ताजा समाचार:
Search

म्याग्दीमा नयाँ शक्ति युवा अभियानको संयोजकमा खड्का

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ पुष ।
नयाँ शक्ति युवा अभियान म्याग्दीको संयोजकमा मनबहादुर खड्का चयन हुनुभएको छ । अभियानको शनिबार बेनीमा सम्पन्न भेलाले रमेश परियारलाई सहसंयोजक चयन गरेको छ । naya-sakti-youba-aaviyanअभियानको सदस्यहरुमा मानसिङ बिक, कृष्ण मल्ल, रणबहादुर किसान, हस्तराम खाती, पृथ्वीराज मल्ल, मौसम खत्री, प्रकाश पुन र दिपक खड्का रहनुभएको नयाँ शक्ति म्याग्दीले जनाएको छ । भेलालाई सम्बोधन गर्दै नयाँ शक्तिका संगठन बिभाग प्रमुख देवेन्द्र पौडेलले नेपाललाई सम्बृद्ध र विकसीत बनाउने नयाँ शक्तिको एजेण्डा भएको बताउनुभयो ।

नयाँ शक्ति म्याग्दीका संयोजक भुपेन्द्र बुढाथोकीको अध्यक्षता एवं सञ्चालनमा सम्पन्न भेलामा केन्द्रिय परिषद् सदस्य कृष्ण गिरी, युवा अभियानका प्रमुख देवी सुवेदी, चार नम्बर प्रदेश संयोजक नविन पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।