गगन र साइमन परिवारको फोटो खिच्दा

कृष्ण जिसी /विकल्प न्यूज
कार्तिक ७ गते ।
kishna-gcम्याग्दीमा भित्रिएको एक मात्र दमकलले खुल्ला मन्च भिजाइदै थियो । मंचको बाहिर जिल्लाका प्रमुख तथा महत्वपुर्ण व्यक्तिहरु औपचारिक पोशाकमा सजिएर कसैको पर्खाइमा थिए । पहिरन बाटै स्पष्ट हुन्थ्यो स्वास्थ्य कर्मीहरु, त्यसमा पनि महिलाा स्वास्थ्य कर्मीहरु हातमा फूलमाला लिएर कसैको स्वागतका लागि प्रतिक्षारत थिए ।

सजिलै बुझ्न सकिन्थ्यो धुलो उडेर कसैको स्वास्थ्यमा प्रतिकुल असर नपरोस भनेर मन्चमा दमकल द्वारा धुलो मारिदै थियो किनकी स्वास्थ्यमन्त्री जो आउदै हुनुन्थ्यो । केटाकेटीहरु तारजाली र घरका छतबाट रमाइलो मानि पानीको फोहोरा हेर्दै थिए । अझै उनीहरु त स्वास्थ्य मन्त्रि लगायत बिसिष्ठ व्यक्ति भन्दा पनि हेलिकप्टर हेर्न तछाड मछाड गरेका हुन् । सामान्यता हमि के कुरामा अभ्यस्त छौं भने कुनै बिसिष्ठ व्यक्तिको आगमन हुने हो भने चोक र गल्लिले सफा हुने अवसर पाउँछन् । जे सुकै होस् सचेतना र सभ्यताले गर्दा आजकल स्थिति पहिले जस्तो छैन । s4९ बजेर १७ मिनेटमा हेलिकप्टर बेनीको आकासमा देखियो । सबै तयारी अबस्थामा रहे मैले पनि क्यामेरा अन गरें किनकि मलाई स्वास्थ्य मन्त्री गगन थापाको तस्बिर खिच्नु थियो । अवतरण पछि क्याप्टेनले इन्जिन बन्द गरे र आफै हेलिकप्टर बाट ओर्लिएर ढोका खोले । एक जना विदेशी बृद्ध लाई आफैले हातको सहारा दिदै ओराले । झ्वाम्मै सेतै दारी पालेका व्यक्ति प्रति म अनविज्ञ थिएँ । त्यसपछि डा. भेष बहादुर थापा र पल्लो ढोका बाट स्वास्थ्य मन्त्रि गगन थापा ओर्लिए । लामबद्ध भएर स्वागतार्थ उपस्थित सबैले पालो पालो फुलको माला र पुष्पगुच्छा प्रदान गरे म भने अल्ली टाढै बाट गगन थापालाई नै हन्ट गर्दै थिएं । अतिथि र स्वागत गर्नेको भिडले मैले भनेजस्तो तस्बिर खिच्न पाइन तर निराश भने थिइन किन कि औपचारिक कार्यक्रममा अवसर पक्कै पाइनेमा म बिस्वस्त थिए । धेरै मध्ये म पनि गगन थापाको फ्यान हु । स्वागत पस्चात मन्त्रि सिधै गाडीमा चढेर अस्पताल तर्फ हुंइकिए । मेरो नजर शुरुमा ओर्लने ति बिदेशी माथि पर्यो कालो चिल्लो गाडी नजिकै उभिएर उनि सिगरेट पिउदै थिए । s2केहि बेरमा अर्को हेलीेकप्टर आयो त्यसमा ३ जना बिदेशी सहित अन्य बिसिष्ठ व्यक्ति सवार थिए । सबै जना गाडीमा अस्पातल तर्फ हुइकिए म एक्लै लुखुर लुखुर हिड्दै थिएं बाटोमा म्याग्दीका युबा उपन्यासकार शिब सस्मितलाई भेटें र अस्पातल सम्म संगै गयौ । अस्पातल पुग्ने क्रममा उहाँलाई भने ‘हेर्नुस मेरो राजनैतिक आस्था फरक होला तर म गगन थापाको फोटो खिच्न आएको, उनि मेरो आदर्श व्यक्ति हुन् म उनको व्यक्तित्व शैली, भाषण कला र दुरदर्शीताको फ्यान हुं मेले भने ।
त्यसो त विभिन्न अनलाइन पत्रिका सामाजिक संजालहरुमा फरक पृष्ठभुमि रहेका व्यक्तिहरु समेत गगन थापा संग भेट्न र फोटो खिचेर फेसबुकमा अपलोड गरे भनेर टिका टिप्पणी नभएको होइन तर म त्यसको बिरोधि हँु म स्पस्ट के कुरामा छु भने उनि कांग्रेसका मन्त्री हैनन् उनि सम्पूर्ण नेपालीका मन्त्री हुन् मेरो बुझाइ यहि हो ।s3औपचारिक कार्यक्रम शुरु हुनु पुर्व म्याग्दी अस्पातालले गरेका उपलब्धि र सफलताका बारेमा एउटा प्रस्तुतिकारण चलेको थियो । त्यसबेला सम्ममा मैले भने जस्तो तस्बिर लिन पाएको थिइन मेरो क्यामेरा अन नै थियो किन कि मेरो ध्यान तस्बिर खिच्न मै केन्द्रित थियो । जब उनि सौचालय तर्फ हानीए मैले फर्कने बेलामा भने अटो शट गरि धेरै फोटा खिचे अनि केही संतुस्ट भएं ।
कार्यक्रम शुरु भयो तर अन्य कार्यक्रम भन्दा त्यो कार्यक्रममा एउटा दृश्य हेर्न लायक र अत्यन्तै फरक थियो उपस्थित कति जनाले त्यसलाई अनुभूति गर्नु भयो या भएन मलाइ त्यो दृश्य साह्रै मन पर्यो र सिक्नु पनि पर्ने जस्तो लागेको छ ।
कार्यक्रम संचालन गरिरहनुभएका अस्पताल बिकास समितिका निबर्तमान अध्यक्ष चन्द्रकुमार केसीले ति बिदेशि अतिथिलाई बुझ्न सजिलो होस् भनेर अंग्रेजी मै बोल्न थाल्नु भयो । मैले हेरे ति बिदेशीहरु अल्ली भाबुक भए । विश्वका पचासौ धनि व्यक्ति जिम साइमन र मेरिलिन साइमनका छोरा निक साइमन करिब २० वर्ष पहिले म्याग्दी अस्पतालमा डाक्टरको रुपमा आएर सेवा गरेका रहेछन । उनले दर्जनौ सफल अपरेशन गरेको र पछी उनको इन्डोनेशियामा दुर्घटनामा परि ज्यान गयो । अहिले पनि निकको आत्मा यहि अस्पताल वरीपरि रहेको उनले हामीलाई मुस्काउराउदै हेरिरहेको कुरा चन्द्रकुमार केसीले भनि रहदा उनीहरु भाबुक बनिरहेका थिए ।
जब जिमको मन्तब्य दिने पालो आयो उनले आफु हेलिकप्टरबाट बेनी ल्यान्डिंग गरिरहदाको सुन्दर दृश्य, सुन्दर बेनी बजार र इमान्दार नेपालीको धेरै बेर प्रसंसा गरे । अझै महत्वपुर्ण कुरा त मलाइ के लाग्यो भने उनले मन्तब्य दिई रहदा उनकी श्रीमती मेरिलिन साथमै पुरै समय उभिई रहिन ।s1त्यस पछी मेरिलिनको बोल्ने क्रम थियो उनले बोलिरह्स्दा पनि जिम पुरा समय उनकै साथमा उभीइरहे । आहा, यो पो हो त साथ समर्थन र हार्दिकता प्रकट गर्ने शैली । मेरिलिन बोलिरहदा उनको गला धेरै पटक अबरुद भएको मैले महसुस गरें निकै भाबुक भएर बोलिन उनि नेपाली र नेपालीको स्वभाब उनलाई साह्रै मन पर्छ रे । आफ्नो प्राण रहेसम्म आफ्नो छोरा निकको जिबन संग जोडिएर आएको नेपाल र त्यसै मध्येको म्याग्दीको अस्पताललाई सहयोग गर्ने प्रतिबदता प्रकट गरिन ।
हामि अधिकांस मंतब्य सुन्न रुचाउँदैनौ । कोही व्यक्ति बोलिरहदा हामि पनि आपसमा कुराकानी खासखुस गरिहंछौँ तर ति दम्पतिको शैली फरक थियो । त्यस्तो शैलीको हामीले किन सिको नगर्ने ? हामीलाई त्यसबाट प्रेरणा मिल्नु पर्छ । मैले गगन थापाको तस्बिर मात्रै हैन ति आदर्श जोडी साइमन परिवारको पनि लगातार अन्तिम सम्म फोटो खिचिरहें ……