ताजा समाचार:
Search

सीता बचाउ अभियानमा ३५ लाख रुपियाँ सहयोग जुट्यो

विकल्प न्यूज/बेनी
म्याग्दी, ४ माघ ।
म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि रु ३५ लाख सहयोग संकलन भएको छ । उपचारमा लाखौँ रुपैयाँ आबश्यक पर्ने भएपछि सुरु गरिउको सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुबासी र म्याग्देलिहरुको पहलमा उक्त सहयोग जुटेको हो । sita3गत पुस ६ गतेदेखि सुरु गरिएको सिता बचाउ अभियान अन्र्तगत संकलित रकम मार्फत पिडित क्षेत्रीको उपचार भईरहेको छ । करिब एक महिनादेखि टिचिङ अस्पतालमा उपचार गराइएकी क्षेत्रीलाई बोनम्यारो पत्यारोपणको लागि थप उपचार गर्न अहिले भारतको नयाँ दिल्लीमा रहेको इन्द्रगान्धि अस्पतालमा भर्ना गरिएको छ ।

बोन म्यारो र रक्तक्यान्सको उपचारमा न्युनतम ७० लाख बढी खर्च लाग्ने भएपछि उनको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका राखुबासी र म्याग्देलिहरुले सहयोग जुटाईरहेको अभियानका संयोजक नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीको सहयोगार्थ गठित सिता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनी स्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्धय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने र नगद सहयोग गर्नेहरुले बेनीको गणेशटोल स्थित समृद्ध साप्ताहिक र म्याग्दी अनलाइनको कार्यालयमा राखिएको सम्पर्क कार्यालयमा पुगेर सहयोग रकम प्रदान गर्न सक्ने व्यबस्था मिलाईएको जनाएको छ ।