ताजा समाचार:
Search

आलु र सुन्तला खेती सम्बन्धि तालीम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २५ पुष ।
म्याग्दीको बेनीमा सोमबारदेखि आलु र सुन्तला खेती सम्बन्धि जिल्ला स्तरीय तालीम सुरु भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले छुट्टा, छुट्टै ठाउँमा सञ्चालन गरेको तालीममा बिसबिस जना अगुवा कृषकहरुको सहभागिता रहेको छ । आलु खेती सम्बन्धि तालीममा नांगी, राम्चे, हिस्तान, शिख, घार, हिदी र सुन्तला खेती सम्बन्धिमा बरंजा, भकिम्ली, दाना, बेग, हिस्तान, बिम, देविस्थान लगायत गाविसका कृषक सहभागि छन् ।img_05561तिन दिनसम्म सञ्चालन हुने तालीमको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, बागबानि विकास अधिकृत भोजबहादुर थापा, बाली संरक्षण अधिकृत हरिहर शर्मा, कृषि प्रसार अधिकृत बेदनाथ पन्थि र प्राबिधिक सहायक श्यामराज क्षेत्रीले सहजिकरण गर्नुहुने जनाइएको छ ।
कृषकहरुलाई आलु र सुन्तला खेती सम्बन्धि ज्ञान, सिप प्रदान गरि दक्ष बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।