लाग्यो के, अब बुढीलाई केही भन्यो कि गाली गर्छेे । २ सन्तानका बाबु बनीसकेपछि पछुतो लागेको छ उनलाई । श्रीमतीको जवानी सकिएर गाला च्याउरी पर्न लाग्दा गलफ्रेन्डको खाँचो परेको छ ति अन्जानलाई ।

लाईट गयो , वाईफाई पनि गयो । अनि मेरो म्यासेन्जर चल्न छोडयो । केही समय अघि पनि अफिसमा एक बिवाहित पुरुषले गिद्देनजर लगाउदँै थिए अनि भन्दै थिए तिमी किन सँधै पुरै बाउला भएको कपडा लगाउछ्यौ, सिल्म भएकोले केटाहरुले त टन्नै जिस्काउछन् होला , आदि । म काम गर्ने आएकी हुँ फेसन सो गर्ने होइन भनेर जबाफ फर्काएपछि मुखमा बुझो लागेको थियो । उमेरमा ५० काटेको त्यो बुढो मस्तिकलाई मेरो लवाई सँग के मतलब ।

मेरो ठाउँमा यूवक भएको भए के उनले त्यही प्रश्न गर्थे होलान ? उमेरमा बाउ भन्न सुहाउनेहरुले बाटोमा हिड्दा जिस्काउन खोज्ने एउटा कारण सायद गलफ्रेन्ड बनाउने सोच नै होला । कतै केटीले आँखा झिम्काई पो हाल्छे कि, बुढेसकालको तलतल मेटाई पो हाल्छे कि भन्ने निच मानसिकता होला ।
सबैे नारी एकै हुदैनन र पुरुष पनि । हुन त नारीहरु आफै नै प्यासी पुरुषहरुको तृष्ण मेटाउदै हिडछन् । यसरी एउटा विविहीत पुरुषले केही क्षणको रमझमका लागि गलफ्रेन्ड बनाउनु उचित होला कि नहोला ? हुर्किदै गरेका बालबच्चा अनि परीवारको खुशिको लागि संघर्षरत नारीको जीवनमा कस्तो प्रभाव पार्ला ? नारी र पुरुष मिलेर नै एउटा परिवार सम्पन्न र सुखी हुन्छ भन्ने कथन सुन्दै हुर्किकी म अनि बदलिदो समाज ।

अविवाहित म अनि विवमहित पुरुषहरुको सोच मैले बिश्लेषण गर्ने त सक्दिन तर मेरो मनमा लागेको प्रश्न किन बिहे गरीन्छ ? समाजको रितिरिवाज धान्नया आफ्नो शारिरिक आवश्यकता पुरा गर्न ? विवाहपछि घर धन्दामा व्यस्त नारीको जीवन अनि मोजमस्ती खोज्दै हिड्ने उपज या प्रवृत्ती पो हो की गलफ्रेन्ड ?
यसरी आफ्नै श्रीमती प्रति असन्तुष्ट भएर गलफ्रेन्डको खोजी गर्नु र केटीहरु पनि प्यासी पुरुषको साहारा बन्नुले के समाजमा सकरात्मक असर पार्ला ? श्रीमती र श्रीमान बिच सन्तुष्टि हुन नसक्दा उनीहरुको सम्बन्ध कस्तो होला ? बिहे पूर्व नै आफ्नो ईच्छा, आकांक्षा र रहरहरु साटन सक्ने दुःख अनि सुखमा हास्न सक्ने श्रीमती खोज्नु उचित होला की ? प्रतिक्रियाका लागि  sapkota.sabita086@gmail.com