ताजा समाचार:
Search

बेनीमा पनि योग दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ माघ ।
बेनीमा पनि शनिबार दोस्रो राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रले योग दिवसको अवसरमा अन्तरक्रिया तथा योग अभ्यास कार्यक्रम आयोजना गरेका हुन् ।IMG_0845नविन योग आनन्द केन्द्रमा योगको महत्व र उपयोगीताको बारेमा अन्तरक्रिया गरिएको थियो । यसैगरी योग गुरुहरुले योग अभ्यास गराउनुभएको थियो । अन्तरक्रियामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश शर्मा भुषालले योगको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले योगको सुरुवात् प्राचीनकालमा नेपालबाटै भएकाले यसको विश्वव्यापी प्रचारप्रसारमा जोड दिएका थिए । योगको माध्यमबाट स्वस्थ्य रहन सकिने सहभागिको भनाई थियो ।