ताजा समाचार:
Search

पत्रकार महासंघको संस्थागत विकासका लागि सहमतिय नेतृत्वमा जोड

विकल्प न्यूज/बेनी
माघ ३ गते ।
प्रेस सेन्टर म्याग्दीले आसन्न पत्रकार महासंघ म्याग्दीको शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पहल गर्ने भएको छ । प्रेस सेन्टर म्याग्दीको सोमबार बेनीमा बसेको बैठकले आगामी फागुन ३ गते हुने शाखाको अधिवेसन मार्फत क्रियाशिल पत्रकारहरुलाई समेटेर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि आबश्यक पहल गर्ने निर्णय गरेको हो । सेन्टरले शाखाको संस्थागत विकासका लागि क्रियाशिल पत्रकारहरुले नै नेतृत्व गर्नुपर्नेमा जोड दिएको छ ।

????????????????????????????????????

????????????????????????????????????

शाखाको संस्थागत विकास, जिल्लाको पत्रकारिताको विकास र पत्रकारहरुको हक हितका लागि क्रियाशिल सबै पत्रकारहरुलाई पत्रकार महासंघको कार्य समितिमा आबद्ध गराउनुपर्ने ठहर गर्दै सेन्टरले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आबश्यकता औँल्याएको अध्यक्ष कमल खत्रीले बताउनुभयो ।
सेन्टरको बैठकले संगठनका निवर्तमान अध्यक्ष सन्तोष गौतम र अध्यक्ष खत्रीलाई जिल्लामा क्रियाशिल पत्रकारहरु र पेशागत पत्रकार संगठनहरुसंग सर्वसम्मत रुपमा आगामी नेतृत्व चयनको लागि आबश्यक वार्ता र सम्बाद गर्ने जिम्मा दिएको छ ।