ताजा समाचार:
Search

करिब एक हजार जनाको तस्विर सहितको नामावली दर्ता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ पुष ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीले खटाएको घुम्ती टोलीले तिन हप्ताको अवधिमा करिब एक हजार जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गरेको छ ।

पुष ८ गते सुरु भएको तस्विर सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियान अन्तरगत हालसम्म तिस गाविस र बेनी नगरपालीकाको १२ वटा वडाका ९९६ जना नयाँ मतदाताको नामावली दर्ता भएको हो ।beniघुम्ती टोली मार्फत ३९० जना महिला र ६०६ जना पुरुषको तस्विर सहितको मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ ५ गतेसम्म परिचालन हुने घुम्ती टोलीले हिस्तान, राम्चे, पाखापानी, चिमखोला, झि र बेनी नगरपालीकाको १३ र १४ नम्बर वडामा दर्ता शिवीर सञ्चालन गर्न बाँकी छ ।

स्थानीय तह, प्रदेश र केन्द्रिय निर्वाचनको चर्चा चलिरहेको बेला निर्वाचन कार्यालयले छुटेका, नयाँ थपिएका मतदातालाई समेट्न, पहिले संकलन गरिएको नामावलीमा त्रुटी सच्चाउन तथा दाबी बिरोधका लागि जिल्लाव्यापी अभियान सञ्चालन गरेको हो ।