ताजा समाचार:
Search

बेनीमा पुख्र्यौली नृत्य प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ माघ ।
मगर समुदायको सांस्कृतीक पहिचान पुख्यौली नृत्यको संरक्षण गर्ने उद्देश्यले बेनीमा प्रतियोगिता आयोजना गरीएको छ ।DSC_0336लोपोन्मुख अवस्थामा पुगेको पुख्यौली नृत्यलाई पुस्ता हस्तान्तरण र संरक्षण गर्ने उद्देश्यले नेपाल मगर संघ म्याग्दीले माघे संक्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।

२१ समूहले सहभागिता जनाएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ् । दोस्रो पटक आयोजना गरिएको जिल्ला स्तरीय पुख्यौली नृत्य प्रतियोगितामा सहभागिता जनाउन म्याग्दीका सबैजसो मगर बस्तीका कलाकार बेनी आएका छन् ।DSC_0298मगर समुदायको जन्म, मृत्य, बिवाह, छेवार जस्ता संस्कारगत कार्य र बिशेष अवसरमा सोरठी भाकामा गित गाउने र पुख्यौली नृत्य देखाउने चलन छ । पुख्यौली नृत्य सम्बन्धि ज्ञान, सिपको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ ।

प्रतियोगिताको म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्नुभयो । प्रजिअ आचार्यले परम्परागत भाषा, कला र संस्कृतीको जगेर्ना गर्न सम्बद्ध सबै समुदाय अग्रसर हुनुपर्ने बताउनुभयो ।DSC_0301कार्यक्रममा आदीवासी जनजाती महासंघका जिल्ला अध्यक्ष मुक्ति रोका, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, राजनितिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रायोजक राजकुमार थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता, सचिव लोकेश पुनमगरको सञ्चालन र सहसचिव पूर्ण पुनको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम, दितृय, तितृय र सान्तवना हुने समूहलाई क्रमश २५ हजार, बिस हजार, पन्ध्र हजार र दश हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । DSC_0269सहभागी सबै समूहलाई पाँच हजार रुपैया भत्ताको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । प्रतियोगिता सुरु हुनुपुर्व नेपाल मगर संघको सभाहलबाट झाँकी सहित निस्कीएको मगर समुदायको ¥यालीले बजार परिक्रमा गरेको थियो ।DSC_0310यसैगरी म्याग्दीका मगर समुदायले माघे संक्रान्ति पर्व हर्षोउल्लासका साथ मनाएका छन् । मगर समुदायले माघे र साउने संक्रान्ति पर्वलाई बिशेष महत्वका साथ मनाउने गर्छन् । माघे संक्रान्तिलाई बर्खा सुरु भएको र साउने सक्रान्तिलाई हिउद सुरु भएको संकेतको रुपमा लिने गर्छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा आफन्तहरुलाई घरमा बोलाएर मिठा, मिठा परिकार खुवाउने, भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने चलन रहेको मगर समुदायका अगुवा मुक्ति रोकाले बताउनुभयो । तस्विरहरु ठाकुरप्रसाद आचार्य