ताजा समाचार:
Search

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ पुष । म्याग्दीको भकिम्ली ७ हलेगौडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बेनीबाट भकिम्ली जाँदै गरेको ध १ त ३२०५ नम्बरको ट्याक्टर आईतबार साँझ दुर्घटना हुँदा चालक बेनपा ४ बगरफाँटका ४५ वर्षिय हर्कबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरको पछाडीको भाग सडकबाट खसेपछि हाम फालेका थापालाई बिचको टायरले किचेको थियो । जिल्ला अस्पताल बेनीमा उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएका थापाको लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।