ताजा समाचार:
Search

बेनी–जोमसोम–कोरला सडक ः मापदण्ड जानकारी नहु“दा सर्वसाधारण ठगिदै

घनश्याम खड्का/विकल्प न्यूज
भारतको सुनौली र चीनको कोरला जोड्ने अन्र्तरदेशिय महत्वको बेनी–जोमसोम–कोरला ट्रयाकको स्तरवृद्धि गरी ७ मिटर चौडा दुई लेन कालोपत्रे स्तरको सडक बनाउन काम शुरु भएको छ ।

तर बेनी–जोमसोम सडक खण्डका विभिन्न बस्तीका स्थानियलाई भने अझै सडक मापदण्डबारे जानकारी नहु“दा अन्यौल छ । सडक विभाग समेत सरोकारवाला निकायले सडक मापदण्ड बारे जानकारी नगराउ“दा स्थानिय अनभिज्ञ छन । सडक मापदण्डमा पर्ने जग्गाको धमाधमको किनबेच भैरहेको छ । मापदण्डबारे जानकारी नहु“दा ब्यक्तिगत मात्र होईन सरकारी भवन समेत मापदण्ड मिचेरै निर्माण भैरहेका छन ।‘बेनी–जोमसोम–कोरला सडकको कालोपत्रे स्तरको बनाउन काम शुरु भएको सुनेका छौं तर सडक मापदण्डबारे जानकारी पाएका छैनौं ।

नियमनकारी निकाय नहु“दा विद्यमान ट्रयाकस“गै जोडिएर घर बनाउने र घडेरी किनबेच भैरहेको छ’ घार गाविसका पूर्व अध्यक्ष समेत रहेका खड्ग गिरीले भने, ‘सडक विभाग, स्थानिय निकाय समेत सचेत रहनु पर्ने बेला भएको छ ।’beni muatang sadakअन्नपूर्ण र धौलागिरी हिमालय क्ष्ँेत्रका सयौं अग्ला भीरपहाडको चेपुवामा परेको कालीगण्डकी नदी पछ्याउ“दै निर्मित बेनी–सोमसोम सडकमा मापदण्ड कार्यान्वयन भए बेनीदेखी माथीका गलेश्वर, तिप्ल्या¨, तातोपानी, दाना र मुस्ता¨को घा“सा, लेते, कोवा¨, एयरपोर्ट रहेको मार्फा जोमसोममा पनि सडक मापदण्डले वस्तीको अस्तित्व नै संकटमा पर्ने छ ।

अन्नपूर्ण र धौलागिरी हिमालको विचमा पर्ने मुस्ता¨को लेतेबाट तल संसारकै गहिरो र सा“घुरो खो“च ‘अन्धगल्छी’ भित्र छिर्ने कालीगण्डकी नदी म्याग्दी सदरमुकाम बेनी आईपुग्दासम्म नपुग्दासम्म फराकिलो हुन पाउ“दैन । कालीगण्डकीको सा“घुरोपन यति छ की आकासको छिद्रो बाहेक देखिन्न । यही कालीगण्डकीले फालेको बगरमा बसेका बस्तीमा सडक मापदण्ड कार्यान्वयन समस्या पनि छ । सडकको मुस्ता¨पट्टी भन्दा म्याग्दीपट्टीको क्षेत्र बढी सा“घुरा छन छ ।

‘बेनी–जोमसोम–कोरला जस्ता फिडर रोडको राजपत्रमा प्रकाशित हु“दासाथ स्वतः सडक केन्द्र देखी दाया“बाया“ १५–१५ मिटर कायम हुन्छ । पहिलो चरणमा पोखरा–बाग्लु¨ सडकको स्तरमा काम गछौं’ बेनी–जोमसोम–कोरला सडक आयोजना जोमसोमका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘भर्खरै मात्र आयोजनाको छुट्टै कार्यालय स्थापना भएको छ, अव छिटो सर्वसाधारणलाई सडक मापदण्डबारे जानकारी गराउछौं ।’ कालीगण्डकी करिडोर अन्र्तगत आयोजनाको कार्यालय जोमसोमका अनुसार अहिले बेनी–जोमसोम–कोरला सडकलाई दुई खण्डमा विभाजन गरी काम भैरहेको छ ।

जोमसोम–कोरला खण्डमा जोमसोम–कोरलासम्मको एक सय पा“च किमी सडकको स्तरबृद्धी गर्न विभिन्न ६ वटा च्यानेज बनाई तीन अर्व ५० करोड रुपैया“मा ठेक्का दिएको छ । त्यसैगरी बेनी–जोमसोम सडक खण्डको दुई लेन कालोपत्रे स्तरमा बृद्धी गर्न अर्थ मन्त्रालयबाट बहुबर्षे योजना स्वीकृत भएकोले लागत अनुमान तयारीमा छ ।
‘आयोजनाको उपल्लो च्यानेजमा ठेक्का भै सकेपनि मुस्ताङ्गमा चिसो बढेकोले हिउ“द सकिएपछि फागुनबाट मात्र निर्माण शुरु हुन्छ । तल्लो च्यानेजमा भने फागुनसम्म ठेक्का प्रकृया पुरा गर्छौं’ आयोजा प्रमुख सुवेदीले भने, ‘बेनी–जोमसोम र जोमसोम–कोरला दुवै खण्ड तीन बर्ष भित्र सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।’
सवै जिल्ला सदरमुकाम मोटरबाटोले जोड्ने निती अनुसार नेपाली सेनाले बेनी–जोमसोम सडक निर्माण सुरु गरी ०६४ फागुन २३ गते सेना दिवसको अवसरमा पाईलट ट्रयाक सुचारु गरेको हो । माओवादी अवरोधले ०६३ पछि मात्र गति लिएको यस ट्रयाक खोल्न ५७ करोड ८ लाखबढी खर्च भएको निर्माण जिम्मा लिएको नेपाली सेनाले दावि गरेको थियो ।
त्यसैगरी जोमसोम–कोरला एक सय पा“च किमी सडक मध्य स्थानियले ‘आप्mनो गाउ“ आफै बनाऔं’ कार्यक्रम अन्र्तगत कोरलादेखी तल छोसेर, छोन्हुप, लोमन्था¨, चरा¨ र घमीसम्म ०५४–०६१ सम्मको अनुदान रकमबाट ३५ किमी सडक निर्माण गरेका थिए । बा“की ७० किमी सडक जिल्ला विकास समिति मुस्ताङ्ग र ग्रामिण सडक निर्माण तथा पुनःस्थापना आयोजना (आरआरएसडिपी)ले खनेका हुन ।