ताजा समाचार:
Search

पुख्र्यौली नृत्य प्रतियोगितामा पुन समाज रामबजार प्रथम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ माघ ।
नेपाल मगर संघ म्याग्दीले आयोजनामा आईतबार बेनीमा सम्पन्न दोस्रो जिल्ला स्तरीय पुख्यौली नृत्य प्रतियोगितामा पुन समाज रामबजार पोखरा प्रथम भएको छ ।pun samajदुई दिनसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालित २१ समूह सहभागि प्रतियोगितामा करबाकेली पुख्यौली समूह काफलडाँडा दितृय, चिमखोला पुख्यौली समूह तितृय, पाउद्धार र मुना पुख्यौली समूह सान्तवना भएका छन् ।DSC_0625प्रथम, दितृय, तितृय र सान्तवना हुने समूहले क्रमश नगद २५ हजार, बिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाका दरले पुरस्कार प्राप्त भएका छन् । प्रतियोगितामा सहभागी सबै समूहलाई पाँच हजार रुपैयाका दरले भत्ता उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली, सल्लाहकार मुक्ति रोका, डमबहादुर पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।DSC_0563मगर समुदायको सांस्कृती पहिचान मानिने पुख्यौली नृत्यलाई पुस्ताहस्तान्तरण गर्न युवा पुस्तालाई जागरुक बनाउने उद्देश्यले माघे संक्रान्ति पर्वको अवसरमा शनिबारदेखि प्रतियोगिता सुरु भएको थियो ।DSC_0633प्रतियोगितामा सहभागि रुम पुख्यौली समूहका ९ वर्षिय सरोज बुढाथोकी, ७७ वर्षिय बिम पूख्यौली समूहकी जैकला जुक्जाली र झिँका पतीराम थजालीलाई सम्मान गरिएको थियो । DSC_0633