ताजा समाचार:
Search

बौद्धिक अपाङगता विद्यार्थीका अभिभावकलाई अगरवत्ती बनाउने तालिम

विकल्प न्यूज/बेनी
पुस २५ गते ।
बेनी नगारपालिका, ११ बगुवाखोला स्थित बालजागृति बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्ययनरत बौद्धिक अपा¨ता विद्यार्थीका अभिभावकका लागि अगरवत्ति बनाउने तालिम सोमबार सम्पन्न भएको छ ।
शिक्षा कार्यालयको संयोजन, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पुस १९ गतेदेखी श्रोत कक्षामा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई संञ्चालन गरेको अगरबत्ति बनाउने तालिममा १४ जनाको सहभागीता थियो । तालिममा ९ जना अभिभावक र कक्षामा अध्ययनरत तर उमेर बढी भएका बालबालिकालाई पनि सहभागी गराईएको लेखाजोखा केन्द्र संयोजक कल्पना केसीले बताउनु भयो । 15977111_1230081637082166_2035936633229379889_nजिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठको प्रमख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोख्रेल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण हमाल, घरेलुका प्रमुख मीरा अधिकारीले मन्तब्य राख्नु भएको थियो । तालिमको समापत कार्यक्रमको संञ्चालन शिक्षा कार्यालय, लेखाजोखा संयोजक कल्पना केसीले गर्नु भएको थियो ।