ताजा समाचार:
Search

ग्रान्ड बैंक खरिद गर्न प्रभुलाई बाटो खुल्यो

७ साउन, काठमाडौं । प्रभु बैंकलाई ग्रान्ड बैंक एक्वीजिसन (प्रप्ती) गर्ने बाटो खुल्ला भएको छ । ग्रान्ड बैंकको बिहीबार बसेको विशेष साधारणसभाले बाटो खुल्ला गरेको हो ।

साधारणसभाले प्रभु बैंकले ग्रान्ड बैंक प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन प्राप्ती पश्चातका व्यवसायिक अवसरहरु, सम्पत्ति तथा दायित्वको बजार मूल्य र वर्तमान जोखिमको अवस्था समेतका आधारमा कायम गरेको शेयर स्वाप रेसियोसमेत सभाले पारित गरेको छ ।

साधारणसभाले पारित गरेको शेयर स्वाप रेसियो ग्राण्ड बैंकको प्रतिशेयर ६५ रुपैयाँ ५८ पैसा तथा प्रभु बैंक लिमिटेडको १२१ रुपैयाँ ४५ पैसा छ ।

ग्राण्ड बैंकलाई प्रभु बैंकले प्राप्ति (एक्वीजिशन) गर्ने सम्बन्धमा २०७१ माघ १५ मा ग्राण्ड बैंक र प्रभु बैंकबीच भएको प्रारम्भिक सम्झौतालाई नेपाल राष्ट्र बैंकले यही असार ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

राष्६« बैंकको स्वीकृति र ग्रान्ड बैंकको साधरणसभा पश्चाद दुबै बैंकको एकीकृत कारोबार भर्दौ महिनाको दोस्रो हप्तादेखी सुरु हुने अपेक्षा गरिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2015/07/302909/#sthash.gWn5P51P.dpuf