ताजा समाचार:
Search

यसरी हुँदै छ दाना सव–स्टेशनको निर्माण(फोटो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुस २२ गते ।
नेपाल विद्युत प्राधिकारणले २२० केभी क्षमताको कालिगण्डकी प्रशारण करिडोर आयोजनाको निर्माण कार्य तिव्ररुपमा अगाडी बढाएको छ । प्रशारण लाइन अन्तर्गत म्याग्दीको दानामा सबस्टेशन निर्माण सुरु गरिएको छ । साथै आयोजनाले प्रशारण लाइनको टावर राख्ने ठाउँका लागि सर्वेक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएको छ । dana-sub-satasn  म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्ने उद्देश्यले सबस्टेशन निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ ।
सबस्टेशन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालीत भएर प्रारम्भिक चरणको काम सुरु गरेको आयोजना प्रमुख चन्दनकुमार गोषले बताउनुभयो । उहाँका अनुसार अहिले आयोजना अन्तर्गतका कार्यहरु दुर्तगतिमा अघि बढेका छन् ।dsc08946सबस्टेशनले दानामा स्थानीयबासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप पचास रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । आयोजना र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट एण्ड चिन्ट ईलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सबस्टेशन तथा ४० किलोमिटर दुरीको प्रशारण लाईन निर्माणका लागि ३० मे २०१६ मा दुई अर्ब ९० करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।dana-su-stखुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सबस्टेशन बनाउनका लागि पूर्वाधार तयार पार्ने काम भैरहेको छ । बि.स २०७५ को साउनमा सबस्टेशन र प्रशारण लाईन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख घोषले बताउनुभयो । आयोजना निर्माणमा कुनै अवरोध नआएकाले निर्धारित समयमै सम्पन्न हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।dana-sub-satasin-1प्रशारण लाईनको टावर राख्ने ठाउँको लागि सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । दाना देखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाईनको क्षमता एक हजार दुई सय मेघावाट रहेको छ ।
आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रिय प्रशारण लाईनमा जोडिने छन् ।

१० मेघावाट क्षमताको थापाखोला, पाँच मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधिन अवस्थामा छन भने ४० मेघावाटको राहुघाट लगायत दर्जनौ आयोजना निर्माणको चरणमा छन् । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रशारण लाईन निर्माण गर्ने लक्ष्य अनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भैरहेको छ ।