ताजा समाचार:
Search

खुल्ला नृत्य प्रतियोगितामा बोगटी बिजयी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ माघ ।
महिला उद्यम विकास समितिले माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगितामा सोनु बोगटी बिजयी भएका छन् ।IMG_0834आठ जनाले सहभागिता जनाएको प्रतियोगितामा सुकदेवी गर्बुजा दितृय, प्रिया रोका तितृय र सियान्त बानिया सान्तवना भएका आयोजकले जनाएका छन् । प्रथम, दितृय, तितृय र सान्तवनालाई क्रमश नगद बिस हजार, दश हजार पाँच हजार र एक हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।

शनिबार आयोजित मेला समापन समारोहमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापति अमृतादेवी भण्डारी लगायतका अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो । बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलालाई निरन्तरता दिने उद्देश्यले समितिले शुक्रबारदेखि मेलाको आयोजना गरेको थियो ।

मेलामा कलाकारहरु लाली बुढाथोकी, कृष्णा गुरुङ, नहकुल ढकाल, अमित विश्वकर्मा, पदम विश्वकर्मा, निशा केसी, शक्ति छिनाल, बिमला श्रेष्ठ लगायतले गित प्रस्तुत गर्नुभएको थियो । मेलाको अवसरमा महिला उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरुको प्रर्दशनी समेत गरिएको थियो ।