ताजा समाचार:
Search

म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ माघ ।
उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका पचास जना भन्दा बढी कृषकहरु नगद सहित पुरस्कृत भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र सुआहारा परियोजनाको बेनीमा आयोजना गरेको जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीको समापनका अवसरमा आईतबार ५८ जना कृषकहरुलाई पुरस्कृत गरिएको हो ।

विभिन्न सात वटा बिधामा प्रथम, दितृय र तितृय हुने २१ जना जना कृषकहरुलाई क्रमश एक हजार, सात सय र पाँच सय रुपैयाका दरले पुरस्कृत गरिएको प्राबिधिक सहायक भुपेन्द्र योगीले जानकारी दिनुभयो ।DSC_0394यसैगरी सान्तवना हुने सात जना र अन्य तिस जना कृषकहरुलाई तिन सय रुपैयाका दरले पुरस्कार प्रदान गरिएको छ । कृषकलाई प्रोत्साहन र हौसला प्रदान गर्न पुरस्कार प्रदान गरिएको प्राबिधिक सहायक योगीले बताउनुभयो ।IMG_0999कृषी उपजको बजारीकरण, प्रर्वद्धनसंगै कृषकमा ब्यवसायीक र प्रतिस्पर्धी बनाउने तिन दिनसम्म सञ्चालन भएको मेलामा बेनी नगरपालीका र १५ गाविसका १७५ जना कृषकले ५५ प्रकारका कृषि उपज प्रर्दशन गरेका थिए ।

खाद्यान्न, दलहन, तरकारी, आलु, फलफुल, उन्नत माछाहाँस र बिबिध गरि सात बिधाका कृषि उपज प्रर्दशनी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले पुरस्कार वितरण गर्नुभएको थियो ।

स्थानीय विकास अधिकारी गिरीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रजिअ आचार्यले नेपाललाई आत्मनिर्भर बनाउन र आर्थिक विकासका लागि कृषकहरु व्यवसायीक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।Kirsi Melaबागबानि विकास अधिकृत भोजबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ र राजनितिक दलहरुको तर्फबाट राप्रपाका अध्यक्ष एकेन्द्रबहादुर रावलले श्रम र पौरखको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।
कृषक मुक्ति खड्का र नन्दकली पौडेलले व्यवसायीक हुदै गरेको कृषि क्षेत्रलाई प्रर्वद्धनका लागि सिचाई, बजार र प्रबिधिको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।