मनमौजी पुस्ता

भुपेन बानियाँ (भुपेन्द्र)/विकल्प न्यूज
कार्तिक ३ गते ।
bhupen-baneaya बेरोजगारी र देशको राजनीतिक अस्थिरताका कारण नेपालका अन्य ठाउँका युवाहरु जस्तै म्याग्दीका धेरै युवायुवतीहरु बिदेशीन बाध्य छन् । कामका लागि मेनपावर मार्फत, अध्ययनका लागि विद्यार्थी भिसामा युरोप र तल्लो बाटो (अबैध रुपमा) अमेरीका जाने क्रम बढ्दो छ । युवाहरु बिदेशीनुको प्रमुख कारण देशको अस्थिर राजनीतिक व्यवस्था र रोजगारीको अवसर नहुनु हो । छिटो कमाइ हुने र बढ्दो बिलाशिताको प्रभावका कारण अभिभावकहरु पढाउँन भन्दा बिदेश पठाउन लालायीत छन् । यहाँ सम्भावना नदेखेर अभिभावकहरुले बिदेश जान दवाव दिने गरेका छन् ।

युवाहरुले योग्यता र क्षमता अनुसारको अवसर पाएका छैनन् । समाजले पैसा हुनेहरुलाई मात्रै प्राथमिकता र सम्मान गर्दा शिक्षित र स्थानीय स्तरमा केही गराँै भन्ने भावना भएका युवाहरुलाई हौसला मिलेको छैन् । केही युवाहरुले बिदेश नगइकन र बिदेशबाट फर्कीएर आएपछि ब्यापार, व्यवसाय, उद्योग सञ्चालन गरेका पनि छन् । आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्न प्रयासरत युवा व्यवसायीहरुका लागि लगानीको अभाव, पुराना व्यवसायीहरुको एकाधिकारको जालो तोडेर अघि बढ्नु तथा समाजको विश्वास जित्नु प्रमुख चुनौती रहेको छ ।

बैङ्क, वित्तिय संस्थाहरुले पहुँच विस्तार संगै युवाहरुलाई प्रोत्साहन गरे पनि समाजबाट पूर्ण विश्वास पाउन सकेको अवस्था छैन् । यस्तो अवस्थामा युवाहरुले नयाँ सिप, प्रबिधि, सोच र तरिका अपनाएर पेशा व्यवसायलाई अघि बढाउन संघर्ष गरिरहेका छन् । नयाँ ढङगबाट अघि बढेका युवाहरुले सफलता पाएको प्रशस्त उदाहरणहरु पनि भएकाले निराश भैहाल्नुपर्ने अवस्था छैन् । लाहुरेको जिल्ला भनेर चिनीने म्याग्दीका युवाहरुले पछिल्लो समय राजनीतिक, व्यवसायिक, सांगितिक, कलाकारिता, पत्रकारिता, खेलकुद क्षेत्रबाट स्थापित हुनुभएको छ । युवाहरु विभिन्न सामाजिक संघ, संस्थामा आवद्ध भएर रचनात्मक क्रियाकलापमा आवद्ध भएका छन् ।
विपद् ब्यवस्थापन, सामाजिक कार्यमा यहाँका युवाहरुको सक्रिय सहभागिता छ । निजामती, सुरक्षा निकायको जागीरप्रति पहिले त्यती रुची नभएपनि पछिल्लो समय सरकारी जागिरप्रती पनि आकर्षण बढ्नुलाई सकारात्मक रुपमा लिनुपर्छ । अझै पनि अघिल्लो पुस्ताका अग्रजहरुले युवालाई विश्वास नगर्ने र अवसर नदिने प्रवृती हावी भएको अनुभव हुन्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई हरेक गतिबिधिमा साथ लिने र सहभागि गराउन सकेमा उनिहरुको नेतृत्व तथा क्षमता विकास हुन्छ ।

शिक्षा र चेतनाको विकासले गर्दा धेरै जसो युवाहरु सचेत भएका छन् । केही युवाहरु दुव्र्यसनीको जोखिममा छन् । बेरोजगारी, निराशा र बैदेशिक रोजगारीको असफलता, परिवारको बेवास्ता, गलत संगतका कारण उत्पन्न समस्याले गर्दा युवाहरु दुव्र्यसनीमा फस्ने समस्या छ । विशेष गरेर किशोर, किशोरीहरुलाई दुव्र्यसनी र कुलतबाट बचाउँन समाज र राज्यका निकायहरुले गम्भिर भएर सोच्नुपर्छ ।manamauju-youba-ko-lagi-photoयुवाको नेतृत्वमा भएका रचनात्मक र सामाजिक कामहरुलाई प्रवासीहरुले गरेको सहयोग सहनीय छ । यहाँका युवाहरुमा पछिल्लो समय देखिएको सबैभन्दा ठूलो परिवर्तन समझदारी पन भएको मेरो अनुभव छ । पहिलेको जस्तो रिसीइवी र इगो पालेर गाउँ गाउँबिच झगडा गर्ने, कुटपिट हुने घटना कम हुनुले पनि यहाँका युवाहरु समझदार र संयमीत हुन थालेको बुझ्न सकिन्छ । सामाजिक बेथिति, विकृती विरुद्ध युवाहरुनै अग्रसर भएका छन् ।

सूचना प्रबिधिमा म्याग्दीका युवायुवतीहरु अभ्यस्त छन् । सामाजिक सञ्जालमा आवद्ध भएर आफ्नो बिचार राख्ने, सूचना आदानप्रदान गर्न इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । आधुनिक सञ्चार उपकरणको प्रयोग उत्तिकै बढ्दो छ । महाविर पुनलाई आइडल व्यक्तित्व मान्ने धेरै युवाहरु छन् । आधुनिक मोवाईल र ग्याजेट प्रती नयाँ पूस्ताको आकर्षण छ ।

नयाँ मोडलका बाईक, स्कुटी चढ्ने, फेसनका कपडा लगाउने र नयाँ ठाउँहरु घुम्न युवाहरुको रुची छ । फेसन, सवारी साधन र ग्याजेटको प्रयोगका विषयमा म्याग्देली युवाहरु पैसाले भ्याएसम्म मनमौजी देखिन्छन् । सेवा र गुणस्तर राम्रो भएमा युवाहरु खर्च गर्न कन्जुस्याँइृ गदैनन् । उनिहरु सकेसम्म आफै कमाएर खर्च गर्ने सोच राख्छन् । स्वतन्त्र हुन चाहन्छन् । राजनीतिक रुपमा पनि यहाँका युवाहरु परिवर्तनकारी र चेनशिलनै देखिन्छन् ।

आफ्नै ठाउँमा केही गरेर स्वरोजगार बन्न चाहने युवाहरुलाई अवसर, विश्वास र सहयोगको आवश्यकता छ । हरेक गतिबिधिमा युवाको सहभागिता र साथ हुनुपर्ने जरुरी देखिन्छ । बैदेशिक रोजगारीबाट हुने कमाइलाई सुरक्षित र व्यवस्थित गर्न जिल्लामा लगानीको अवसर सिर्जना हुनुपर्छ । युवालाई अवसर, विश्वास र सहयोग भयो भने सम्बृद्ध जिल्लाको परिकल्पना सार्थक बन्न सक्छ । लेखक बानियाँ भिडीयोग्राफर, कलाकारका साथै युवा व्यवसायी हुनुहुन्छ । नवविकल्प विशेषाङ्कमा प्रकाशित