ताजा समाचार:
Search

वेष्ट पोइन्टको आकाशमा ड्रोन उडेपछि…

विकल्प न्यूज/बेनी
माघ १ गते ।
न्यु वेष्ट पोइन्ट आवासीय माविमा अंचल स्तरीय बृहत हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनी सम्पन्न भएको छ । पौष २९ गते शुक्रबार कार्यक्रम सम्पन भएको हो । प्रदर्शनीमा बाग्लुंग र पर्बत जिल्लाका प्रतिष्ठित बिद्यालयहरुले अबलोकन गरेका छन् । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ बिद्यालय निरीक्षक दलबहादुर थापा लगायतले प्रदर्शनीको अबलोकन गरेका छन् ।e11प्रदर्शनी अबलोकन पश्चात जिसिअ श्रेष्ठले पुर्ब प्रथामिक कक्षाको अबलोकन समेत गरि विद्यालयको भौतिक ब्यबस्थापन कक्षा ब्यबस्थापन र शिक्षकहरुको लगनशीलता र प्रयासको खुलेर प्रसंसा गर्नुभएको छ । त्यसैगरी उहाँले न्यु वेष्ट पोइन्टले गर्दै आइरहेको नयां नयां प्रयोग र सिकाइ पद्दतिको अरुले समेत सिको र अनुसरण गर्ने हो भने शिक्षामा गणात्मक सुधार आउन सक्ने बताउनु भयो ।
चित्रकला, हस्तकला अन्तर्गत काठ, माटो, सिलाइ, बुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न बस्तुहरु, फोटो प्रदर्शनी घर भबन मन्दिर र विभिन्न बस्तु तथा स्थलका मोडेलहरु, फोटो फ्रेम, फोटो समेत प्रदर्शनीमा राखिएको थियो । e10साथै बिद्यालयमा संचालन भैरहेको रोबोटिक कार्यशालाको तेश्रो दिन बिद्यार्थीहरुले तयार पारेको ड्र्रोन, अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानि तान्ने मोटर धुवां तथा मानब डिटेक्टिभ सेन्सर लगायतका प्रदर्शनी गरिएको थियो । आज तेश्रो दिन सम्म आइपुग्दा रोबटेक वर्कशपका सहभागी बिद्यार्थीहरुल ड्रोन तयार पारेर उडाएका छन् । विद्यालयमै निर्माण गरिएका 3D चस्मा द्वारा २० जनाको दरले 3D फिल्म प्रदर्शन समेत गरिएको थियो ।
बिहान ११ बजे देखि शुरु भएको प्रदर्शनी दर्शकको चापका कारण दिउसो सांझ सम्म चलेको थियो । विद्यालयको दोश्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन समेत भएकोले धेरै अभिभावकले प्रदर्शनी अबलोकन गरेका छन् ।

अबलोकन पश्चात अभिभावकहरुले विद्यालयले गर्ने यस्ता नौला नौला राष्ट्रिय स्तरका कार्यक्रमले बिद्यार्थीहरुमा सृजनात्मक क्षमताको बिकास गर्ने बताएका छन् ।
शिक्षा भनेको खालि किताबी ज्ञान मात्रै नभएको र आफ्नो नानिबाबुहरुको क्षमता आज आफैले हेर्न पाएकोमा खुसि ब्यक्त गरेका छन ।

आफ्नो बच्चा पढाईमा मध्यम भए पनि आज उसले बनाएको मोडेल र रोबट हेर्दा आफु संतुष्ट रहेको अभिभावक सन्तोष केसीले बताए । केहि दिन अगाडी मात्र हस्तलेखन बिज्ञ मार्फत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि एक हप्ते हस्तलेखनका प्राबिधिक ज्ञान दिलाउन तालिम समेत प्रदान गरेको वेष्ट पोईन्ट मिडिया हवका संयोजक कृष्ण जिसिले बताएका छन् ।