ताजा समाचार:
Search

कुईनेमंगलेमा आगोलागी हुँदा पन्ध्र लाख बराबरको क्षति

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ माघ ।
म्याग्दीको कुईनेमंगले ९ खरिबोटमा सोमबार राती आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
स्थानीय रबहादुर बिकको दुई तले घरमा आगोलागी हुँदा त्यहाँ रहेको अन्न, नगद, भाडाँकुडा, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको हो । आगोलागीबाट करिब पन्ध्र लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको स्थानीय रितुङ माध्यमिक विद्यालयका शिक्षक यामप्रसाद विश्वकर्माले जानकारी दिनुभयो ।

घरमा रहेको नगद दुई लाख, करिब चार तोला सुनका गहना, कम्प्युटर लगायतका सामान जलेर नष्ट भएको पिडितले बताएका छन् । घरधनीहरु गोठमा गएको र कोही नभएको अवस्थामा रातको समयमा आगोलागी भएको हो ।