ताजा समाचार:
Search

भुकम्पबाट हुने क्षति न्युनीकरणका लागि सावधानी अपनाउन आग्रह

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ माघ ।
बेनीमा पनि आईतबार बिबिध कार्यक्रमको आयोजना गरेर १९ औ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
१९९० माघ २ गते भुकम्प गएको दिनको सम्झनामा बेनीमा सन्देशमुलक ¥याली र कोणसभाको आयोजना गरेर दिवस मनाइएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।bhukampa photoजिल्ला प्रशासन कार्यालय अगाडीबाट विभिन्न सन्देशमुलक प्लेकार्ड सहित सुरु भएको कार्यालय प्रमुख, सुरक्षाकर्मी, कर्मचारी, रेडक्रसकर्मी, राजनितिक दलका नेता र विद्यार्थीहरु सहभागि ¥याली बजार परिक्रमा गरि सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले भुकम्पबाट हुने क्षत्ती न्युनीकरणका लागि सुरक्षित आवास, भौतिक संरचना निर्माण र सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

सावधानी र सर्तकता अपनाएर विपद्बाट हुने क्षत्ती न्युनीकरण गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रमको बेनी नगरपालीका कार्यालयका कार्यकारी अधिकृत छवीलाल सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
यस वर्ष भुकम्पीय सुरक्षाको बलियो आधार, भैचालो थेग्ने घर र भौतिक पूर्वाधार भन्ने नाराका साथ दिवस मनाइएको हो । १९९० पछि डेढ वर्षअघि २०७२ बैशाख १२ र २९ गते गएको गोर्खा भुकम्पले ठूलो धनजनको क्षत्ती पु¥याएको थियो । डेढ वर्षअघिको भुकम्पबाट प्रभावितहरुको म्याग्दी लगायतका जिल्लाहरुमा लगत संकलन कार्य चलिरहेको छ ।