बिदेशीनु भन्दा पहिले सीप सिकौ

गणेश श्रेष्ठ/विकल्प न्यूज
कार्तिक ९ गते ।
ganesh-shresthaनेपालमा राजनीतिक स्थिरता र काम गर्ने वातावरण नहुँदा नचाहेर पनि बिदेशीनुपर्ने बाध्यता छ । बैदेशिक रोजगार नेपाली समाज सञ्चालन गर्ने प्रमुख आधार बनेको छ । तत्काल बैदेशिक रोजगारको विकल्प पनि छैन् । बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउँन भने जरुरी छ ।

बिदेशमा आफूले गर्नुपर्ने कामको बारेमा ज्ञान सीप नहुने, नेपालमा बैदेशिक रोजगार व्यवसाय कम्पनीसंग सम्झौता गरेको भन्दा फरक काम गर्नुपर्ने, त्यहाँको कानुन र चलनको बारेमा आधारभुत जानकारी नहुँदा बिशेषत खाडी मुलुकमा गएका नेपालीहरुले दःुख पाएका छन् ।

बिना सीप अबैध बाटोबाट अर्काको देशमा पुग्दा उनिहरुले जे काम लगाउँछन् त्यही गर्नुपर्ने बाध्यता आएको हो । पछिल्लो समय ईञ्जिनियर, सवारी चालक, होटल ब्यवस्थापक, वेयटर, कुक जस्ता तालीम लिएका शिक्षीत कामदारहरु पनि बिदेशमा गएपनि पुराना र औपचारिक शिक्षा हाँसील नगरेकाहरुलाई जोखिमपूर्ण काम गर्नुपर्ने समस्या छ ।

अपेक्षा गरे अनुसार तलब नपाउने, काम गर्दै आएको कम्पनी छोडेर अबैध रुपमा बस्नुपर्ने लगायतका समस्या अशिक्षित र सीप नपाएका कामदारहरुले बिदेशमा भोग्नु परेको छ । यस्तो समस्याबाट धेरै नेपालीहरु पीडित भएका छन् । राजदुतावास र नेपाली सम्बद्ध संस्थाहरुमा समस्यामा परेर आउने कामदारहरुको संख्या बढीरहेको छ ।

कतारमा मात्र पाँच लाख भन्दा बढी नेपाली कामदारहरु रहेका छन् । तर कमैले मात्र बिदेशमा जानुभन्दा अघि सीप र तालीम लिएको भेटिन्छन् । र्कापेन्टर, ईलेक्ट्रीसियन, क्यासीएर, स्काफोल्डर, पलम्बर, केयर गिभर, व्यवसाय, होटल तथा रेष्टुरेन्ट सम्बन्धि तालीम र सिप बैदेशिक रोजगारीका लागि उपयोगी छ ।

पछिल्लो समय महिलाहरुको पनि बैदेशिक रोजगारप्रती आकर्षण बढेको छ । कानुनी प्रक्रिया पुरा गरेर रोजगारीका लागि अनुमती दिएको देशमा जाने कम छन् । भारतको बाटो भएर खाडी, युरोपीयन र दक्षिण एशियाली मुलकहरुमा जाने महिलाहरु जोखिमपूर्ण काम गर्न बाध्य छन् । सरकारले महिला कामदारका लागि रोक लगाएका देशमा अबैध बाटो भएर नेपाली दिदीबहिनीहरु दलाल मार्फत पुगेका हुन ।

यसरी अबैध बाटोबाट प्रतिबन्ध लगाइएको मुलकुमा रोजगारीका लागि जादा थुप्रै कानुनी जटिलटा र अप्ठ्यारोमा परेका छन् । त्यसैले सरकारले अनुमती दिएको देशमा मात्र बैदेशिक रोजगार बिभागबाट कानुनी प्रक्रिया पु¥याएर जानुपर्छ ।

बैदेशिक रोजगारमा समस्या मात्र छैन् । नेपालीहरुले आफ्नो घर ब्यवहार चलाउने देखि सम्पत्ती जोडेका धेरै उदाहरणहरु समाजमा छ । सामाजिक र विकासका काममा पनि बैदेशिक रोजगारमा गएका नेपालीहरुको उत्तिकै योगदान छ । रोजगारीका लागि बिदेशी भुमिमा पुगेपनि हामी हरेक क्षण आफ्नै देशलाई सम्झीरहेका हुन्छौ ।

राम्रो कम्पनीमा सीप र तालीम लिएर गएकाहरुले आकर्षक तलब पाएका छन् । बैधानिक हिसावले बैदेशिक रोजगारीमा गएकाहरुले दःुख पाएको उदाहरण कम छन् । बिदेशिनु हाम्रो लागि बाध्यता हो, रहर होइन् । ऋणधन गरेर बिदेशीने र बिदेशमा कमाई हुँदासम्म फजुल खर्च गर्ने, बचत नगर्ने र आम्दानीलाई सुरक्षित ठाउँमा परिचालन गर्न नसक्दा कतिपय बिदेशमा जस्तो अवस्थामा गएको हो उस्तै अवस्थामा फर्कने पनि गरेका छन् । बिदेशमा गएका र घरमा भएकाहरुले आम्दानीलाई कसरी सुरक्षित रुपमा परिचालन तथा बचत गर्ने भन्ने विषयमा ध्यान दिनु जरुरी छ ।

सधै भर बिदेशमा रहेर काम गर्ने हामीहरुको चाहना छैन् । बिदेशमा आर्जन गरेको पुँजी, सीप र प्रबिधि हामी आफ्नै देशमा भित्र्याउन चाहन्छौ । त्यसका लागि हामीलाई देशमा राजनीतिक स्थिरता, सुरक्षा र समाजको सहयोग आवश्यक छ ।

सकेसम्म सानो लगानीमा भएपनि नेपालमै केही गरौं भन्ने सबैलाई अपिल गर्दछु । बिदेशिनुपरे बिनासीप नजाऔँ । दक्ष र योग्य भएर बिदेश गयौ भने दःुख पाउने अवस्था आउँदैन् । सीप सिकेर बैधानिक र कानुनी प्रक्रिया पुरा गरेर बैदेशिक रोजगारीमा जाँदा दःुख पाइदैन् । लेखक श्रेष्ठ अध्यक्ष (मोना) कतारका निवर्तमान हुनुहुन्छ । नवविकल्प विशेषाङ्कमा प्रकाशित